The story of Honda/होन्डाको कथा

होन्डाको कथा
सन् १९०६ मा जापानको माउन्ट फुजि(Mount Fuji) को नजिक एउटा सानो गाउँमा सोइचिरो होन्डा (Soichiro Honda)को जन्म भएको थियो । सोइचिरो होन्डाको बुबाको नामGihel Honda थियो । जो एउटा फलामको काम गर्ने एउटा लोहार थिए । र पुराना टुटेफुटेका साइकलहरुलाई खरिद गरेर ति साइकललाई मर्मत गरिसकेपछि ति साइकलहरुलाई बेच्ने काम गर्ने गर्थे । सोइचिरो होन्डाको ५ भाइबिनाहरु बिरामीको कारणले पहिला नै मरिसकेका थिए । सोइचिरो होन्डाको बुबा आमालाई आफ्नो छोरा सोइचिरो होन्डाबाट धेरै आशा राखेका थिए । तर सोइचिरो होन्डालाई आफ्नो घरको अवस्था देखेर पढ्न मन लागदैन थियो । होन्डालाई पढाई लेखाईमा कुनै लगाव थिएन । तर होन्डालाई आफ्नो बुबासगँ साइकल मर्मत गर्न चाही राम्रो लाग्ने गर्दथ्यो । किनभने सोइचिरो होन्डालाई सानै देखि मेसिनहरु प्रति धेरै रुची थियो । जसले गर्दा आफ्नो बुबालाई साइकल मर्मत गर्ने काममा सहयोग गर्न राम्रो लाग्दथ्यो ।

त्यहि भएर होन्डाले सन् १९२२का करिब १६ वर्षको उमेरमा पढाई छोडिदिए । पढाई छोडेपछि सोइचिरो होन्डाले एउटा पत्रिकामा आर्ट शोकाई (Art Shokai)नामको कार कम्पनीमा मेकानिकको कामको लागी विज्ञापन छापिएको थियो । होन्डाले कामको लागी कम्पनीलाई चिठी लेखे र खुसीको कुरा त्यहाँबाट सकारात्मक उत्तर पनि आयो । त्यहि त्यो समय थियो । जुन समयमा होन्डाले आफ्नो घर परिवार छोडेर पैसा कमाउने आशा बोकेर जापानको टोकियोमा गए । होन्डाको जुन पैसा कमाउने सपना र आशा त्यति बेला टुट्यो जुन समयमा आर्ट शोकाई कम्पनी मा पुगे । कम्पनी पुगेपछि उनलाई कम्पनीमा त लिइयो । तर उनको उमेर सानो भाको कारण मात्र सरसफाईको काम दिइयो । र साथै बच्चा हेर्ने काममा समेत लगाइयो । होन्डा बिचारले गरुन पनि के गरुन त्यो आर्ट शोकाई कम्पनीमा सबै भन्दा कम उमेरको कर्मचारी होन्डा नै थिए । कम्पनीको शाहुले भने बमोजिम नगरुम भने होन्डालाई घर फर्केर जानु पर्थो त्यहि भएर होन्डा बाध्य भएर मेकानिकको सट्टामा फाल्तु काम गरीइरहेको थियो ।होन्डालाई आफ्नो गाउँ घर फर्केर जानमा लाज लागिरहेको थियो । आफ्नो घर परिवारको अगाडी जान सक्ने हिंमत थिएन । यहि कारण थियो । कि होन्डा बध्यताले गर्दा त्यहि सरसफाई गर्नुपर्यो । केही महिना पछि आर्ट शोकाई को मालिकले होन्डालाई वर्कशपको काम गर्न पनि लगाउन थाले । होन्डालाई वर्कशपको काममा पहिले देखि लगाव भएको कारणले गर्दा उनले जुन सुकै काम पनि मजाले गर्ने गर्दथे ।

केहि महिनामा उनले हरेक प्रकारका गाडी र ति गाडीहरुको पार्टसहरुको धेरै काम र कुरा जानीसकेका थिए । त्यस समयमा आर्ट शोकाईले दुई वटा स्पोर्टस् कारहरु बनाए । जुन पहिलो आर्ट डेमलर र दोस्रो कर्टिस थिए । यि दुई गाडीहरु इन्जिन प्रयोग गरेर बनाइएको थियो । जसले जापानी मोटरकार च्याम्पियनशिप सन् १९२४मा प्रथम स्थान पनि प्राप्त गर्यो । होन्डा अहिले सम्म एउटा राम्रो मेकानिक थिए । तर यस च्याम्पियनशिप रेसमा ड्राइभरको साथमा इन्जिनियरको तोरबाट बसेका थिए । जुन यहि नै त्यो घटना थियो । त्यस पछि सोईचिरो होन्डाले मोटर स्पोर्टसलाई आफ्नो धर्म बनाइदिए ।पछिला वर्षसम्म आर्ट शोकाई मा नै काम गरिरहे र आफ्नो अनुभवलाई बढाउदै गए ।
सन् १९२८मा २२सालको उमेरमा सोइचिरो होन्डाको मालिकले आफ्नो अर्को खोल्ने निर्णय बनाए । यो शाखा हमामात्सु शहरमा खोलिएको थियो । र यो शाखालाई चलाउनकोे लागी होन्डालाई जिम्मेबारी दिइएर नयाँ शाखामा पठाइयो । होन्डाले आर्ट शोकाई को शाखालाई १जना कामदार सगँ शुरु गरेका थिए । मात्र २ वर्षमा ३० जना कर्मचारी पुराइदिएका थिए । होन्डा एउटा राम्रो मेकानिक र रेसिङ ड्राइभर पनि बनिसकेका थिए । उनले मालिकको लागी स्पोर्टस कारको डिजाइन पनि गरे । यो कार १२०कि.मी.प्रतिघन्टा छिटो चल्न सक्थ्यो । जसले पुरानो सबै रेकर्डहरु तोडिदिएको थियो । यो रेकर्ड पछि का २०वर्ष सम्म जापानमा अधिक रेकर्ड बनाई राख्यो । आर्ट शोकाई को मालिकको मनमा होन्डाको प्रतिको महत्तव बढिरहेको थियो । होन्डाले आफ्नो वर्कशप खोल्न चाहन्थे । तर सायद भाग्यबश सन् १९३६मा रेसिङको क्रममा होन्डाको खर्तनाक दुर्घटना भयो । यो दुर्घटनामा होन्डाको ज्यान त बाच्यो ।

तर होन्डाको बायाँ खुट्टा भाचियो ।हात र मुखमा धेरै चोट लागेको हुनाले होन्डालाई आफ्नो जीवन गहि सकिएको अनुभव भइरहेको थियो । नत मेकानिकको काम गर्न सक्थ्यो । नत रेसिङमा भाग लिन सक्थ्यो । कैयौ महिना पछि जब होन्डालाई ठिक हुन्छ ।ठिक भएपछि आर्ट शोकाईको मालिकलाई होन्डाले अनुरोध गर्दछ । अब म मोटर मर्मतको काम गर्न सक्दैन । बरु उसले उपाय भन्यो । कि म स्पेयर पार्टस बनाउनको लागी अर्को कम्पनी शुरु गर्छु आर्ट शोकाई को मालिकले यो होन्डाको प्रस्ताव तुरुन्तै अस्वीकार गरिदिए । आर्ट शोकाई कम्पनीको मालिकलाई पहिलानै राम्रो मुनाफा आइरहेको थियो । र कोही पनि चाहदैनथ्यो । नयाँ जोखिम लिनुपरोस् । होन्डाले आफै आफ्नै एउटा पार्टपुर्जा निर्माण कम्पनी खोल्ने निर्णय गर्यो । सन् १९३६ मा ३०वर्षको उमेरमा होन्डाले साथी सगँ मिलेर टोकाई सेकी ह्याबी उधोग खोले कम्पनी त खोलिसकेका थिए । तर कम्पनी लाई चलाउनको लागी कुनै लगानी थिएन । दिनभरि आर्ट शोकाई को लागी काम गर्थो । र रातभरि आफ्नो नयाँ कम्पनीको लागी आफै इन्जिन पिस्टन बनाउने कोशिष गर्दथ्यो । अगिल्ला केही महिना सम्म यहि रुटिङमा चलिरह्यो । तर होन्डालाई कुनै सफलता हासिल नभएपछि बरु उलटै होन्डा कमजोर बनिसकेका थिए । एक पछि एक काममा असफलता भएपछि धातु विज्ञान सम्बन्धी शिक्षा हासिल गर्नको लागी एउटा यूनिभर्स सिटिमा भर्ना भए ।

lydnepal.com

सन् १९३९मा लगातार ३वर्षसम्म मेहन्त गरेपछि आखिरमा पिस्टन बनाउने कार्यमा सफल भए । त्यस पछि आर्ट शोकाईमा काम छोडेर उनी दिनरात नभनेर पिस्टन बनाउनमा लागे तर होन्डालाई थाहा नै थिएन । कि उसले बनाएको पिस्टनमा अझै पनि केहि कमि थियो । भनेर होन्डाले टोयटा कम्पनीलाई पिस्टन अफर गरे र टोयटाले ५०मध्ये ४७डिजाइन पिस्टन फिर्ता गरिदिए पछि यो खवरले होन्डालाई बिजुली बनेर खस्यो । होन्डासगँ अब कुनै पनि आशा थिएन । त्यसपछि होन्डाले पुरै जापानको अलग–अलग फ्याक्ट्री मा गएर । कार निर्माण कताहरु मिलेर पुरै बजारको अवस्था बुझनमा कैयौ वर्ष लगाई दिए । फेरि होन्डाले अर्को चोटि पिस्टन बनाए । यस पटक बनाएको पिस्टन सबै कम्पनीको गुणस्तर क्षमता पास गरिसकेको भएर एक से एक अर्डर आउन शुरु भयो । फेरि एक पटक सोईचिरो होन्डालाई आफ्नो सपना पुरा भइरहेको देखियो । अर्डरलाई पुरा गर्नको लागी होन्डाले आफ्नो कम्पनीमा २हजार कामदारहरु बढाए । होन्डाको यो खुसी केही महिनाको पाहुना मात्रै हो । भनेर होन्डालाई के थाहा सन् १९४२मा जापानमा विश्व युद्ध २चलिरहेको थियो । र जापानिज सरकारले कैयौ जापानिज कम्पनीहरुलाई आफ्नो नियन्त्रणमा लियो ।त्यस कम्पनीहरु मध्ये होन्डाको कम्पनि पनि परेको थियो । त्यो समयमा कम्पनीका कामदारहरुलाई मिलिट्री सर्भिसमा लगाईयो । अघिला ३ वर्ष कठोर स्थितिमा समय बित्यो ।

तर सन् १९९४मा होन्डाको आशालाई निराशामा बदलिदियो । हवाई आक्रमणद्धारा एउटा मिसाइल सिधा होन्डाको फ्याक्ट्रीमा आएर ठोकियो । र पुरै मुलुकको अवस्था नराम्रो भइरहेको थियो । जापान त्यो समयमा युद्ध हार्दै गइरहेको देखिरहेको थियो । सन् १९४५मा फेरि २ वटा न्यूकिलियर आक्रमणले जापानको टाउँको देखि कमर नै भाँचिदियो । यो घटना पछि जापानले अमेरिकाको सामु आत्मसमर्पण गर्यो ।युद्ध त सकियो तर सोइचिरो होन्डाले आफ्नो सबै गुमाई सकेका थिए । उसले बचेको आफ्नो सम्पति टोयटालाई ¥४,५०,००० बेचेर फेरि एक चोटि बेरोजगार भएर बसे । यूस्तो अवस्था होन्डाको मात्र नभएर जापानको सबै नराम्रो अवस्थाबाट गुर्जिरहेका थिए । आर्थिक अवस्था नराम्रो भइरहेको थियो । खाना ,पानी , मँहगाईले सबैको अवस्था नराम्रो बनाइरहेको थियो । यो समयमा सार्वजनिक गाडीहरु पाउन पनि गाह्रो थियो । किनभने जापानमा पेट्रोल पाउन गाह्रो थियो । यसै बेला होन्डालाई जापानिज आर्मिको इमपिरियल आर्मिको एउटा सानो इन्जिन भेटियो । जसले त्यो इन्जिनबाट रेडियो चलाउने गर्थे । त्यहि समयमा होन्डालाई एउटा उपाय आयो । कि यो भेटिएको इन्जिनलाई साईकलमा लगाएर आफ्नो ट्रान्सपोर्टको समस्याको हल गरे कस्तो होला ।

यसले ट्रान्सपोर्टको समस्या पनि समाधान हुने र सस्तो पनि पर्ने किनभने त्यो समयमा त्यो समयमा मानीसहरुलाई अत्यधिक महँगाईमा आफ्नो जीवन बिताउन गाह्रो भइरहेको समय थियो । र होन्डाले यहि इन्जिन एउटा साइकलमा लगाएको देखेर सबैलाई यो उपाय एकदमै राम्रो लाग्यो । त्यसपछि मानीसहरुको माग अधिक मात्रामा थियो । कि हान्डाले आफ्नो नयाँ डिजाइनको इन्जिन बनाए । यो इतिहासमा पहिलो चोटि थियो । मेसिनमा मेसिनमा लोगो देखियो । होन्डासगँ त्यति पैसा नभएको कारणले गर्दा मास लेबलमा साइकल बनाउन सकोस । होन्डाले १८हजार दुकानदारहरुको नाममा एउटा खुल्ला चिठ्ठी लेख्यो मानीसहरुलाई होन्डा माथी यति धेरै विश्वास थियो । कि ३हजार दुकानदारहरुले सकारात्मक उत्तर दिएर पैसा पनि अगाडि नै दिए । पछिल्ला ३ वर्षपछि होन्डाले एउटा यस्तो मोटर साइकल बनायो । जुन बजारको माग अनुसार बनाइएको थियो । यो मोटर साइकल सुपर कब को नामले लन्च गरेको थियो । जसले बजारमा आउने बित्तिकै धुम मचाइदियो । यो मोडल यति धेरै प्रचलनमा आयो कि सन् १९५८मा यस मोटरसाइकलले अमेरिकाको ट्राइज र हार्ले डेभिडसन जस्ता मोटरसाइकलको बिक्रीलाई पनि पछाडि छोडिदियो । किनभने होन्डालाई रेसिङको एकदमै सोकिङ भएकोले उनले अब स्पोर्टस बाइक बनाउने निर्णय गरे । होन्डाले रेसिङ बाइकमा जित्ने बाइकको फाइदाहरु नोट टिप्ने गर्थे । केहि पछि होन्डाको पहिलो स्पोर्टस बाइक लन्च गरियो । जुन बाइकले सन् १९६२मा अन्तराष्ट्रिय रेसिङमा प्रतियोगितामा प्रथम स्थान हासिल गरेको थियो । यस रेसले होन्डाको नाम पुरै दुनियामा फेमस गराइदियो ।

सन् १९६६मा होन्डाज पुरै दुनियामा मोटरसाइकल म्यानुफ्याकचरिङ कम्पनी बनीसकेको थियो । सन् १९६८सम्म यो १करोड मोटरसाइकल बिक्री गरिसकेका थिए । आफ्नो जीवनको ६२वर्ष बिताइसकेता पनि सोइचिरो होन्डालाई सफलतात मिलिसकेको थियो । तर जुन सपना बलापन देखेका थिए । त्यो सपना पुरा भइसकेको थिएन । होन्डा अब आएर कार म्यानुफ्याकचरिङ तिर पनि जान चाहन्थे । कैयौ व्यक्तिहरुले यस्तो गर्नबाट पनि रोक्ने कोशिष त गरे तर होन्डाले कसैको एउटा कुरा नी सुनेन् । त्यो समयमा जापानमा पहिलानै टोयटा र निसान जस्ता कम्पनी आफ्नो व्यापार जमाएर बसेका थिए । बजारमा आफ्नो नयाँ स्थान बनाउन एकदमै गाह्रो थियो । होन्डाले आफ्नो पिकअप ट्रक टि ३६० लन्च गरे । जुन फेल भयो । त्यसपछि स्पोर्टस कार

S500 लन्च गरे । जसको मात्र १३सय यूनिटस बिक्री भए । कैयौ वर्षको मेहनत र डिजाइन फिर्ता भएपछि अन्तिममा सन् १९७२मा होन्डा सिभिक लन्च गरियो । यो त्यो गाडि हो । जसको नयाँ मोडल दुनियामा फेमस छ । सन् १९८०मा होन्डा मोटरस जापानको तेस्रो ठुलो म्यानुफ्याकचरिङ कम्पनी थियो । र मात्र १०वर्षमा यो कम्पनी दुनियाभरिमा तेस्रो कम्पनी भनेर चिनिन्छ । आज होन्डाको नाम कार,मोटरसाइकल ,बोर्ट इन्जिन,प्लेन इन्जिन र दर्जनौ पावर टुल्समा देख्न पाइन्छ । सोइचिरो होन्डाले होन्डा सेविङ लन्च हुनुभन्दा अगाडिको वर्षमा सने १९७३मा कम्पनीबाट अवकाश लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *