Why was Nepal never Invaded by Mughal Empire?/मुगोलहरुले नेपालमा कहिले पनि हमला गरेनन् किन ?

मुगोलहरुले नेपालमा कहिले पनि हमला गरेनन् किन ?

मुगल साम्राज्यलाई दुनियाको एउटा ठुलो साम्राज्य मानिन्छ । किनभने मुगल साम्राज्यको अधिकार क्षेत्र वर्मा (Myannmar- Afghanistan)वर्तमान इरान सम्म रहेको थियो । यसमा धेरै जस्तो भाग आजको भारतको हुने गर्दथियो । र मुगोलकाल देखि पहिला सम्म भारतको अर्थव्यवस्था चरममा थियो ।
मुगोलकालको दौरानमा पुरै दुनियाको अर्थव्यवस्थामा भारतको अर्थव्यवस्थाको योगदान २२प्रतिशत सम्म रहेको थियो । भारतमा मुगोल साम्राराज्यको स्थापना बारबरले गरेका थिए । सन् १५२६मा पानीपत्तको प्रथम युद्धमा बाबर बिजयी भए पछि बाबरले आफुलाई दिल्लीको नयाँ सम्राट घोषित गरिदिए ।त्यसपछि बाबर पछि अकबर,जाहङगिर,शाहझा जस्ता भारतमा प्रमुख राजाहरुले आफ्नो शासन चलाए। आखिरमा सन् १८५७को क्रान्तीमा अन्तिम बहादुर शाह जफरले हारे पछि मुगोल साम्राज्य पुरै भारत देखि सकियो । तर पनि आफ्नो ३००वर्ष शासनकालमा मुगल शासकहरुले भारत लगायत आफ्ना नजिकका हरेक हिस्साहरुमा शासन गर्न धेरै प्रयत्न गरे ।

तर अचम्मको कुरा मुगोलहरुले नेपालमा कहिले शासन गर्ने सोच पनि राखेनन् । र मुगोलहरुको कडा सासक सिमाहरुको भुकारी औरनजेबले (Aurangzeb)पनि नेपालमा आक्रमण गर्ने कहिले सोच बनाएनन् ।
इतिहासकारहरुले अनुसार नेपालमा इस्लाम शासकहरुले दुई चोटि आक्रमण गर्ने प्रयास गरेका थिए । तर दुई पटक आक्रमणको प्रयास व्यर्थको भयो । र दुई पटक इस्लामक शासकहरु लाई हार बेहोर्नु पर्यो । नेपालमा पहिलो आक्रमण सन् १३४९बङगालको शासक शंमयुद्ध नियस शाहले गरेका थिए । उसले नेपालको राजधानी काठमाण्डौलाई लुट्ने प्रयास गरेका थियो । तर हाम्रा नेपालका गोर्खाली सेनाहरु हुनुको कारण उ डराएर छिटै पछाडी हट्यो । त्यसपछि दोस्रो पटक १८ रौ शताब्दीमा बङगाली शासक शुलतानविर काशिमले नेपालमा आक्रमण गर्ने प्रयास गर्यो । तर यसको प्रयास पनि असफल भइदियो । यस पछि कुनै पनि इस्लामी शासकहरु नेपाललाई आफ्नो कब्जामा ल्याउने प्रयास गर्न सकेनन् । भारत र चिनको सिमामा रहेको हाम्रो देश नेपाल कहिले पनि मुगोलहरुको आक्रमणमा परेन । नेपालमा मुगोलहरुले आक्रमण नगर्नुको के कारणहरु थिए ।

lydnepal.com

१. नेपालको भौगोलिक स्थिति थियो । किनभने नेपालको भौगोलिक रुप दुनियाको दुर्गम क्षेत्रमा आउने गर्दछ । दुनियाको सबै भन्दा धेरै पर्वतहरु मध्ये ८ पर्वतहरु त एक्लै नेपालमा रहेका छन् । यानि नेपालमा कब्जा गर्ने काम कठिन कार्य थियो । त्यो समयमा मुगोलहरुको सगँ युद्ध गर्नको लागी धेरै जस्तो सेना,घोडा,उट वा हात्तीहरुको प्रयोग गर्ने गर्दथे । र हात्ती र घोडाहरु मुगल सेनाहरुको शक्तिको पहिलो पङक्ति मानिने गर्दथे । तर नेपाल सम्म पुग्नको लागी चुनौतिपुर्ण पहाडहरु भएर हात्ती र घोडा लाई लैजान कठिन कार्य थियो । किनभने धेरै जस्तो हात्ती र घोडा पहाडी क्षेत्रमा मारिने गर्दथे । अर्को कारण हिमाल जस्तै दुर्गम क्षेत्रमा धेरै चिसोको कारणले मुगोल सेनाहरु पनि नेपालको बाटोलाई पार गर्न सक्दैन थिए । त्यहि कारण मुगोल साम्राज्यले नेपालमा अधिकार गर्ने विचार गरेनन् ।

२. नेपालमा अधिकार गर्नु लाभहिन थियो । इतिहासमा युद्ध धेरै जस्तो अरुको सम्पत्ति कब्जा गर्नको लागी नै गरिन्थ्यो । त्यहि भएर त मुगोलहरुले भारतको दक्षिणी राज्यहरुमा त्यहाँको मन्दिरहरुमा भएको सुन र धनलाई प्राप्त गर्नको लागी गरेका थिए । नेपालमा युद्ध गर्नको लागी सेना पठाउनु मुगोलहरुको लागी फाइदाजनक थिएन । इतिहासकारका अनुसार नेपालमा विजय गर्नु आर्थिक रुपले लाभदायक थिएन । किनभने नेपालमा हमला गर्नको लागी धेरै स्रोत साधनहरुको आवश्यकता पर्दथ्यो ।

३.नेपालमा पहाडी क्षेत्रहरु भएको कारण यहाँ अधिकार गर्नको लागी जति धनको आवश्यकता पर्दथ्यो । त्यति धन मुगोलहरुलाई नेपालमा पाइने कुनै आशा थिएन । तर यस्तो भन्न चाहि मिल्दैन । नेपाल एउटा गरिब देश हो । भनेर नेपालको राजधानी काठमाण्डौ आर्थिक रुपले सम्मन्न रहेको थियो । किनभने नेपाल भारत र तिब्बत बिचको व्यापार व्यवसायको लागी मुख्य केन्द्र रहेको थियो । तर मुगोल साम्राज्य भारतको त्यस समयको शक्तिशाली र शाही समुह मानिने गर्दथ्यो । मुगोल ति राज्यहरुमा आक्रमण गरेर आफ्नो समय र संसाधन खेर फाल्दैन थिए । जुन तिनिहरुको लागी लाभहिन हुने गर्दथे । अर्को कुरा नेपालले तिब्बत र मुगल साम्राज्यहरु को बिच व्यापारलाई अगाडी बढाउनको लागी मार्ग प्रदान गरेको थियो । यस्तो समयमा मुगोल साम्राज्यहरुले नेपालमा आक्रमण गर्दथे ।

भने मुगोलहरु लागी तिब्बतहरुको बिच हुने नोक्सानको कारणले मुगोलहरुलाई लद्दाको रिमालको बेल्टको राज्यबाट हुने व्यापारको फाइदाबाट ठुलो नोक्सान बेहोर्नु पर्दथ्यो । जसले गर्दा मुगोलको अर्थव्यवस्था प्रभावित हुने गर्दथ्यो । त्यसकारण मुगोलहरुको लागी नेपालमा आक्रमण गर्नु मुगोल अर्थव्यवस्थाको लागी लाभदायक वा फाइदा जनक थिएन । अर्को कुरा मुगोलहरु इस्लाम धर्मलाई मान्ने गर्दथे । र नेपाल विभिन्न जातजाति ,भाषा ,धर्म मान्ने भएको कारणले गर्दा । धेरै जस्तो हिन्दु, बौदिस्थ धर्मलाई मान्ने गर्दथे । त्यहि कारणले मुगोल साम्राज्यहरुले नेपालमा राम्रो सगँ शासन गर्न सक्दैन्थे । किनभने मुगोलहरुलाई नेपाललाई व्यवस्थित रुपले चलाउन नोक्सान बेहोर्नु पर्दथ्यो । किनभने नेपालको धेरै जस्तो जनसङख्या पहाडी क्षेत्रमा बसोबास गर्ने गर्दथे । धेरै जसो नेपालीहरु उग्र झुन्डको रुपमा रहने गर्दथे ।

यस्तो बेला नेपालीहरुले बिद्रोह शुरु गरे भने यस्तो बिद्रोहलाई दबाउने मुगोलहरु हातको कुरा थिएन । किनभने मुगोलहरुको राजधानी दिल्लीको दुरि नेपालको राजधानीको दुरी धेरै टाढा थियो । र पहाडी र दुर्गम क्षेत्र हुनुको कारण नेपालमा कब्जा गर्नको लागी मुगोल सेनाहरुलाई पटक(पटक नेपाल पठाउन धेरै खर्च लाग्ने गर्दथ्यो । त्यसकारणले पनि मुगोलहरुले नेपालमा आक्रमण गरेनन् ।
तर इतिहासकारहरुले भन्ने गर्दछन् । कि नेपालमा गोर्खाको साम्राज्य हुनुको कारण मुगोलहरुले नेपालमा कहिलै पनि आक्रमण गरेनन् । किनभने बिर गोर्खालीहरुको नाम सुन्न बित्तिकै सबै डराउने गर्दथे । बिर गोर्खालीहरु धेरै शाहस,आट पराक्रमी हुन्छन् । भने सबैलाई थाहा थियो । र पुरै व्रिटिस साम्राज्यको अधिकार पुरै भारतीय उपमहादिपमा थियो । उसले पनि नेपालमा कहिले पनि अधिकार गर्ने कोशिस गरेनन् । सन् १८५७को क्रान्तिलाई दबाउनको लागी हाम्रो नेपालले अग्रेजहरुलाई १२,००० गोर्खाली सेनाहरु दिएका थिए । र गोर्खा सैनिकहरुको कारणले नै १८५७मा अग्रेजीहरुलाई सफलता मिल्यो र क्रान्ती असफल भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *