Social Media/सामाजिक सञ्जाल

सामाजिक सञ्जाल
सामाजिक सञ्जाल–आजको विश्वमा सामाजिक सञ्जाल संचारको सबैभन्दा ठुलो र सशक्त माध्यम अनि मानव जीवनको अभिन्न अंग बनेको छ । सामाजिक सञ्जाल भनेको हाम्रो विचार,सुचना,समाचार,सामाग्री र जानकारीहरुलाई सृजनात्मक ढङगबाट भर्चुअल नेटवर्कद्धारा एकअर्कामा साटासाट गराउने एउटा माध्यम हो । यो कम्प्युटर ट्यावलेट,स्मार्ट फोन जस्ता उपकरणमा इन्टरनेटको सहयोगबाट वेबसाइट तथा एप्सद्धारा उपलब्ध हुन्छ ।
फेसबुक,टिकटक,इन्स्टाग्राम,ट्विटर,लिंकडइन आदी जस्ता सामाजिक सञ्जालहरु विश्वभरी नै लोकप्रिय बनेको छन् । यसको प्रयोगकर्ताहरु दिनानुदिन बढिरहेका छन् । कम्प्युटर वा मोबाइलमा प्रविधिमार्फत आफुले प्राप्त गरेका वा आफुले सिर्जना गरेका विचार,डिजिटल फोटो वा भिडियोहरु आदान–प्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ । यो वेवसाइट एवं इन्टरनेटको माध्यमद्धारा प्रत्यक्ष्य कुराकानी गर्ने,सुचना आदान–प्रदान गर्ने साधन हो ।यो समुदायमा आधारित सामाग्री आदान–प्रदान गर्ने संचार च्यानल भएकाले यसलाई सामाजिक सञ्जाल भनिएको हो । यो सुचना आदान–प्रदान गर्ने अनलाइन च्यानलहरुको सामुहिक रुप हो ।यस्ता च्यानलहरु प्राय निशुल्क हुन्छन् । विश्कै सबैभन्दा पुरानो सामाजिक सञ्जाल भनेको सिक्सडिग्रिज डटकम जुन सन् १९९७मा उद्धघाटन गरिएको थियो र सन् २०००मा बन्द भयो । फेसबुक,युटुब,भाइबर,टिकटक ट्वीटर,इन्स्टाग्राम आदि यसको उदाहरण हुन् ।

यो खासगरि कम्प्युटर ल्यापटप वा डेस्कटप र मोबाइल स्मार्टफोन वा ट्याब्लेट जस्ता उपकरणमा इन्टरनेट जडान गरी प्रयोग गरिन्छ । यसको प्रयोगको दायरा धेरै फराकिलो रहेको छ । हरेक व्यक्तिले हरेक क्षेत्रमा प्रयोग गर्न सकिने सरल प्रविधि भएकोले यो अहिले मानिसको जीवनसाथी जस्तै बनिसकेको छ । फेसबुकमा संस्थापक मार्कजुकर वर्गले यही सोचेर मानिसलाई भर्चुअल दुनियामा सामाजिक बनाउने प्रयास स्वरुप फेसबुक बनाई सामाजिक सञ्जाल मानिसहरुलाई जोड्ने एउटा माध्यम हो । यो अहिले बालक,युवा बृद्धा सबै पुस्ताको साथी बनेको छ । संसारका सबै अनलाइन प्रयोग कर्तामध्ये ६७प्रतिशत अब सामाजीक सञ्जालको साइट प्रयोग गर्दछन् । र इन्टरनेटको समयको १० प्रतिशत सामाजीक सञ्जालमा बिताइरहेका छन् । वास्तवमा बदलिदो परिवेशसगै इन्टरनेट एउटा यस्तो प्रविधिको रुपमा हाम्रो सामुने आएको छ । जो उपयोगको लागी सबैलाई उपलब्ध छ । सुचना प्रविधिको विकाश सगै इन्टरनेट,इमेल र बल्डवाइड वेबको व्यापकता बढेको छ । फेसबुक,ट्विटर,भाइबर,स्काइप,इस्टाग्राम,इमोजस्ता सामाजीक सञ्जालका प्रयोगकर्ता दिनहुँ बढिरहेका छन् । दिनहुँ यस्ता सञ्जालबाट पिडित भएको भन्दै सञ्जालमा देख्न सकिन्छ । कम्प्यूटर र इन्टरनेटका माध्यमबाट सिर्नना गरिएको अदृश्य संसार नै भर्चुअल संसार हो । भर्चुअल संसारमा गरिने कुनै पनी अपराधजन्य कार्य जसबाट पिडित व्यक्तिलाई उसको भौतिक हानी नोक्सानी पु¥याउँछ । भने त्यस्तो अपराध साइबर अपराध हो ।

सामाजिक सञ्जालले संसारभरिका मानीसहरुलाई एकसाथ जोड्ने काम गरेको छ । यो अन्तरक्रियात्मक प्रविधिबाट बनेकोले घरमै बसेर संसारको विभिन्न कुनामा रहेका आफ्ना परिवारका सदस्य,शुभचिन्तक अथवा विभिन्न क्षेत्रका लोकप्रिय व्यक्तिहरु सबैसगँ टेक्स्ट,पोस्ट,कमेन्ट,लाइक,सेयर गरी डिजिटल फोटो वा भिडियोहरुद्धारा विचार आदान–प्रदान गर्न सकिन्छ । प्रत्यक्ष्य रुपमा क्यामेराबाट एक अर्कालाई हेरेर पनि कुराकानी गर्न सकिन्छ । विश्वको जुनसुकै ठाउँमा भएका घटनाको समाचार केही क्षणमै थाहा पाउन सकिन्छ । सामाजिक सञ्जालले शिक्षा क्षेत्रमा महत्तवपुर्ण भुमिका खेल्दै आएको छ । यसको प्रयोगबाट हरेक विषयको शैक्षिक सामाग्रीहरु सजिलै प्राप्त गर्न सकिन्छ । विवेकशील र होशियार भएर यसको उपयोग गर्न सकेको खण्डमा यसले विधार्थीहरुको अध्ययनमा निकै राम्रो नतिजा ल्याउन सक्दछ । त्यसैगरी यो सामाजिक जागरको लागी पनि प्रभावशाली बनेको छ । सामाजिक सञ्जालले व्यापार व्यवसायलाई बढाउन पनि सहयोग पुग्दछ ।

धेरै अनलाइन रोजगारीको अवसरहरु सिर्जना गरेको छ । तर प्रयोगात्मक शैक्षिक क्रियाकलाप,खेलकुद,अन्य शारीरिक गतिविधिहरु कम हुदै गएका कारण केटाकेटीहरुमा विभिन्न शारीरिक तथा मानसिक समस्याहरु देखा परेको छ । मानिसलाई यसले अल्छी बनाउँदै लगेको छ । परिवार र समाजबाट टाढा राख्न थालेको छ । त्यसैगरी साइबर,बुलिगं,ह्याकिङ,पहिचान चोरी हुने जस्ता आपराधिक कार्यहरु बढेकाले मानिसहरुमा चिन्ता र निराशा पैदा भई विभिन्न मानसिक रोगहरु बढ्दै गएको छ ।
समाजमा सामाजिक सञ्जालको प्रभावको बारेमा हिजोआज अनेकौ टिका टिप्पणी हुने गरेको छ । यदि यसलाई सही तरिकाले उपयोग गरेमा यो मानव जातिको लागी बरदान साबित हुन सक्दछ । जीवन जिउनको लागी आवश्यक पर्ने अध्ययन खेलकुद,सामाजिक मुल्य र मान्यता ,मनोरञ्जन,विज्ञान र प्रविधिबाट उपलब्ध भएका अन्य सुविधा यि सबै कुराहरुका सन्तुलन कायमै राखेर सामाजिक सञ्जालको प्रयोग गर्नु पर्दछ ।

सामाजिक सञ्जालको इतिहास

सन् १९९७ मा सोसल मिडिया प्ल्याटफर्म को लागी महत्तवपुर्ण रहेको थियो । किनकी यस वर्ष संसारको सबै भन्दा पहिलो सामाजिक सञ्जाल एप्लीकेशन लन्च भयो । यस एप्लीकेशनको नाम माइक्रोवेव जसलाई पछि गएर सिक्सडिग्रीज राखियो । यस एप्लीकेशनलाई बनाएका थिए । यस एप्लीकेशनमा १००भन्दा धेरै कर्मचारीहरुले काम गर्दथे । तर ४ वर्ष पछि सन् २००१मा यस एप्लीकेशनलाई बन्द गर्नु प¥यो । यसको कारण जुन समयमा यो एप्लीकेशन लन्च भयो ।त्यो समयमा धेरै जसो मानीसहरु सगँ इन्टरनेट कनेक्शन उपलब्ध थिएन । सन् २००४मा फेसबुकको आविष्कार भएको थियो । शुरुको दिनमा फेसबुकको प्रतिस्पर्धा माई स्पेससगँ थियो । माई स्पेस पश्चिमी प्रयोगकर्ता बीच लोकप्रिय थियो । हाल फेसबुकसगँ विश्वव्यापी २.९बिलियन भन्दा बढी प्रयोगकर्ता छा् । त्यस पश्चात १वर्ष पछि,भिडियो सेयरिङ–युटुबको स्थापना भएको थियो । सन् २००६मा टुइटर प्रयोगमा ल्याइयो । पछिल्लो १दशक यि ३सामाजिक सञ्जालले कब्जामा बजार रहेको थियो ।

पछिल्लो समयमा टिकटक,ह्वाटसप,स्न्यापच्याट,म्यासेन्जर लगायत सामाजिक सञ्जालको प्रयोग पनि बढ्दो छ । तर टिकटकमा नेपाल सरकारले २०८० कार्तिक २७गते प्रतिबन्ध लगाएको हो । जुन ३०लाई हरेक वर्ष विश्व सामाजिक सञ्जाल दिवसको रुपमा विश्वव्यापी रुपमा मनाइने गरिन्छ । वर्षको जुन ३०मा विश्वव्यापी सञ्चारमा सामाजिक सञ्जालको प्रभावकारी स्वीकार गर्न र यसको फाइदा र बेफाइदा बारे मानीसहरुलाई सचेत गराउन विश्वव्यापी रुपमा मनाउदै आइएको छ । सामाजीक सञ्जालको विकाससगै मानीसहरु आफुले चाहेको समयमा एक अर्कासगँ जोडिन सक्षम भएका छन् । बजारमा आफ्नो उत्पादनको जानकारी दिन र बजारीकरण गर्न पनि सामाजिक सञ्जाल प्रभावकारी माध्यम भएको छ । २०वर्षका युवा हुन् वा ६०वर्षका वुद्ध आजको समयमा हरेकको जीवनमा सामाजिक सञ्जाल एउटा अहम् हिस्सा बनिसकेको छ ।

विश्वलाई हामीले हेर्ने दृष्टिकोण मानिसहरुसगगर्ने सञ्चार तथा अन्तरक्रिया सबै कुरालाई यसले परिवर्तन गरिदिएको छ । विश्वका विभिन्न कुनामा रहेका मानिसहरुलाई जोड्ने सामाजिक मुद्धालाई स्थापित गरी उचाइमा पु¥याउने,व्यवसायलाई बढाउन र चिनाउन मद्दत गर्ने देखि सबै क्षेत्र र पेशामा उल्लेखनीय प्रभाव पार्ने कुरामा सामाजिक सञ्जालले गेम चेन्जर को भुमिका निभाउदै आइरहेको छ ।

सामाजिक सञ्जालका फाइदाहरु

मानीसहरु आफ्नो इलाकामा राज्यमा वा सम्पुर्ण विश्वमा भइरहेका वर्तमान विषयहरुको बारेमा थप जानकारी लिन्छन् ।

सामाजिक मिडिया प्लेटफर्महरुले विधार्थीहरुलाई अनुसन्धान कार्य गर्न मद्दत गर्दछ । किनकी विधार्थीहरु एकअर्काबाट टाढा हुदाँ पनि उनीहरुबिच सामुहिक छलफल गर्न सजिलो हुन्छ ।

सामाजिक सञ्जालले मानीसहरु विशेष गरी युवाहरुलाई नयाँ रोजगारीका अवसरहरु पहुँच गर्न मद्दत गरिरहेको छ । किनकी धेरै स्थानीय व्यापार संगठनहरुले फेसबुक आदि जीता सोशल मिडिया प्लेटफर्महरु मार्फत आफ्ना कर्मचारीहरु भर्ती गर्छन् ।

