What is Prostate ?/प्रोस्टेट भनेको के हो ?

प्रोस्टेट (Prostate) भनेको के हो ?

प्रोस्टेट(Prostate) भनेको एउटा ग्रन्थी हो ।जुन तरिकाले मानव शरिरमा थाइराइड ग्रन्थी हुन्छ । त्यसै प्रकार प्रोस्टेट पनि एक ग्रन्थी हो । तर यो प्रोस्टेट भन्ने चाही महिलामा नभएर पुरुषमा मात्र हुने ग्रन्थी हो ।यो मानिस जन्मिदै लिएर आउने भएपछि उमेर बढ्दै जादाँ यो पनि बढ्दै जाने हुन्छ । प्रोस्टेट सामान्यता ४० ४५वर्ष पुगेका पुरुषलाई बढि समस्या देखिन्छ । प्रोस्टेट पुरुष प्रणालीमा ग्रन्थी हो । यो मुत्राशयको ठिक तल अवस्थित छ । यसले तरल पदार्थ बनाउँछ जुन वीर्यको अश हो । प्रोस्टेट पुरुषहरुमा मात्र हुने ग्रन्थी भएकाले यसलाई पुरुष ग्रन्थी भनिन्छ । यो ग्रन्थी पिसाब थैलीको मुनी र मुत्र नलीको वरपर हुन्छ । ग्रन्थी रेसा तथा मांसपेसीयुक्त प्रोस्टेट बनेको हुन्छ । उमेर बढ्दै जादाँ अरु ग्रन्थी झै यो बढ्न थाल्छ । तर अस्वभाविक रुपमा थालेमा मुत्राशयको समस्या आउन सक्छ । यो प्रोस्टेट समस्यामा प्रोस्टेटको आकार र बजन बढ्ने हुनाले यसबाट पिसाब र मिर्गौलासम्बन्धी समस्या आउन सक्छ ।
प्रोस्टेट(Prostate) बढ्दा हुने समस्या

१.इरिटेटिभ शिस्टम:- यसमा विरामीलाई धेरै पिसाब फेर्न जान मन लाग्ने छिटो छटो पिसाब लाग्नु ,पिसाब गर्न असहज हुने वा पोल्ने हुने गर्दछ ।
२.अब्स्ट्रकिटभ शिस्टम :-यस शिस्टममा जस्तै पिसाबको धारा मसिनो हुनु,पिसाबको गति कम हुनु र पिसाब फेरिसकेपछि पनि पुरै निख्रिएजस्तो नहुनु,रातीको समयमा धेरै चोटि पिसाब फेर्न जानु ,अथवा धेरै पटक पिसाब लाग्ने हुनु आदि यस्तो अवस्थामा युरिनरी ट्रयाक इन्फेक्सन (युटिआई)हुने गर्छ । यस्तो समस्या जटिल हुदै गएको अवस्थामा पिसाबमा रगत देखिनुको साथै किड्नीमा असर गरी किड्नी फेल वा काम नलाग्ने हुन सक्छ । यस्का साथै उच्च रक्तचाप मधुमेह,थाइराइड मुटुको रोग,दमका रोग ,इन्डेप्क्राइन रोगहरु हुन गई प्रास्टेटको समस्या झनै जटिल हुन पनि सक्छ ।

प्रोस्टेट(Prostate) बढ्ने कारणहरु

व्यक्तिको बढ्दो उमेर सगँ प्रोस्टेटको बढ्ने स्थितिलाई पनि सामान्य रुपमा लिने गरिन्छ ।
उमेर बढ्ने
युरिनरी ट्रेकमा इन्फेकशन हुनु
टेस्टिकल को नोक्सान वा चोट लाग्नु
मेल सेक्स हर्मोनमा परिवर्तन
प्रोस्टेटमा सुजन हुनाले

प्रोस्टेट ( Prostate) भयो कि भनेर कसरी थाहा पाउने ?(लक्षणहरु)

१.पिसाबको धारा कमजोर हुनु,पिसाब फेर्दा बल लगाउनुपर्ने
२.पिसाब फेर्दा ढिलो पिसाब आउनु शुरुगर्न अप्ठ्यारो हुनु,पिसाब पोल्नु,दुख्नु र पिसाबमा रगत देखिनु ,
३.पिसाब चुहिनु,थोपा थोपा झर्नु र पिसाब खुल्ने,रोकिने क्रम पटक पटक हुनु ,
४.पिसाब फेरिसकेपछि पनि पिसाब थैलिमा पिसाब रहेको महसुस हुनु ,
५.रातिको समयमा धेरै चोटी पिसाब लाग्नु ,आकस्मिक रुपमा पिसाब लाग्नु र केही क्षण पनि रोक्न नसक्नु ,
६.कसैलाई यस्तो अवस्थामा ज्वरो,जाडो लाग्नु,वान्ता आउने जस्तो हुनु ,तल्लो पेट दुख्नु ,रातो पिसाब आउनु,मुत्रनलीमा पिडा हुनु, पिसाब रोकिने जस्तो लक्षण देखिनु
७.छिटो छिटो पिसाब फेनै जानुपर्ने,पिसाब फेर्न राती उठिरहनु पर्ने,
८.पिसाबको धारा पातलो हुने र पिसाब क्लियर भए जस्तो नहुनु ,
९.हतारमा कहिलेकाही पिसाब चुहिनु, पिसाब फेर्न बल लगाउनु पर्ने,

lydnepal.com

प्रोस्टेट(Prostate) भयो भने कुन कुन टेस्ट गरिन्छ ?

युरिन टेस्ट
ब्लड टेस्ट
डिजिटल रेक्टल टेस्ट
प्रोस्टेट स्पेसिफिक एटीजन ब्लड टेस्ट
युनिनरी फ्लो टेस्ट
पोस्टवाँइट अवशिस्ट वाँल्मुम टेस्ट
सिस्टोस्कोपी
युरोडायनेमिक एडं प्रेशर फ्लो अध्ययन
प्रोस्टेट बायोप्सी
ट्रांसरेक्टल अल्ट्रासाउँड
प्रोस्टेट इन्फेक्शन किन हुन्छ त ?
बैक्टिरियल इन्फेसन
प्रोस्टेट बढ्नु, पनि प्रोस्टेट इन्फेक्शनको कारण हुन सक्छ
प्रोस्टेट ग्लैड चोट लाग्नु
एसटिडि को कारणले पनि प्रोस्टेट इन्फेक्शन हुन सक्छ
धेरै पटकको तनावले पनि प्रोस्टेट इन्फेक्शन हुन सक्छ
पिसाबको समस्या हुने बित्तिकै प्रोस्टेट ग्रन्थीको समस्या हो भनेर किटान गर्न नसक्दा समस्या बढ्दै जान्छ । प्रोस्टेट वृद्धिलाई समयमै उपचार नगरेमा पिसाब रोकिने,पिसाब निखारिन नसक्दा संक्रमण हुने,पन्थरी हुनुे ,पिसाब मिर्गौलामा पुग्ने र सुन्निे ,पिसाबमा रगत मिसिने मिर्गौलामा पानी जम्ने,मुत्रथैली बिग्रने समस्या उत्पन्न हुन सक्छ ।यो पिसाब थैलिबाट निस्कने पिसाबको बाटोलाई साघुरो गरिदिन्छ । जसले गर्दा पिसाबको समस्या आउने गर्दछ । प्रोस्टेटको कहिलेकाही चाहि साधारण खालको रोग हुने हुन्छ । भने कहिले काही क्यान्सर जस्ता ठुला रोगहरु पनि हुन्छ । क्यान्सर हुदा पिसाबमा रगत आउने ,कहिलेकाही ढाडहरु दुख्ने पनि हुन्छ ।

प्रोस्टेट(Prostate) को घरेलु उपचार

सुत्ने बेला अथवा बाहिर कतै जाने बेलामा धेरै पानी नपिउने ,
चिया ,कफी वा मदिरा कम खाने वा नखाने,
दुई पटक पिसाब र्फे एक पटक पिसाब फेरेको केही समयमै फेरि पनि पिसाब फेर्ने,यसो गर्नाले पिसाब थैलिमा पिसाब जम्मा भएर बस्नु पाउदैन जसले गर्दा पिसाबमा संक्रमण हुन कम हुन्छ ।
कहिले काही यसको लक्षणहरु आफै कम भएर पनि जान सक्छन् । लक्षणले धेरै अप्ठेरो भएमा मात्र उपचार गरे हुन्छ ।
संक्रमण हुन नदिन प्रशस्त झोल पदार्थ खाने र एलर्जी तथा रुघाखोकीका औषधी अनावश्यक प्रयोग नगर्ने गर्दा केही हदसम्म यो समस्याबाट बच्न सकिन्छ ।त्यस्तै पिसाबको संक्रमणलाई समयमै उपचार गर्ने ,यस सम्बन्धी लक्षण देखिएमा तुरुन्त चिकित्सकसगँ परामर्श गरी उपचार गर्ने ,प्रणायाम गर्ने ,एउटै आसनममा लामो समयसम्म नबस्ने ,उठने ,हिड्ने ,हल्का व्यायाम गर्ने,तौल घटाउने,हरियो सागपात,फलफूल प्रशस्त सेवन गर्दा यो समस्याबाट मात्र होइन अरु स्वास्थ्य समस्याबात बच्न सकिन्छ ।
पानी प्रशस्ट पिउने ,पानी जति पियो त्यति पिसाब बन्ने र सफा भएर बाहिर निस्कने हुन्छ ।
पानी पिउदा बिहान घाम उदाएसगै बढाउने र घाम अस्ताउदै जादाँ पानी घटाउने गर्नुपर्छ ।
टमाटरको सुप खाने ,यसमा लाइफोकिन भन्ने एउटा तत्तव हुन्छ , त्यसले प्रोस्टेट Prostate को स्वास्थ्यलाई राम्रो हुन्छ ।

माथिका विधिले पनि समस्यामा सुधार नआएमा चिकित्सकको परामर्श लिनु पर्दछ ।औषधी सेवनले ग्रन्थीलाई बढ्न नदिन बढेकोलाई बिस्तारै भए पनि खुम्चाएर सानो बनाउने गर्दछ । यदि बिरामीलाई पिसाबसम्बन्भी समस्या अधिक हुन्छ । भने यसको उपचारको लागी Tamsulosin Alfuzosin ,Finasteride जस्ता दबाईहरु लाइफ टाइम पनि खानुपर्ने हुन सक्छ । प्रकारका दबाई बिरामीले खानु पर्दा रातीको समयमा सुत्ने समयमा खानु पर्छ । किनभने यस्तो दबाई सेवन गर्दा रिंगटा लाग्ने तथा प्रेसर घटाउने गर्दछ । दर्बाइले लक्षणहरु कम नभएमा प्रोस्टेटको शल्यक्रिया गनुपर्छ । पिसाबनली हुदै प्रोस्टेट खुर्किने बिधि  Transurethral Resection of Prostate शल्यक्रिया बिधिबाट प्रोस्टेटको शल्यक्रिया गर्न सकिन्छ ।

More…………..

Leave a Reply

Your email address will not be published. Required fields are marked *