North Korea/नार्थ कोरियाबाट किन ? भाग्न सकिदैन ।
२५मिलियनको जनसङख्या भएको यो देश १२०,५३८वर्गकिलोमिटर सम्म फैलिएको छ । एशिया महादेशको पुर्वी हिस्सामा रहेको जापान, चिन र साउथ कोरिया छिमेकी देश हुन् । कोरिया उत्तर हिस्सामा रहेको कारण नार्थ कोरिया भनिन्छ । कुनै समयमा कोरिया एउटा प्रायदिप हुने गर्दथ्यो । सन् १९१०देखि लिएर १९४५सम्म जापानले आफ्नो हुकुम चलाउने गरेको थियो । यति लामो समयसम्म आफ्नो रा जगर्ने जापानलाई दोस्रो विश्व युद्धको समयमा ठुलो हार बेहोर्नु पर्यो । र त्यहि समयमा कोरिया पनि जापानको जङलबाट मुक्ती पायो । त्यो समयमा नार्थ कोरिया र साउथ कोरिया एउटै थियो । छुटिएका थिएनन् । जापानको कब्जा छुटेपछि नार्थकोरियालाई स्ववित्त सघंले आफ्नो अधिनमा लियो ।
र अमेरिकाले साउथ कोरियामा आफ्नो हात राख्यो । साउथ कोरिया र नार्थ कोरियालाई दुई भागमा विभाजन गरियो । यसको मुख्य कारण स्ववित्त सघं थियो । सन् १९४८ मा कोरियाको साउथ हिस्सामा चुनाव गराइयो । र घोषणा गराइयो । साउथ कोरिया बनाउने । र यदि समयमा पनि नार्थकोरियालाई राम्रो दिशाको आवश्यकता थियो । त्यहिकारण कोरियाको नार्थ पार्टमा Supreme Peoples Assembly चुनाव भयो । त्यसपछि Democratic Peoples Koreaअर्थात नार्थ कोरिया बनाइयो । नार्थकोरिया र साउथ कोरिया यो समयसम्म पनि जोडिएका थिए । तर यि दुई देशहरुका मनमुटाव शुरु देखि जारी थियो । सन् १९५० मा मनमुटावले एउटा युद्धको मोड लिइयो । र साउथ कोरिया र नार्थ कोरिया बिच लामो समय सम्म लडाई चल्यो । लामो समय सम्म चलेको लडाइले सन् १९५३मा स्ववित्त सघंको कारणले रोकियो । तर यहि युद्धको पश्चात नार्थ कोरिया र साउथ कोरिया सधैको एक अर्का सगँ छुटिए ।
तर यि दुई देशको मनमुटाव दुश्मन अझै पनि छ । यि दुई लडाइको मौका खोजि रहेका हुन्छन् । नार्थकोरियाका जनता आफ्नो राजा किम जोनको तानाशाही सगँ सगँ दिक्क भएर साउथ कोरिया भाग्न चाहन्छन् । र साउथ कोरियाले पनि नार्थ कोरियाका जनताहरुलाई दिल खोलेर स्वागत गर्दछ । तर नार्थकोरिया का नागरिकहरु साउथ कोरिया जान पाउदैनन् । जुन समय देखि नार्थ कोरिया र साउथ कोरिया छुटिएका हुन् । त्यो समय देखि साउथ कोरियाले प्रगति गर्दै आइरहेको छ । आजको समयमा साउथ कोरियामा बस्ने व्यक्तिसगँ आफ्नो सानदार घर,जागीर सम्मान र पुरै स्वतन्त्रता रहेको छ । किनकी साउथ कोरियाको सरकार आफ्नो जनताको बारेमा सोच्ने गर्दछन् । तर नार्थ कोरियाको सरकार किम जोन आफ्नो बारेमा मात्रै सोच्ने गर्दछन् । यस देशमा आज व्यक्तिहरुलाई आफ्नो मन परेको खाना पाइदैन् । नत लगाउने राम्रो कपडा छ । नत गतिलो बस्नको लागी बास छ । आज यस नार्थकोरिया भोकमरिको समस्या सगँ लडिरहेका छन् । किनभने नार्थकोरियाका व्यक्तिहरुको कमाई एकदमै कम रहेको छ । त्यसकारण नार्थकोरियाबाट साउथ कोरिया भाग्न चाहन्छन् । साउथ कोरिया भाग्नुको मुख्य कारण आजको समयमा पनि साउथ कोरियाले नार्थकोरियालाई आफ्नो हिस्सा मान्छ ।

र आफ्नो सानो भाइको दर्जा समेत दिन्छ । त्यहि कारण नार्थकोरिबाट साउथ कोरियामा आफ्नो जनतालाई घर देखि लिएर जागीर दिने सम्म मद्दत गर्दछ । अरु त अरु साउथकोरियाको नागरिकता समेत सजिलै सगँ दिने गर्दछ । यस बाहेक उनीहरुलाई फाइन्सीयल रुपमा पनि सहयोग गर्दछ । साउथ कोरियामा खुलेर जिउने स्वतन्त्रता दिन्छ । त्यहि भएर आधा जति नागरिक नार्थकोरियाबाट साउथ कोरिया भाग्न चाहन्छन् । तर स्वतन्त्रतापछि मात्र ३०हजार व्यक्तिहरुमात्र भाग्न सफल भएका छन् । रिपोर्ट अनुसार सन् २०१७देखि लिएर आजसम्म मात्र १हजार नागरिकहरुले नार्थ कोरियाको सिमाना पार गर्न सके । र सुरक्षीत सगँ पुगेका पनि छन् । र कैयौ पक्राउ पनि परे नार्थकोरियाको आफ्नै तानाशाही नियम कानुन रहेको छ । जुन कानुन स्वीकार गर्नु भन्दा आफ्नो मृत्युलाई नार्थकोरियाका नागरिकहरुले छान्ने गर्दछन् । नार्थकोरियाको नियम अनुसार तिन क्लास वर्गिकरण गरिएको छ । पहिलो क्लासमा रहेको छ । कोर यस नियम अनुुसार जम्मा नागरिकको २८प्रतिशत सामेल रहेका छन् । यस भागमा त्यस्ता व्यक्तिहरुलाई संलगन गराइएको छ । जस देशको आजादी लिनको लागी गरेका थिए । युद्धमा भाग लिएर देशको सिमाको सुरक्षा गरेका थिए । यस क्लासमा काम गरेका नागरिकहरु लाई नार्थकोरियाको सानदार राजधानी शहर Pyongyang मा बस्न पाउने मौका मिल्छ ।
जुन नार्थकोरियाको सबै भन्दा विकसित शहर हो । दोस्रो क्लास (Wavering) वेवरिङ हो । यस क्लासको नागरिकहरु सरकारको नजरमा एकदमै सिधा साधा मानिन्छन् । यि क्लासका नागरिकहरुलाई कसैको कुनै मतलब रहदैन् । यस क्लासका व्यक्तिहरु आफ्नो काममा जान्छन् । र आफ्नो कामबाट फर्केर घर आउछन् । खाना खान्छन् । अनि सुत्छन् यस्तै गरि यिनीहरुको पुरै जिवन कट्ने गर्दछ । र तेस्रो क्लास अन्र्तगत होस्टाइल(Hostile) पर्दछन् । क्लासमा त्यस्ता व्यक्तिहरुलाई सामेल गराइन्छ । कुनै धर्म मा विश्वास गर्ने र गल्त काम गर्दछन् । किनभने नार्थकोरिमा किम भन्दा ठुलो भगवान कोही छैन् । यस्तो कुरा आफौ किम जोनले भनेका छन् । यस क्लासमा रहने व्यक्तिहरुको क्ष्म मा लेखिएको हुन्छ । यि व्यक्तिहरुले के काम गर्ने काम गरे बापत कति पैसा पाउने । कहाँ जाने कहाँ बस्ने यति मात्रै नभएर के कपडा लगाउने र को सगँ विवाह गर्ने । नार्थकोरियामा कसैसगँ मजाग गर्ने छुट छैन ।
नत आफ्नो मनले चाहेको मान्छे सगँ बिहे गर्न पाउछन् । किमको परिवारवालाहरुको तस्विर प्रत्येक नागरिकको घरमा हुन जरुरी हुन्छ । र यि तस्विर सधै सफा हुनु पर्दछ । मोबाइल ,इन्टरनेट यस देशका नागरिकहरुको लागी सपना जस्तो हुने गर्दछ । नत बोल्ने ,नत आफुले मन पराएको खाना नै पाउछन् । यही कारणले गर्द नार्थकोरिया का नागरिकहरु आफ्नो देश छोडेर भागेर साउथ कोरिया जान चाहन्छन् । सन् २०११ पहिलाको कुरा गर्दा मानीसहरुलाई नार्थकोरियाबाट भाग्न त्यति अफ्ठ्यारो हुदैन थियो । तर जहिले देखि सत्तामा किम जोन आए ।सबै नियम कानुन परिवर्तन भयो । किम जोनले आफ्नो देशको सिमानामा कडा सुरक्षा ,बोर्डमा धेरै संख्यामा सैनिकहरु खटाउने र बोर्डमा लगाइएको तार जालीमा जति बेला पनि करेन्टको झट्का दिने र त्यो जालीलाई छुदा मानीसहरु जलेर खरानी हुने गर्दछन् । यस्तो कडा नियम तोडेर कोहीले बोर्डर पार गर्ने कोशिष गरेको खण्डमा पक्राउ परेमा त्यहि समयमा किमको आदेशमा गोली हानी मृत्यु दिइन्छ ।
यदि सेनाहरुले पक्रे भने बजार बिच लगेर गोली हानी मारिन्छ । यस्तो गर्नुको मुख्य उद्देश्य कोहीले पनि यस्तो भागेर जाने प्रयास नगरुन भनेर यदि कोही भाग्न वा देश छोड्न सफल भएको खण्डमा किम जोनले त्यो देश छोडेको व्यक्तिहरुको पविारको जीवन कष्टकर बनाइदिन्छन् । त्यो देश छोडेर भागेको नागरिकलाई आंतकबादी घोषित गर्ने र त्यस नागरिकको परिवारलाई आंतकबादीलाई गरेको जस्तो व्यवहार गरिन्छ । परिवारमा जन्मने ३पुस्ता सम्म पनि यस सजायको भागिदार हुनु पर्ने हुन्छ । यिनिहश्रलाई आजीवन जेलमा राखिदिन्छन् । र यि जेल अत्याधिक डर लाग्दा हुन्छन् । एउटै कोठामा १५० देखि २००जना सम्म कैदीलाई भरिएको हुन्छ । जेलमा सुविधाको नाममा एउटा ट्वाइलेट हुन्छ । ति कैदिहरुलाई जति बेलापनि साङलाले बाधिएर जेलमा राखिन्छन् ।
साउथकोरिया र नार्थकोरियाको बिचमा एउटा Demilitarized Zone रहेको छ । यो क्षेत्रमा जतिबेला पनि नार्थकोरिया र साउथकोरियाको सेनाहरु खटाइएका हुन्छन् । त्यसकारण यो बाटो बोर्डर पार गर्नको लागी सबै भन्दा खर्तनाक मानिन्छ । नार्थकोरियाबाट साउथ कोरिया जानको लागी यो बोर्डर बाहेक केही अरु बाटोहरु पनि छन् । यि बाटोहरु मध्ये एउटा बाटो चिन भएर जाने गर्दछ । चिनको सिमानामा पनि जति बेला पनि सैनिकहरु खटाइएको हुन्छ । तर पनि केही एजेन्टहरु पैसा लगेर मानीसहरुलाई बोर्डर पार गराउने काम गर्दछन् । यदि चिनका सेनाहरु सगँ भेट नभएर बोर्डर पार गर्नसके भने ठिक हो । यदि चिनिया सेनाहरुले भेटाए भने उनीहरुले नार्थकोरियामा लगेर सोपिदिन्छन् । र त्यसपछि सरकारलाई यो कुरा जानकारी भयो भने जीवनभरी जेलमा कैदि भएर बस्नु पर्ने वा मृत्यु दण्ड सजाय भोग्नु पर्दछ ।