Symptoms of Thyroid Disease in Nepali/थाइराइडको लक्षण,कारण,घरेलु उपचार

थाइराइड (Thyroid)को लक्षण,कारण,घरेलु उपचार

थाइराइड(Thyroid) भनेको घाँटीको अघिल्लो भागमा रुद्रघन्टीको तल रहेको एउटा ग्रन्थी हो । थाइराइड ग्रन्थीको काम शारिरको गति नियन्त्रण गर्ने अर्थात मेटाबोलिज्म गर्ने हो । यो ग्रन्थीले टि ३र टि ४नाम गरेको २वटा हर्मोन उत्पादन गर्दछ । त्यसैले थाइराइड रोग लाग्यो भने हर्मोन बढी वा कम उत्पादन हुने समस्या हुन्छ ।थाइराइड हर्मोन शरीरलाई एकदमै आवश्यक पर्छ । शरिरका हरेक अंगलाई यो हर्मोन चाहिन्छ । यसले शरिरको मेटाबोलिज्म अर्थात खानालाई शक्तिमा परिणत गर्ने प्रक्रियालाई नियन्त्रण गर्छ । यो ग्रन्थीको काममा गडबढी भएमा यसले अनावश्यक हर्मोन बढी र अनावश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । यो हर्मोन रगतमा घुम्दछ र हाम्रो शरिरलाई स्फुर्तिलो बनाउन सहयोग गरिरहेको हुन्छ ।

यसले उर्जालाई स्फुर्तरुपमा सञ्चालन गर्दछ । शरिरका लागी अत्यावश्यक हर्मोन हो । थाइराइड ग्रन्थी घाँटीको अग्रभागमा रुद्रघन्टीको तल अवस्थित हुन्छ । उक्त ग्रन्थीले थाइराइड हर्मोन उत्पन्न गर्छ । जसले हामीले खाएको पौष्टिक आहारलाई जीवनत्तवमा रुपान्तरण गर्दछ । यसैगरि थाइराइड हर्मोनले शाररिक शक्ति नियमन गर्न अरु हर्मोन र भिटामिनलाई शरिरमा प्रयोग गर्न र शरिरका तन्तुहरुलाई वृद्धि तथा परिपक्क गर्न महत्तवपूर्ण काम गर्छ । त्यसैगरी थाइराइड ग्रन्थिलाई टि ३ र टि ४ हर्मोनहरु उत्पादन गर्न प्रशस्त मात्रामा खाने आयोडिन चाहिन्छ । यो ग्रन्थिको कार्यमा गडबडी हुनुमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । भने हर्मोन बढी उत्पादन हुनुलाई हाइपरथाइरोइडिज्म भनिन्छ । भने कम हर्मोन उत्पादन हुनुलाई हाइपोथाइरोइडिज्म भनिन्छ ।

विभिन्न अध्ययनका अनुसार थाइराइड(Thyroid)४किसिमका हुन्छन् ।

१ थाइराइड ग्रन्थिमा नै मासु वा डल्लो पलाउने
२ थाइराइडनोडुल वा क्यान्सर
३ हाइपरथाइरोइडिज्म
४ हाइपोथाइरोइडिज्म
थाइराइड नोडुल भनेको थाइराइड ग्रन्थीको असामान्य वृद्धि हो । थाइराइड रोगमा पनि सबैभन्दा बढी देखिने समस्या भनेको हापोथाइरोइडिज्म हो । हर्मोनको उत्पादन कम भएमा यो रोग लाग्छ । त्यस्तै गरि थाइराइड हर्मोन धेरै सक्रिय हुने अवस्था हाइपरथाइरोइडिज्म हो । यो यस्तो अवस्था हो ।जसमा थाइराइड ग्रन्थीले धेरै लेबलको थाइराइड हाम्रो बडिमा रिलिज गर्दछ । थाइराइड ग्रन्थीले राम्रो सगँ काम गरेको छ । कि छैन् । भनेर थाहा पाउन थाइराइड फङसन टेस्ट गर्नुपर्छ । त्यसमा थाइराइड स्टीमुलेटिड हर्मोन ( टि एस एच) जाचँ हुन्छ ।
यसैबाट हर्मोन कम वा बढि छ । भन्ने थाहा हुन्छ । टि एस एच एकदमै घट्न थाल्यो भने हर्मोन बढी छ । भन्ने बुझिन्छ । यो शरिरको आफ्नै कारण अटोइम्यून ले हुने रोग हो । यसमा शरीरले एन्टिबडी बनाएर थाइराइडलाई काम गर्न दिदैन । कहिलेकाही रुघाखोकी वा घाँटी दुख्ने भएमा र कतिपय अवस्थामा सुत्केरी समयमा पनि थाइराइड हर्मोनको गडबडी देखिन्छ । तर,केहि समयपछि यो थाइराइडको समस्या आफै निको भएर जान्छ । कसैलाई मुटु र डिप्रेसनको औषधिका कारण पनि थाइराइडको समस्या हुने गरेको छ ।

थाइराइड(Thyroid) का कारणहरु
१ शरिरमा भिटामिन बि १२को प्रर्याप्तताले हामीहरुलाई थाइराइड हुनबाट बचाउँछ ।यदि यसको कमी भयो भने हामीहरुलाई थाइराइडिज्मको समस्या हुन सक्छ । त्यसैले भिटामिन बि १२लाई खानपानमा सामेल गर्नुपर्छ ।
२ हाम्रो शरिरमा आयोडिनको कमीको कारणले थाइराइडको समस्या हुन सक्छ थाइराइड ग्रन्थीले आयोडिनको साहायताले नै हर्मोनहरु उत्पादन गर्छ । आयोडिनको कमीले यो प्रक्रियामा बाधा पु¥याउँछ ।
३ थाइराइड हाम्रो घाटीमा पुतली जस्तो देखिने एउटा ग्ल्यान्ड हुन्छ । जब यो ग्ल्यान्डले एकदमै कम वा धेरै हर्मोनहरु रिलिज गर्न थाल्छ । त्यस्तो स्थितिलाई भनिन्छ ।
४ तनाव कैयौ रोगहरुको जरा हो । तनावले मेटाबोलिज्म लाई धिमा बनाई तोल बढ्न थाल्छ । र थाइराइडको पनि समस्या

५ सेलेनियमको कमीले शरिरमा समस्या हुने र युले शरिरमा सेल्सहरु ड्यामेज हुनबाट बचाँउछ । यो बाहेक हाम्रो शरिरलाई संक्रमणबाट पनि बचाउँछ । यदि सेलेनियमको कमीले थाइराइडको समस्या हुने जोखिम बढी देखिन्छ । ६ यदि थाइराइडको समस्या भइहाल्यो भने हामीहरु आफ्नो खानपानमा ज्वानो,गहुको जमरा फलफूल,अन्डा पालक मेवा खानुपर्छ । हर्मोनको कमीले गर्दा हाइपोथाइरोडिज्ममा देखिने समस्या बढि हुन्छ ।३०देखि४० वर्षअगाडि आयोडिनको कमीले गर्दा हर्मोन कमी हुन्थ्यो ।तर अहिले थाइराइड अटो इम्यूनको कारणले गर्दा हुन्छ । थाइराइडको समस्या पुरुषमा भन्दा बढी महिला मा देखिन्छ । किनमी अटोइम्यून समस्या पुरुष मा भन्दा महिलामा बढि हुन्छ । त्यसकारण हर्मोन कमीको समस्या पुरुषभन्दा महिलामा नै बढि देखिन्छ ।

हाइपोथाइरोइडिज्मका लक्षण

महिनावारी नियमित नहुने
मोटोपना
अल्छी लाग्ने
शरिर सुनिन्ने
दिक्क लाग्ने
अनावश्यक जाडो हुने
कपाल झर्ने
प्रजनन क्षमतामा कमी आउने
नङगहरु टुटनु र झुरो हुने
छाला पहेलो देखिनु
चिसो सहन नसक्नु
कब्जियत हुनु
कपाल र छाला सुख्खा हुने
मुख सुनिन्नु
स्वर वस्तु
मांसपेशिले कमजोर हुनु ,दुख्नु
स्मरण शक्तिमा कमि आउनु

हाइपरथाइरोइडिज्मका लक्षण

एकदमै दुब्लाउने
मुटुको धड्कन बढ्ने
शरिरको तापक्रम बढ्ने
भोक बढी लाग्ने तर दुब्लाउने
दिसा बढि लाग्ने
महिनाबारी गडबडी
मन आत्तिने
मानसिक तनाव बढि हुने
कपाल झर्ने
अत्यधिक पसिना आउने
अनिन्द्रा
मांसपेशिमा कमजोरि एवं दुखाई रहनु
ओस्टियोपोरोसिस को समस्या जसमा हड्डीको क्यालसियम तिव्र रुपमा सकिन्छ ।
सांस फेर्न गाह्रो हुनु
आखाँहरु ठुला देखिनु
कमजोर अनुभव हुनु
घाँटीमा गलगाँढ जस्तै बढ्नु

थाइराइड (Thyroid)को उपचार विधि

१ थाइराइड(Thyroid) ग्रन्थीले बढी काम गर्ने रोग देखिएमा बाहिरबाट थाइराइड हर्मोन सेवन गर्ने तर अप्रेसन गर्नु पर्दैन । औषधी परिक्षण गर्दा ६महिनासम्म रगत जाचँ गर्नुपर्छ ।
२ थाइराइड(Thyroid)ग्रन्थीले बढी काम रोग देखिएमा कम्तिमा १२ देखि १८ महिना सम्म औषधि खाने र गलगाँडको अप्रेसन गर्नुपर्छ । यस्तै रेडियोएक्टिभ नामक औषधि प्रयोग गनुपर्छ ।
३ यस्तै थाइराइड ग्रन्थीको क्यान्सर भएमा अप्रेसन गर्ने,अप्रसेनपछि रेडियो एक्टिभ औषधि प्रयोग गर्ने ,उपचारमा नियमित जाचँ गर्ने गर्नुपर्छ ।
४ रेडियोएक्टिभ आयोडिन ५० वर्षभन्दा बढी उमेरका व्यक्तिका लागी पनि सुरक्षीत मानिन्छ । गर्भवती भएको अवस्थामा रेडियोएक्टिभ आयोडिन उपचार गर्नु हुदैन् । यसले आमा र बच्चालाई हानी गर्छ ।
५ मुटुको रोगीले भने यो उपचार सजिलै गर्न सक्छन् । यस थेरापीले ८ देखि १२ महिनामा थाइराइडको समस्या समाप्त गर्न सकिन्छ ।

Lydnepal.com

सामान्य तया ८०प्रतिशत सम्म थाइराइड रोगीलाई रेडियोएक्टिभ आयोडिनको एक खुराकबाट उपचार रोगीहरुलाई भने यो उपचार छ । महिना सम्म लाग्न सक्छ ।
६ थाइराइडमा सामान्य समस्या ज्वरो ,घाँटी खसखस हुने समस्या हुन्छ । तर यि समस्या देखापर्ना साथ आफुखुसी औषधि सेवन गर्नुहुदैन् । चिकित्सकको परामर्श लिएर मात्र औषधि सेवन गनुपर्छ । रोगको सुरुवातमा एन्टिथाइराइड औषधि दिएर रोग नियन्त्रण गरिन्छ । चिकित्सकको सल्लाह विना एन्टिथाइराइड औषधि सेवन गर्नु हानीकारक हुन सक्छ ।

थाइराइड (Thyroid)को लागी घरेलु उपचार के हो त ?

१ लौका:-थाइराइड(Thyroid) बिरामीको लागी दिनहँ बिहान खाली पेट लौकाको जुस बनाएर पिउँदा यसबाट बिरामीलाई केही राहत मिल्दछ । र बिरामी शान्त रहन्छ ।
२ हरियो धनिया :-हरियो धनियाको पातलाई पिसेर दिनहँ एक गिलास पानीमा धोलेर पिउनाले थाइराइडको बिरामी विस्तारै विस्तारै कन्ट्रोल हुन लाग्दछ ।
३ आयोडिन:- थाइराइड(Thyroid)को समस्या भएका बिरामीलाई आयोडिनको सेवन धेरै मात्रामा गर्नुपर्दछ । जस्तै यसको राम्रो स्रोत प्याज लसुन,र टमाटर पर्दछ ।
४ नरिवल पानी:- नरिवल पानी थाइराइडलाई नियन्त्रण गर्नको लागी दिनहुँ सेवन गर्न नसकिएता पनि एक दिन बिराएर सेवन गर्दा एकदमै फाइदा रहन्छ ।
५ तुलसी र एलोवेरा जुस :-यसको घरेलु उपाय तुलसी र एलोवेरा जुसबाट गर्न सकिन्छ । २चम्चा तुलसी को रस र आधा चम्चा एलोवेरा जुुस मिलाएर सेवन गर्दा थाइराइडबाट छुटकारा पाउन सकिन्छ ।

थाइराइड (Thyroid)बिरामीले के खाने त ?

१ आफ्नो भोजनमा धेरै भन्दा धेरै फलफूल र तरकारीहरुलाई सामिल गर्ने ।
२ आयोडिनयुक्त आहार खाने ।
३ यस्ता सिगँला अनाजहरुको सेवन गर्नुपर्छ ,जसमा प्रोटिन,फाइबर र भिटामिन भरपुर मात्रामा रहेको हुन्छ ।
४ दही ,दुध को सेवन धेरै मात्रामा गर्नुपर्छ ।
५ आफ्नो आहार मा क्याल्सियम र भिटामिन डि युक्त खादुय पर्दाथलाई शामिल गर्नुपर्दछ । जस्तै दुध,दही,चिज
६ दैनिक खानामा ३०-३० प्रतिशत सलाद र उसिनेको खानेकुरा तथा ४०प्रतिशत नियमित खानाको अनुपात मिलाएर खाने हो ।
७ सलादमा प्याज,काक्रो ,गाजर,भिजाइएको गेडागुडी खान पर्दछ । त्यूस्तै उसनिएको खानेकरामा आलु,तरुल र सखरसण्ड आदि खान सकिन्छ ।
साथै माछा,अण्डा,च्याउ,ओखर,बदाम,नट्स अदुवा ,जुस,ग्रिन टि र प्रशस्त पानी पिउनुपर्छ । यस्ता खानेकुराले शरिरमा मेटाबोलिज्मको मात्रालाई नियमित गर्न सघाउछ ।

थाइराइड(Thyroid) बिरामीले के नखाने त ?

१ सोयाबिन र यसबाट बन्ने खानेकुरा खानुहुदैन् । सोयाविनको तेलले शरिरमा थाइराइडको हर्मोनमा कमी ल्याउँछ ।
२ सेतो आटाबाट बनेका खानेकुरा जस्तै पाउरोटी ब्रेड ,पिज्जा र बर्गर आदि खानु हुदैन ।किनकी यि खानेकुरामा ग्लयुटिा तत्तव रहेका हुन्छन् । औषधि सेवन गरिरहेकाले त यो ग्लयुटिनयुक्त खानेकुरा खानैहुदैन ।यदि खाएमा औषधिको प्रभाव घटाउनुका साथै शरिरमा पोषणको कमी हुन्छ ।
३ काउली,ब्रोकाउली र बन्दागोभीले शरिरका आयोडिनको कमी गराउँछ । त्यसकारण आयोडिनको कमीको कारण थाइराइड(Thyroid)को समस्या हुने भएकोले यस्ता तरकारी सेवन गर्नु हुदैन् । तर राम्ररी पकाएर भने खान सकिन्छ ।
४ शरिरमा मेटाबोलिज्मको कमी हुनेले चिनी सेवन गर्नुहुदैन् । त्यस्तै ,जंकफूड,तेलमा तारेका मैदानबाट बनेका र प्याकेटमा राखेका खाने कुरा खानु हुदैन् ।
५ थाइराइडको(Thyroid) समस्या भएको मानीसहरुले चिया कफी सेवन गर्नुको सट्टा ग्रिन टि पिउनु राम्रो हुन्छ ।
६ थाइराइड(Thyroid)बाट बच्नको लागी शाररिक व्यायाम,प्रणायाम नियमित गर्नुपर्छ ।
७ धेरै तनाब,चिन्ता लिनुहुदैन् । थाइराइडबाट बच्नको लागी स्वस्थ र सक्रिय जीवनशैली अबलम्बन गर्नुपर्छ । धुम्रपान र मध्यपान गर्नुहुदैन् ।
थाइराइड(Thyroid) रोग लागेको शंका लागेमा नियमित स्वास्थ्य परिक्षण गराउने ,यदि ग्रन्थीको क्यान्सर भएमा अपे्रसन गर्नुपर्ने हुन सक्छ । र अप्रेसन पछि रेडियोएक्टिभ औषधिको प्रयोग गरेर उपचारमा नियमित जाचँ गनुपर्छ । बालबालिकामा बंशाणुगत कारणले हापोथाइरोइडिज्म रोग लाग्दछ । यसले सबै भन्दा बढी प्रभाव बालबालिका पार्दछ । यदि महिलाहरुलाई गर्भावस्था वा सो भन्दा अघि थाइराइडको समस्या भएमा बच्चामा ुर्ने जोखिम बढि हुन्छ । त्यसकारण जन्मेको १हप्ताभित्र बच्चाको थाइराइड परिक्षण गराउनुपर्छ । र गर्भावस्थामा थाइराइडको समस्या देखिएमा औषधि सेवन गर्नुपर्छ ।
मधुमेह भएका बिरामीले वर्षको १ पटक थाइराइडको पनि परिक्षण गर्नुपर्छ । कहिले काही थाइरोइडिज्ममा मधुमेह रोग पनि देखिन सक्दछ ।थाइराइड निको हुनासाथ मधुमेह पनि आफ्नौ निको हुन्छ ।
थाइराइड(Thyroid) :-भ्रम वा सत्य
थाइराइड समस्या जटिल र डराउनु पर्ने खालको होइन । यसले मानीसको आयु घटाउँछ । भन्ने भ्रम गलत हो ।थाइराइड भएपछि बच्चा हुदैन भन्ने सोचाई पनि गलत हो । यदि समयमा उपचार गरिएमा सन्तान हुन्छ । थाइराइड भएका मा क्यान्सरको जोखिम हुने भएपनि अंधिकाश अर्को भ्रम छ । थाइराइड रोग लागेपछि काउली र बन्दा खान हुदैन । जुन गलत हो । थोरै मात्रामा राम्रो सगँ पकाएर खाँदा त्यसले त्यति हानि गर्दैन् । अर्को भ्रम के देखिन्छ । भने रोग प्रतिरोधात्मक क्षमतामा कम हुने बिरामीले यो रोगलागेमा जीवनभर औषधि सेवन गर्नुपर्छ । भन्ने सोचाई छ । तर त्यस्तो होइन यदि भाइरल इन्फेक्सनको कारण यो रोग लागेको हो । भने अझै निको हुन्छ ।त्यसमा औषधिको सेवन केही समयको लागी मात्र आवश्यक छ । त्यस्तै गरि कति मानीसहरुलाई थाइराइड जटिल रोग हो भन्ने पनि भ्रम छ । तर यो साधारण रोग हो,नियमित औषधी सेवनले निको हुन्छ ।
जसले जे जे भनेपनि यदि थाइराइड)को समस्या देखिने बित्तिकै जथाभावी जुन पायो त्यहि औषधि सेवन गर्नुभन्दा थाइराइडको चेकजाचँ गराई चिकित्सकको सल्लाह अनुसार औषधी खानु उचित हुन्छ ।

More………..

Leave a Reply

Your email address will not be published. Required fields are marked *