प्राविधिक विकासको यस युगमा सामाजिक सञ्जालले मानीसहरुलाई हालको टेक्नोलोजी अपडेटहरुसगँ अधावधिक रहन मद्दत गरिरहेको छ । जुन हाम्रो लागी धेरै राम्रो संकेट हो ।

सुचना आदान–प्रदान छिटोछरितो गर्न सकिने,घरमै बसेर खरिद बिक्री गर्न सकिने,घरमै बसेर स्वखेश तथा विदेशमा प्रत्यक्ष सम्पर्क गर्न सकिने,महत्तवपुर्ण कागजात ,फोटो एवं भिडियो तुरुन्तै आदान–प्रदान गर्न सकिने,कुनै घटना वा खास विषय वस्तुको प्रत्यक्ष प्रसारण गर्न सकिने ।

आफ्ना विचार भावना राख्न सजिलो हुने,सारा विश्वलाई एउटै गाउँमा ल्याउन सहयोग पुग्ने अध्ययन अनुसन्धान एवं लेखनकार्यमा सघाउ पुग्ने,व्यक्ति,परिवार,समुदाय कार्यालय व्यापार व्यवसाय सबैले हरेक काममा प्रयोग गर्न सकिने ।

सामाजिक सञ्जालका बेफाइदाहरु

सामाजिक सञ्जालमा बढी समय खर्च गर्ने,समाजलाई हानी नोक्सानी गर्ने विषयवस्तु बढि शेयर गर्ने,अरु प्रति नकारात्मक टिकाटिप्पणी गरी सेयर गर्ने,नचिनेको व्यक्तिलाई जिस्काउने,अर्काको फोटो तथा भिडियो दुरुपयोग गर्ने,अश्लील भिडियो तथा फोटो खिचेर अपलोड गर्ने, सेयर गर्ने सामाजिक सञ्जाललाई अध्ययन अनुसन्धानको साधन भन्दा मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्ने गलत सामाचार सम्प्रेषण गर्ने । इन्टरनेटमा धेरै समय भिडियो गेम खेल्न विताउने, अनावश्यक अनलाइन सपिङ गर्ने,फेसबुक,युटुब जस्ता माध्यममा आउने सुचना घरिघरि हेर्ने,यस्तो बानीबाट आफुलाई परिवर्तन गर्न नसक्नु लत बसेको अवस्था हो । यस्तो समस्या धेरैमा हुन्छ । साइबर रिलेशन एडिक्सन अर्थात धेरै मात्रामा च्याट, म्यासेजर ,फेसबुक, इस्टाग्राम वा इमेल जस्ता सामाजिक सञ्जालको प्रयोग गरिराख्ने लत यसको नकारात्मक असर हो ।

कुनै कुरामा राम्ररी ध्यान केन्द्रित गर्न नसक्नु र रचनात्मक कार्य गर्न नसक्नु आदि ।शारीरिक समस्या ढाड देख्ने,टाउँको दुख्ने,घाँटी र गर्धन दुख्ने,आखाँमा समस्या जस्तै सुख्खा पन र देख्नमा समस्या हुन्छ । खान मन नहुने र वजन वा तौल घट्ने मानसिक लक्ष्यणका साथै शारिरीक लक्ष्यण देखा पर्दछन् । एकै परिवारका सदस्यहरु पनि एकआपसमा भेटवार्ता गर्नुभन्दा पनि घोप्टो परेर मोबाइल थिच्नमै तल्लिन रहन्छन् । कतै यसले हाम्रो पारिवारिक मुल्य,मान्यतालाई ओझेल पार्ने त होइन ? कतै सामाजिक सञ्जालको आवश्यकता भन्दा र असामाजिक बनाइरहेको त छैन ?

सामाजिक सञ्जालमा बढ्दो देखावटीपनले सामाजिकहरुले घाँटी हेरी हाट निल्नु भने उखान बिर्सिसकेका छन् । सरकारी निकायद्धारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्य विधि २०७५ जारी भएको छ । अबदेखि सबै सरकारी कार्यालयले अनीवार्य रुपमा सेवाग्राहीलाई सुचना प्रदान गर्न सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने भएको छ । सेवाग्राहीलाई सुचना दिन सबै कार्यालयले ट्विटर,फेसबुक र भाइबरजस्ता सामाजिक सञ्जाल संचालन गरिरहेका छन् । साइबर अपराध विज्ञान र प्रविधिको सगँ जोडिएको अपराध हो । कम्पुटर र इन्टरनेटबाट गरिने अपराधहरु वेबसाइट तथा इमेल ह्याकिङ,चरित्रहत्या,डाटा चोरी इन्टरनेट मार्फत ब्ल्याकमेलिङ,इन्टरनेट बैकिङ,जालसाजी अर्काको पहिचान अनाधिकृत रुपमा प्रयोग ,क्रेडिटकार्ड अर्काको कम्प्युटर,वितिय उपकरण तथा नेटवर्कमा पु¥याउने क्षति वा जालसाजी हुन् ।

नेपालमा साइबर सुरक्षाको चुनौति बढ्दो छ । त्यसकारण यो विश्वकै संवेदनशिल विषय हो । नेपालमै पनि बैकको सर्भरमा आक्रमण गरेर लुट मच्चाउने प्रयासहरु भइरहेका छन् । नेपालमा सहज पहुँच र फितलो साइबर कानुनले गर्दा पनि यस्ता अपराधिक घटनाहरु घटिरहेका छन् ।
सामाजिक सञ्जालको सुरक्षीत तवरले प्रयोग गर्न नजानेर कतिपय व्यक्ति वा संस्थाहरुले आर्थिक तथा सामाजिक रुपमा यस्ता खालका गलत क्रियाकलापहरुबाट आर्थिक रुपमा हानी नोक्सानी तथा सस्थाको गरिमा माथी आच आउने खालको गति विधिहरु समेत बेहोरेको पाइन्छ ।सामाजिक सञ्जालको प्रयोगबाट सुरक्षित रहन त्यसको लागी हामीहरु सबै जनाले प्रयोग गरिने लगंआउट पासवोर्ड इस्टल राखौ । यसमा विशेष गरी स्मल लेटर,क्यापिटल लेटर नम्बर र स्पेशल क्यारेक्टर आदी सहितको कमेशन सहितको पासवार्ड राख्नु उचित हुन्छ ।

सकेसम्म सामाजिक सञ्जालको प्रयोग गर्दा मोबाइल,ल्यापटक,कम्प्युटर,टयापलेट आदिको प्रयोग गर्दा सकेसम्म आफ्नै प्रयोग गर्ने । प्रयोग गर्नु पर्ने बाध्यता भएमा सावधानी पुर्वक प्रयोग गरी लगआउट गरौ । सामाजिक सञ्जाल प्रयोग गर्ने व्यक्तिगत उपकरणहरुलाई पासवार्ड,प्यार्टन,वा लक गरी सुरक्षीत राख्नुपर्छ । यदि हामीहरु कसैको सामाजिक सञ्जाल प्रयोग गरेको उपकरणहरु हराउँदा चाडो भन्दा चाडो सामाजिक सञ्जालहरुको अकाउन्टको पासवार्ड परिवर्तन गर्नुपर्छ । सकेसम्म आफ्नो व्यक्तिगत विवरण घरको ठेगाना फोननम्बर इत्यादि सामाजिक सञ्जालमा नराखौ । राख्नै परे हाइड गरेर गर्नुपर्दछ । सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत संवेदनशील फोटो युजर नाम र पासवोर्ड बैक खाताको विवरण,पिनकोट नागरिकता नम्बर लगायन व्यक्तिगत विवरण पब्लिक गरी सेव नगरौ ।कुनै पनि सन्देश फोटो सेव गर्दा संचेत रहौ । जस्तैका जादै छ । के गर्दै छ । को सगँ छ । जस्ता कुराको विवरणहरुको अरुले गलत फाइदा लिन सक्दछन् ।
आजको समयमा यदि हामीहरुले सञ्जालको सही तरिकाले प्रयोग गरेमा हाम्रो लागी वरदान हुन्छ । तर गलत तरिकाले प्रयोग गरेमा सामाजिक सञ्जाल हाम्रो लागी अभिशाप पनि बन्न सक्दछ । त्यसकारण यो कुरा हामी सबैमा भर पर्ने कुरा हो ।हामीहरु सामाजिक सञ्जालको प्रयोग कसरी गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *