युरोपबाट अफ्रिकाको बीचमा कुनै पुल किन छैन् ?
स्ट्रेट अफ जिब्राल्टर जसले पुर्वमा भुमध्ये सागर र पश्चिममा एटलान्टीक महासागरलाई जोड्ने गर्दछ । यस स्ट्रेट अफ जिब्राल्टर नजिकको केन्द्र बिन्दुमा युरोप र अफ्रिका महादीपको बिचको दुरि मात्र १३किलोमिटर मात्रै रहेको छ । यदि यस स्ट्रेट अफ जिब्राल्टर को ब्रिज वा समुन्द्रको भित्र टनल बनाएर सजिलै सगँ दुई महादिपहरुलाई जोड्न सकिन्छ । तर अहिले सम्म निर्माण कार्यको आधुनिक प्रविधि आउँदा सम्म पनि यो ठाउँमा पुलको निर्माण गरिएको छैन् । तर प्रत्येक चोटि पुल बनाउने भनेर योजना बनाइन्छ । तर निर्माण कार्य गरिदैन । योजना मात्रै बनाएर छोडिन्छ । स्ट्रेट अफ जिब्राल्टर एतिहासिक रुपबाट अत्यधिक महत्तवपुर्ण ठाउँ रहेको छ । किनभने यहीबाटो युरोपियन जहाज एटलान्टिक महासागरमा प्रवेश गर्न सक्दछन् । त्यसकारण यो दुनियाभरिकै व्यस्थ जलमार्गहरु मध्ये एक जलमार्ग रहेको छ ।
यो भुमध्ये महासागर र एटलान्टिक महासागर बिच स्ट्रेट अफ जिब्राल्टर यातायातको लागी एउटा राम्रो मार्ग रहेकोछ । त्यहि भएर यस ठाउँमा कब्जा गर्न एतिहासिकरुपले महत्तपुर्ण मानिन्छ । त्यहि भएर त मध्यकालको समयमा उत्तर अफ्रिकाको अरब नागरिकहरुले यसलाई कब्जा गरेको थियो । तर पछि गएर स्पेनका राजाहरुले अरबका नागरिकहरुलाई हराएर यस क्षेत्रमा सदियौ सम्म राज गरेका थिए । स्ट्रेट अफ जिब्राल्टर को उत्तरमा युरोपको स्पेन देश रहेको छ । भने दक्षिणमा उत्तरी अफ्रिकाको मोरक्को देश रहेको छ । र यि देशहरुको सबै भन्दा नजिकको बिन्दु स्पेनको तरिफा बिन्दु र मोरक्को साइरेस बिन्दु हो । र यि दुई मात्र १३कि.मि. अर्थात मात्र लगभग ८.१माइलसको नजिक रहेको छ । र यस १३किलोमिटरको दुरिलाई अफ्रिका र युरोपको नावहरु मात्रै ३५मिनेटमा पार गर्दछन् । तर कुनै पनि ब्रिज नहुनुको कारण नत कुनै रेलवे नत कुनै गाडीहरु यस बिन्दु पार गर्न सक्दछन् । यि दुई देशहरुको व्यापार मात्र समुन्द्री नाव वा डुङगा मा निर्भर छन् ।
अफ्रिका र युरोपियन तटलाई आपसमा जोड्न विचार १९औ शताब्दीमा गरिएको थियो । जसमा बाध बनाएर स्ट्रेट अफ जिब्राल्टर लाई पुरै तरिकाबाट रोक्ने प्रस्ताव गरिएको थियो । जसले एटलान्टीक महासागर र भुमध्ये माहासागर दुबैलाई अलग गर्न सकियोस् । स्ट्रेट अफ जिब्राल्टर बन्द भयो भने सजिलै सगँ आवत जावतमा सजिलो होस् ।सन् १९२० मा जर्मनका आर्किटेग अर्मन चोर्गल ले स्ट्रेट अफ जिब्राल्टर बाध बनाउने योजना बनाए । यो परियोजनालाई अर्मन चोर्गलले अटलानट्रोपा परियोजना नाम दिएका थिए । यो परियोजनाको योजना १९२०मा शुरु गरिएको थियो । अटलानट्रोपा परियोजना अन्र्तगत स्ट्रेट अफ जिब्राल्टर मा १८माईलस लामो बाध बनाउने जुन १०५० मिटर गहिराई र हाइड्रोइलेक्ट्रीकल बाध रहने छ । जसले हाइड्रोइलेक्ट्रीकल पावर उत्पन्न हुनेछ । जसमा बनाइएको । बाधले ५० मेगावट विधुत उत्पादन होस् । जुन वर्तमान समयमा उत्पादन हुने न्युकिलीएर एन्र्जी भन्दा ५०प्रतिशत धेरै हुनेछ ।
र यति एन्र्जीबाट ५०प्रतिशत युरोपलाई २४औ घन्टा विधुत प्रयोग गर्न मिलोस् । साथै यो परियोजनाले साहारा मरभुमी मा पानी उपलब्ध गराएर कृषियोग्य जमिन बढाउन सकियोस् । तर त्यस समयमा जर्मनीमा हिटरलको अधिकार चलिरहेको थियो । तर जर्मनीले अटलानट्रोपा परियोजनामा करौडो लगानी गर्न चाहदैन्थ्यो । यस परियोजनालाई शुरु गर्नु भन्दा अगाडि दोस्रो युद्ध शुरु भइल्यो । सन् १९५२मा अर्मन चोर्गलको पनि मृत्यु भइ हाल्यो । यसपछि । अटलानट्रोपा परियोजना पनि पुरै तरिकाबाट बन्द गराइयो । त्यसपछि सन् १९७९मा मोरक्क र स्पेनको सरकारले दुई देशहरुलाई जोड्नको लागी एक आपसमा मिलेर योजना तयार गरे ।तर सन् १९८८सम्म दुई देशहरु यही विचार गरि रहे यति दुरिसम्म पुल कसरी ? बनाउने । यही कारणले पुल पनी बनेन् । यो पुल बनाउने योजना कल्पनामा मात्रै सिमित रह्यो ।
त्यो समयमा युरोपमा यति धेरै कुराको विकाश भाको थिएन । जसले गर्दा त्यो समयमा आधुनिक पुलको निर्माण गरियोस् । तर वर्तमान समयमा पुल निर्माण कार्यको लागी यति धेरै आधुनिक प्रविधिहरु छन् । तर पनि स्ट्रेट अफ जिब्राल्टरमा पुल बन्न सकेको छैन् ।किनभने यस स्ट्रेट अफ जिब्राल्टर मा पुल नबन्नुको सबै भन्दा ठुलो कारण यस समृन्द्री क्षेत्रको गहराई हो । अफ्रिका र युरोपको बिचको यस क्षेत्रमा गहराई एक नासको छैन् । यस क्षेत्रको गहराई कुनै ठाउँमा ३००मिटर छ । त कुनै ठाउँमा ९००मिटर छ । भने कुनै ठाउँमा ३,२८०फिट भन्दा पनि धेरै छ । दुनियाभरिमा अहिले सम्म बनेको बङगलादेशको पदमा नदीमा बनेको पदमा ब्रिज दुनियाको सबै भन्दा गहिरो बिज हो । यसको पिलरको समुन्द्रमा गहिराई १२२मिटर वा ४००फिटको आसपासमा रहेको छ । तर ९००मिटरको ब्रिज बनाउन वर्तमान समयको लागी धेरै खर्चिलो मानिन्छ । विशेषयज्ञहरुले मान्ने गरेका छन् । कि यति धेरै गहिराई भएको ब्रिज आज सम्म कसैले बनाएका छैनन् । र यति धेरै गहिराई ब्रिज बनाउने धेरै चुनौती पुर्ण पनि रहन्छ । साथै सबै भन्दा व्यस्त जलमार्ग मध्ये एक हुनुको कारण ठुला–ठुला कार्बोजहाजहरुलाई ब्रिजको तलबाट निकाल्नको लागी ब्रिजको उचाई पनि बढाउनु पर्छ । ९०० मिटर गहराई र ४००फिट उचाइको ब्रिजलाई बनाउने वर्तमान समयको लागी असम्भव जस्तो लाग्दछ ।

यसकारण स्पेन र मोरक्को सरकार यति धेरै खर्च उठाउन चाहदैनन् । नत यस स्ट्रेट अफ जिब्राल्टर ब्रिजलाई बनाउनको लागी चुनौटी उठाउन चाहन्छन् । यस बाहेक हामिलाई थाहा छ । कि स्ट्रेट अफ जिब्राल्टर ब्रिजलाई बनाउनको लागी चुनौटी उठाउन चाहन्छन् । यस बाहेक हामिलाई थाहा छ । कि स्ट्रेट अफ जिब्राल्टर एटलान्टिक महासागरलाई भुमध्ये सागरसगँ जोड्दछ । र स्ट्रेट अफ जिब्राल्टर को क्षेत्रमा समुन्द्री धाराको दिशा एकदमै तेज छ । यसको अलाबा केही मौसम बैज्ञानिकहरुले मान्ने गर्दछन् । स्ट्रेट अफ जिब्राल्टरमा पुल बनाउँदा यसको लागत लगभग १५देखि २०बिलियन डलर लाग्ने छ । र यहि समुन्द्री क्षेत्रमा एटलान्टीक महासागर भुमध्ये सागर भन्दा धेरै ठुलो तुफान र चक्रवत आइरहन्छन् । साथै ठुलो चक्रवतमा यदि पुललाई नोक्सान हुन्छ । भने मोरक्के र स्पेनलाई १५देखि २०बिलियन नोक्सान हुन्छ । र यि दुई देश यति ठुलो नोक्सान बेहोर्न सक्दैनन् । र समुन्द्री चक्रवतको कारण यि दुई स्ट्रेट अफ जिब्राल्टर मा पुल बनाउने विचार त्यागी दिन्छन् । यस बाहेक ब्रिजको ठाउँमा यस समुन्द्री क्षेत्रमा समुन्द्रको भित्र टनल बनाउने बिचार पनि आएको थियो । जसको नाम च्यानल टनल हो । यो टनलले फ्रान्सको ग्रेट ब्रिटियन सगँ जोड्दछ । जसको लम्बाई खाली ५१किलोमिटर रहेको छ । स्ट्रेट अफ जिब्राल्टर लाई स्पेन र मोरक्का लाई जोड्नको लागी अन्डर वाटर टनल बनाउने विचार गराइएको थियो ।
तर अन्डर वाटर कम विश्वसनीय हुन्छ । र यसको लागत पनि अधिक हुन्छ । स्ट्रेट अफ जिब्राल्टरको समुुन्द्रको गहिराई कहि ५००र कहि ९००किलोमिटरछ । त्यसकारण समुन्द्री टनल बनाउन यहाँ धेरै मुश्किल काम रहेको छ । र यसै क्षेत्रको चटनहरु पनि धेरै कडा छन् । जसलाई सजिलै सगँ काट्न सकिदैन । यस बाहेक यो समुन्द्री क्षेत्र भुकम्पवाला क्षेत्र हुनुको कारण यस क्षेत्रमा टनल बनाउनाले मात्र एउटा ठुलो भुकम्प सगँ पुरै तरबाट नष्ट हुन सक्दछ । जसले गर्दा स्पेन र मोरक्को ले लगाइएको अरबौ डलर बर्बाट हुन सक्दछ । त्यहि भएर यस क्षेत्रमा टनल बनाउने विचार १९७५मा त्यागी दिएका थिए । यहि कारणले गर्दा स्ट्रेट अफ जिब्राल्टरमा नत ब्रिज बनाइएको छ । नत टनल बनाइएको छ ।