Stephen Hawking biography/विश्व प्रसिद्ध वैज्ञानिक स्टिफन हकिङको जीवन परिचय


Stephen Hawking/विश्व प्रसिद्ध वैज्ञानिक स्टिफन हकिङको जीवन परिचय


शारीरिक रुपमा अशक्त भए पनि दृढ इच्छाशक्ति तथा प्रतिभाको साथ पाएको र सधै साधनामा रमाउने व्यक्ति कहिलै शक्तिहीन हुदैन । शारीरिक अशक्तताका कारण सिर्जित जस्तोसुकै अप्ठयारो परिस्थितिमा पनि हार नमानेर सफलताको शिखर चुम्न सफल व्यक्ति विश्व प्रसिद्ध वैज्ञानिक स्टिफन हकिङको जीवन परिचयः–को जन्म सन् १९४२जनवरी ८का दिन आमा इसाबेल र बुबा फ्रयाङकको पहिलो सन्तानका रुपमा भएको थियो । स्टिफन को जन्म बेलायतको प्रमुख शैक्षिक रुपमा परिचित अक्सफोर्ड शहरमा भएको थियो । स्टिफन जन्मदा बेलायत दोस्रो विश्वयुद्धको विभिषिकाबाट आक्रान्त थियो ।

स्टिफन को जन्मने समय नजिकै आइरहेको थियो,त्यो समयमा उनीहरु बसीराखेको ठाउँ वरिपरि आक्रमण भइरहेकोले यस्तो अवस्थामा उनको आमा बुबाले स्टिफन जन्मनु भन्दा केही समय अगाडी बेलायतकै अत्यन्तै सुरक्षित स्थान मानिएको अक्सफोर्ड सहरमा बसाई सर्दछन् । त्यो समयमा शैक्षिक सस्थानहरुमा आक्रमणकारीको आक्रमण नगर्ने निर्णय रहेको अवस्थामा त्यति बेला अक्सफोर्ड शहर अरु ठाउँ भन्दा निकै शुरक्षित मानिन्थ्यो ।
स्टिफन को परिवार मध्यम वर्गीय परिवार थियो । त्यसकारण उनीहरु आर्थिक अभावको सामना गरिरहेका थिए । प्रतिभाशाली स्टिफन यस्तो अप्ठ्यारो स्थितिमा सकुशल जन्मन्छन् । र हुर्कन्छन् । स्टिफन को दुई बहिनी ( हकिङका,फिलिप्पा)एक जना भाई (एडवार्ड)पनि थिए ।

Stephen Hawking/स्टिफन हकिङको शिक्षा

स्टिफन को विधालय शिक्षाको शुरुवात हाइगेटस्थित वायरन हाउस विधालयबाट भएको थियो । स्टिफन वर्ष उमेरको हुदाँ उनको परिवार जागिरको शिलशिलामा बेलायतको अक्सफोर्डबाट ३२किलोमिटर उत्तरपश्चिममा अवस्थित अल्बान्स शहरमा बसाई सर्दछन् । त्यसपछि सेन्ट अल्बाल्स नामको विधालयमा स्टिफन को भर्ना हुन्छ । उनी सानो उमेरमा त्यति पढाइमा ध्यान नदिएको भएर स्टिफन ९वर्षको हुदाँ आफ्नो कक्षामा कमजोर विधार्थिको लिस्टमा परेका थिए । स्टिफन ले परिवार शिक्षित भएकोले गर्दा ।पुरै सर्पोट पाएका थिए । आमाबुबाको आनुवंशिक गुण र सस्कारको प्रभाव आफ्नो सन्तानमा पर्छ भने ।झै आफुलाई मन पर्ने पुस्तकालयमा रहेका राम्रा–राम्रा पुस्तकहरु पढीरहन्थे ।

स्टिफन १३वर्षको हुदाँ उनका पिताले त्यसबेला उत्कृष्ट मानिएको वेस्टमिनिस्टर विधालयमा पढाउन खोजेका थिए ।तर बिरामी भएको कारणले गर्दा स्टिफन ले छात्रवृत्तिको परिक्षा दिन पाउदैनन् । कमजोर आर्थिक स्थिति भएकोले उनले पढ्न पाउदैनन् । अन्तमा सेन्ट अल्वान्सबाटै विधालय शिक्षा पुरा गर्दछन् । स्टिफनसानै देखि धेरै जिज्ञासु र सिर्जनशील स्वभावका थिए । कुनै यान्त्रिक चिजलाई गहिरिएर हेर्ने,भित्री संरचनालमई बुझने र ति चिजबाट बनाउन सक्ने नयाँ वस्तुका बारेमा कल्पना गर्ने गर्दथे ।

स्टिफन ले आफ्ना साथीहरुको सहयोग लिई पुराना घडी र रेडियोका पाटपुर्जाबाट कम्प्युटर बनेका हुन् । संसारको रचना गरेर त्यसलाई चाहिने हौसला उनका साथीहरुले दिने गर्दथे । त्यसकारण स्टिफन को कार्यबाट साथीहरु प्रभावित नभर्य,शिक्षण पनि प्रभावित भएर उनलाई जन्मजात प्रतिभा भएका व्यक्ति मान्नुका साथै,उनलाई अल्बर्ट आइस्टाइन भनेर पनि बोलाउथे ।
स्टिफन सानै देखि ब्रमाण्डप्रति उनको अधिक जिज्ञासा थियो । स्टिफन का पिताले उच्च तहको अध्ययनमा छोराले जीवविज्ञान पढे राम्रो हुन्छ ।भन्ने चाहन्थे तर ..गणित र भौतिक शास्त्र पढे । आफ्नो मन परेको विषय भएको कारण उनी साथीभन्दा निकै अगाडी थिए ।

स्टिफन१७वर्षको हुदाँ उच्च शिक्षा अध्ययनका लागी अक्सफोर्ड विश्वविधालयको युनिभर्सिटी कलेजमा भर्ना हुने भनेर गए । त्यहि विश्व विधालयमा गणित विषयको अध्ययन हुदैन्थ्यो । त्यहि भएर उनी भौतिक शास्त्र पढ्न थाले सन् १९६२ स्टिफन ले त्यहि प्राकृतिक विज्ञानमा प्रथम श्रेणीमा स्नातक तह उत्र्तीर्ण गर्छन् ।

जब स्टिफन २१वर्षका थिए । त्यो समयमा अक्सफोर्डमा अध्ययन रहँदा सामान्य हिडडुलमा पनि आफ्नो नियन्त्रण नभएको जस्तो लाग्दछ । उता उनलाई रोगले झन–झन च्याप्दै थियो । सन् १९६२मा उनको आखाँ तिर्मिराउने र आवाज पनि लटपटिएको जस्तो हुन थाले पछि परिक्षण गराउँदा उनलाई अम्योट्रोफिक ल्याटरल स्कलेरोसिस नामक स्नायुसम्बन्धी रोग भएको पत्ता लाग्यो । यो रोग लागेको मानिसका सबै अङगले विस्तारै काम गर्न छोड्ने र अन्तमा श्वासलनी बन्द भएर मृत्यु हुने गर्दथ्यो । त्यहि भएर चिकित्सकले को आयु २वर्ष मात्र रहेको बताएका थिए ।

यस्तो अवस्थामा शुरुमा उनी सारै निराश थिए । तर पछि उनिभित्रको इच्छाशक्तिले विधावारिधिको अध्ययनलाई अघि लैजान प्रेरणा दिइरहेको थियो । मानसिक पिडा हुदाँ पनि उनी चुपचाप घन्टौसम्म सङगीत सुनिरहन्थे । रोग ठिक नहुने र यसको उपचार पनि छैन् । भन्ने कुरा थाहा हुदाँ हुदै आफ्नो रोगको बारेमा चिन्ता नलिने बरु यस समयमा समाजका लागी केहीगर्ने सोचका साथमा स्टिफन अध्ययनमा दत्तचित्त भएर लागे । विस्तारै २उनको रोग बढ्नुको साथै शरिर ले काम गर्न छोड्दै थियो ।सन् १९६५मा लट्ठीको साहारा बिना हिडडुल गर्न नसक्ने भए ।

More….

सन् १९६६मा क्याम्ब्रिजबाट विधावारिधि गरे । सन् १९६८मा स्टिफन स्टफन क्याम्ब्रिजमा खगोल अध्ययन संस्थानको सदस्यतामा नियुक्त भए । सन् १९६९मा हात खुट्टा चल्न छाडेपछि ह्विलचेयरबिना कतै पनि जान नसक्ने अवस्थामा पुग्दछन् । स्टिफन लाई काम गर्न सजिलो होस् भनेर उनको ह्विलचेयरमा कम्प्ुटर जडान गरिएको थियो । ह्विलचेयरको साहायताले आफ्नो नियमित काम,अध्यापनको कामलाई लगातार गरिरहे ।सन् १९७४मा स्टिफन विश्वकै प्रतिभाषाली बैज्ञानिक सम्मिलित भएको रोयल सोसाइटिको सभामा संलगन हुन्छन् । सन् १९७९मा गणित विषयमा क्याम्ब्रिजकै प्रसिद्ध पद न्युकेसियन प्रोफेसरमा नियुक्त हुन्छन् । सन् १९८५मा उनी धेरै बिरामी भएपछि यस रोगको उपचारका लागी श्वासनलीको शल्यक्रिया गर्नुपर्ने र शल्यक्रिया गरेपछि, स्टिफन को पुरै आवाज गुम्न सक्ने बताएका थिए । त्यस पश्चात शल्यक्रिया पछि स्टिफन को पुरै आवाज हरायो ।

Stephen Hawking/स्टिफनको हकिङको विवाह

सन् १९६५मा स्टिफन ले जेन वाइल्डसगँ विवाह गर्दछन् । जेन वाइल्डसगँ स्टिफन को पहिले नै पे्रम सम्बन्ध रहेको थियो ।
उनीहरुका लुसी नामकी छोरी र रोबर्ट र तिमोथी नामका २ छोरा जन्मे ।त्यसै क्रममा सन् १९९०मा स्टिफन र जेन वाइल्डसगँ सम्बन्ध विच्छेद हुन्छ । सन् १९९५मा आफुलाई स्याहारसुसार गर्ने जर्स मेसनसगँ दोस्रो विवाह गर्दछन् । तर २००६मा एलेन मेसनसगँ पनि स्टिफन को सम्बन्ध विच्छेद हुन्छ । यस्तो अवस्थामा पनि स्टिफन ले हार नमानेर आशा राख र व्यस्त बनलाई मुल मन्त्र बनाएका स्टिफन ले आफ्नो शारिरीक अशक्तलाई अनुसन्धान गर्ने अवसरका रुपमा लिए ।

Stephen Hawking/स्टिफनका प्रकाशन

स्टिफन ले आफ्नो जीजवनकालमा दर्जनभन्दा बढी पुस्तक र कैयौ शोधपत्र तयार गरी प्रकाश गरेका छन् ।
सन् १९८८मा अ ब्रिफ हिस्ट्री अफ टाइम सर्वाधिक चर्चित पुस्तक हो ।
सन् १९९८मा गिनिज बुक अफ वल्र्ड रेकर्डद्धारा सदावहार सर्वाधिक बिक्री हुने पुस्तक घोषणा गरियो । यो पुस्तक २३७सातासम्म सन्डे टाइम्सम्मको सर्वाधिक बिक्रि हुने सुचीमा रहन सफल भएको कारण पनि अधिक चर्चित छ ।
यस पुस्तकमा स्टिफन ले ब्रहमाण्डको उत्पत्ति,संरचना,विकास र भविष्य सम्बन्धि कठिन विषयलाई पनि आम मानिसले सजिलै बुझने भाषामा प्रस्तुत गरेका छन् ।

lydnepal.com

४०भन्दा बढी भाषामा अनुवाद भइसकेको यस कृतिमा आधाििरत चलचित्र पनि बनेको छ ।
स्टिफन हकिङका सिद्धान्तहरु
स्टिफन ले शुरुमा अल्बर्ट आइस्टाइन ले भने झै ब्ल्याकहोलभित्रको स्थान,समय र गुरुत्वाकर्षणको प्रबलताका कारण त्यसभित्र छिरेको प्रकाशसमेत बाहिर ननिस्केको र त्यसले सबै चिज आफुमा समादित गर्ने भएकोले त्यसको भार बढ्छ । भन्ने धारण राखेका थिए ।

उलने अधिक गुरुत्वशक्तिले गर्दा ब्ल्याकहोलभित्र हरेक चित्र खम्चिएर रहेका हुने र अझ खुम्चदै जादाँ त्यसबाट विकिरण उत्सर्जन हुन्छ । भन्ने पत्ता लगाए । स्टिफन को नाममा यस विकिरणको नाम पनि .हकिङ्स रेडियस .राखियो ।
स्टिफन ले प्रस्तुत गरेको विचार र संसारक प्राचिनतम ग्रन्थ .ऋग्वेद.मा भएको सृष्टिसम्बन्धी दृष्टिमा निकै समानता रहेको देखिन्छ ।
ऋग्वेदमा यस संसारको सृष्टि हुनुपुर्व अन्धकारले ढाकिएको अत्यन्त सघन उर्जाशील अन्धकार थियो । यही अन्धकारबाट चारैतिर फैलिएको किरण पदार्थमा परिणत भएपछि संसारको सृष्टि भनिएको छ ।
स्टिफन ले आफ्ना भनाइमा ब्रहमाण्का सबै वस्तु स्वतन्त्र नभएर एकअर्कासित सम्बन्ध हुने विचार अगाडी सारेका थिए । स्टिफन ले अदृश्य उपपरकाणको अध्ययन गर्ने क्वान्टम सिद्धान्त रस्थुल दुश्य प्रपञ्चको अध्ययन गर्ने सापेक्षता सिद्धान्तलाई एउटै सुत्रबाट वाख्या गर्ने प्रयास गरेका छन् ।

स्टिफन ले वार्महोलका माध्यमबाट समययात्रा गरी एउटा ग्यालेक्सीबाट अर्को ग्यालेक्सीमा छोटो समयमा पुग्न सकिने बताएका छनब् । पछिल्लो समयमा ..ब्रहमाण्डका सबै शक्तिलाई एकिकृुत व्याख्या गर्ने एउटै सिद्धान्त बनाउने प्रयासमा रहदा यस काममा अनुसन्धानका लागी मार्गचित्र भने कोरिदिएका छन् ।
उनले पृथ्वीमा आइपर्ने सम्भावित विपत्तिबाट बच्न मानव समुदायलाई पटक–पटक सचेत गराउथे । उनले परमाणुयुद्ध,विश्वव्यापी तापक्र वृद्धि,प्रकृति विरुद्धको मानवीय गतिविधिका कारण पृथ्वीमा मानव जीवन खतरामा रहेको भनेका छन् । यस तर्फ समयमा सचेत हुन आग्रह गरेका छन् ।
स्टिफन हकिङले मानिसलाइ क्रृत्रिम बुद्धिमत्तापुर्ण रोबोटको निर्माणमा सचेत हुनुपर्ने बताएका छन् । उनी प्रेरक वक्ता पनि थिए ।
Stephen Hawking/स्टिफन हकिङका मान्यता

स्टिफन हकिङ ले बालबालिकालाई आफुभन्दा तलका पैतालालाई नभई सधै तारालाई हेर्न,बिनाकाम जिन्दगी खाली हुने भएकाले सधै कर्मशील बन्न र कसैले प्रम गरेमा त्यसलाई स्वीकार गर्न सुझाव दिएका छन् । बिना गल्ती संसारका कोही पनि मानिस अघि बढ्न नसक्ने भएकाले गल्तीलाई प्रगतिको पथप्रदर्शकका रुपमा लिनुपर्ने बताएका छन् ।
शारीरिक रुपमा अशक्त व्यक्तिलाई काम गर्ने क्षमतामा अपाङगता हुनु मात्रै नराम्रो हो । शरीरका होइन भन्दै शारीरिक अशक्ततालाई कहिले पनि दुर्भाग्य सम्झन नहुने सुझाव दिएका छन् । ज्ञानशक्तिले नयाँ तथ्य पत्ता लगाउन, क्रियाशक्ति ले उद्देश्यलाई कार्यान्वयन गर्न र इच्छा शक्तिले सधै काम गर्न प्रेरित गर्छ । भन्ने राख्ने इच्छाशक्ति,ज्ञानशक्ति ,क्रियाशक्ति त्रिवेणी थिए । यस्तै शक्तिका आधारमा उनले शारीरिक अशक्ततामाथी विजय प्राप्त गरेका थिए ।

Stephen Hawking/पुरस्कार र पदक

सन् अल्बर्ट आइस्टाइन मेडल
सन् १९७६मा ह्युज मेडल अफ रोयल सोसाइटी
सन् १९८५मा मेडल अफ रोयल एस्ट्रोनोमिकल सोसाइटी
सन् १९८२मा ब्रिटिस महामारी एलिजाबेथले उनलाई .कमान्डर अफ द ब्रिटिस एम्पायर.कदरबाट सम्मान गरेकी हुन् ।
सन् २००९मा अमेरिकी सरकारले त्यहाँको सर्वोच्च नागरिक सम्मान .राष्ट्रपति.पदकबाट सम्मान गरेका छन् ।
जीवनका अधिकांश क्षण ब्रहमाण्को अनुसन्धानमा बिताउने उनको पारिवारिक जीवन र व्यक्तित्वका विविध पाटालाई झल्काउने विभिन्न चलचित्र बनेका छन् ।
द थेओरी अफ एभ्रिथिङ.
अ ब्रिफ हिस्ट्री अफ टाइम
स्टिफन हकिङस युनिभर्स
होराइजनःद हकिङे प्याराडक्स
मास्टर अफ साइन्स फिक्सन
इन टु द युनिभर्स विद स्टिफन हकिङ लगायत वृतचित्रको निर्माण भइसकेको छ ।

Stephen Hawking/मृत्यु

सन् २०१८मार्च १४मा ७९वर्षीय जीवनसङघर्षबाट सदाका लागी विश्राम लिन्छन् ।
अन्तमा उनी भौतिक रुपमा यो संसारमा नभए पनि उनले लेखेका दर्जनौ पुूतक र उनीमाथी बनेका चलचित्र एवम् वृत्तचित्रले उनलाई सधै अमर राखीरहने छ । शारीरिक रुपमा अशक्त हुदैमा कोही व्यक्ति कमजोर काम नलाग्ने भन्ने विचार गलत हो ।किनभने शारीरिक रुपमा अशक्त हुदाँ पनि निरन्तर अनुसन्धान गर्दै भौतिकशास्त्रमा नयाँ तथ्य उजागर गरेर मानवीय चेतनालाई नयाँ उचाईमा पुर्याउन महत्तवपुर्ण उल्लेखनीय योगदान दिएका छन् ।

More…..

Leave a Reply

Your email address will not be published. Required fields are marked *