Share Market/शेयर,शेयर बजार,स्टक बजार बारे जानकारी

शेयर,शेयर बजार(Share),स्टक बजार बारे जानकारी

शेयर:-कुनै पनि कम्पनीको पुँजी वा स्वामित्तवलाई धेरै इकाइमा विभाजन गरी लगानीकर्ताहरुलाई बिक्रि गरिन्छ । यसरी कम्पनीको पुँजीको विभाजन इकाइको दस्तावेजलाई शेयर भनिन्छ । शेयरमा लगानी गरेवापत शेयरधनीहरुले प्रत्येक वर्ष कम्पनीको वित्तिय कार्य सम्पादन वा मुनाफाको आधारमा लाभांस प्राप्त गर्ने गर्दछ । कुनै पनि कम्पनीले गरेको व्यवसायबाट नाफा वा घाटा हुन्छ । आफुले गरेको लगानीको अनुपातमा उक्त घाटा वा नाफा दुबैको हिस्सेदार हुन मञ्जुर भई गरिएको लगानीको अशं शेयर हो । यसलाई साधारण भाषामा भन्नु पर्दा शेयर भनेको हिस्सा वा साझेदारी हो । शेयर बिक्रिबाट संकलित पुँजीलाई शेयर पुँजी भनिन्छ ।
कुनै पनि खोल्नको लागी वा संञ्चालन गर्नको लागी त्यो कम्पनीको क्षमता वृद्धिको लागी ठुलो धनराशिको आवश्यकता पर्दछ । जुन २–४जना मिलेर तथा श्रृण लिएर मात्रै प्राप्त हुदैन् । साथै श्रृण लिनको लागी आफुसगँ प्रयाप्त धितो राख्ने जिन्सी हुनु पर्ने साथै कम्पनी नाफा घाटा भएपनि सञ्चालन गर्न समय लागेपनि निरन्तर व्याज तिरिरहनु पर्ने हुन्छ । त्यो भन्दा बरु कम्पनीमा पैसा र स्वामित्तवलाई धेरै इकाइमा विभाजन गरेर लगानीकर्ताबाट पैसा उठाउने गरिन्छ । त्यहि स्वामित्तव हस्तान्तरण गर्ने व्यवस्थित र आधिकारिक प्रक्रिया नै स्टक(शेयर) हो ।

शेयरका(Share)प्रकारहरु

१.साधारण शेयरः-पुँजी फिर्ता तथा लाभांश प्राप्त गर्ने पुर्वाधिकार नभएको शेयरलाई साधारण शेयर भनिन्छ । साधारण शेयर खरिद गर्ने व्यक्तिलाई साधारण शेयर धनी भनिन्छ । जो कम्पनीको वास्तविक मालीक हुन् ।

२.पूर्वाधिकार शेयरः-पुँजी फिर्ता तथा लाभांश प्राप्त गर्ने पहिलो अधिकार रहेका शेयरलाई पूर्वाधिकार शेयर भनिन्छ । पूर्वाधिकार शेयरमा लगानी गर्ने व्यक्ति वा सस्थालाई पूर्वाधिकार शेयर धनी भनिन्छ ।
शेयर बजारः-शेयरको कारोबार (किनबेच) हुने बजारलाई शेयर बजार भनिन्छ । कनै पनि व्यक्तिले कुनै पनि कम्पनीको स्वामित्तव बेच्न वा किन्न चाहेमा त्यहि बजारबाट किन्न सकिन्छ । क्रेतनले आफुलाई भविष्यमा नाफा वा आफुलाई मन पर्ने कम्पनीको शेयर किन्ने गर्छन् । यहि शेयर खरिद बिक्रि हुने स्थानलाई शेयर बजार भनिन्छ । नेपालको सन्दर्भमा नेपाल स्टक एक्सचेन्ज स्टक (नेप्से)ले आफुले दस्तावेज तथ्याङक राखेर निर्धारित कारोबार समयमा कारोबार गराउने गर्दछ । सामान्य भाषामा भन्दा शेयरको मुल्य घटेको बेलामा खरिद गर्ने र त्यसलाई बढेको बेलामा बेच्ने गरेर पैसा कमाउने गर्दछन् ।
शेयर बजार,स्टक बजार,इकुटि बजार यि ३वटा मार्केटको एउटै मतलब हुन्छ ।

यो ति मार्केट हुन् । जहाँ हामीले कुनै पनि कम्पनीको शेयर किन्न पनि सक्छौ र बिक्री पनि गर्न सक्दछौ । शेयर किन्नु भनेको मतलब कुनै कम्पनीमा केहि प्रतिशत ओनरशिप किन्नु हो । अथवा केही प्रतिशत त्यो कम्पनीको मालीका बन्नु हो । यदि नाफा भयो भने त्यस कम्पनीको केहि प्रतिशत नाफा हामीलाई मिल्छ । यदि घाटा भयो भने केही प्रतिशत घाटा बेहोर्नु पर्छ । मानौ हामीलाई एउटा सानो व्यवसाय खोल्नु पर्ने छ । यदि हामी सगँ १० हजार मात्र छ । त्यो पुग्दैन ।र म मेरो मिल्ने साथीलाई व्यवसायको बारेमा भनेर त पनि १०हजार पैसा लगानी लगा र हामी ५०–५० प्रतिशतको पार्टनरशिप गरौ भन्छु ।र हामीलाई फिउचरमा भएको नाफाको हिस्साको बराबर पाउँछौ । यस अवस्थामा ५० प्रतिशत शेयर हिस्सा मेरो साथीलाई दिन्छु यहि चिज ठुलो लाजजर स्केलमा स्टक बजारमा हुने गर्दछ । फरक यति मात्र हो,कि त्यो समयमा आफ्नो साथीलाई नभनेर पुरै सर्वसाधारण सामु गएर शेयर खरिद गरेर भनिन्छ ।

अर्थात कुनै पनि कम्पनीलाई मानौ५०लाख चाहिएको छ । रे अब यति धेरै पैसा कलेक्ट गर्ने त काहाँबाट ?जस्तै कित बैकबाट लोन ल्याउनु पर्यो,कित स्टक मार्केटमा आफ्नो कम्पनीको शेयरको हिस्सा बेचेर पैसा कलेक्ट गर्न सक्दछ । त्यसै गरी जति –जति कम्पनी ग्रो हुदै जान्छ । त्यति –त्यति नाफको लेबल नी बढदै जान्छ । कम्पनीको शेयर पनि बढ्दै जान्छ । साथै त्यो कम्पनीले आफ्नो शेयर होल्र्डसहरुलाई नाफा बाढछ ।हामीले कुनै पनि शेयर कसरी किन्न सक्छौ ? शेयर किन्नको लागी डिमेट खाता ओल्नु पर्ने हुन्छ । डिमेट खाता कुनै पनि अथराइस्ट बैक,फाइनेन्सीयल इस्टीटयूशस र ब्रोकरको माध्यमबाट खोल्न सक्दछौ । त्यसको लागी हामीलाई बैंक खाता खोल्नु पर्छ । बैंक खाता खोल्न नागरिकताको फोटोकपी र पासपोर्ट साइजको फोटो चाहिन्छ

शेयर खरिद गर्ने क्रममा कुन शेयर खरिद गर्ने र कुन समयमा खरिद र कुन समयमा बिक्री गर्ने भन्ने कुराको राम्रो सगँ जानकारी हुनु पर्दछ । कम्पनीको फन्डामेन्टल र विश्लेषण र टेक्नीकल विश्लेषणको बारेमा राम्रो जानकारी हुनु पर्दछ । कसैको कुरामा लागेर वा सुनेको भरमा लगानी गर्दा लगानी डुब्न सक्दछ । शेयर बजारमा हामी २तरिका बाट शेयर खरिद बिक्री गर्न सक्दछौ ।
१.प्राथमिक बजारः–कुनै पनि कम्पनीले पहिलो चोटी जारि गरेको धितोपत्रको कारोबार हुने बजारलाई प्राथमिक बजार भनिन्छ । जस्तै धितोपत्र भन्नाले डिबेन्चर,शेयर,बोन्ड,रितपत्र हुन । र अर्को कुरा प्राथमिक कुरा बजारमा शेयर प्राथमिक बजारमा किन्न मिल्छ । बेच्न मिल्दैन् ।
१.आई.पि.ओ.
२.एफ.पि.ओ.
३.राइट शेयर
जारी गरिन्छ ।
१.आई.पि.ओ.:-कम्पनी तथा सरकारले पहिलो चोटि जारि गरेको धितोपत्र निष्काशनलाई आई.पि.ओ.भनिन्छ ।
२.एफ.पि.ओ.:-एक पटक आई.पि.ओ.जारी गरेर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भइसकेको कम्पनीले थप पुँजी वृद्धि गर्नु परेमा पुनःनयाँ शेयर जारि गर्न सक्छन् । नयाँ शेयर निष्काशन गर्नुलाई एफ.पि.ओ.भनिन्छ ।
३.राइट शेयरः-कुनै पनि कम्पनीले शेयर धनिहरुले मात्र किन्न पाउने गरि शेयर जारि गर्न सक्छ । यस्ता शेयरलाई (हकप्रद शेयर)राइट शेयर भनिन्छ ।
२.दोस्रो बजारः-कुनै पनि पब्लिक कम्पनीले पुँजी संकलनका लागी प्राथमिक बजारमा आपिओ जारी गरेको १५–२०दिन भित्रमा लगानीकर्ताहरुलाई शेयर बाँडफाँड गर्दछ । शेयर बाँडफाँड गरेको ४–५दिनमा प्राथमिक बजारमा जारी गरेको शेयरलाई नेप्सेमा सुचिकृत गर्दछ । प्राथमिक शेयरलाई नेप्सेमा सुचिकृत गरेपछि शेयर खरिद बिक्री गर्ने स्थानलाई दोस्रो बजार भनिन्छ । त्यहि स्थान वा ब्रोकर कम्पनीबाट उक्त कम्पनीको शेयर खरिदबिक्री गर्न सकिन्छ ।
बि.स.२०२३साल असाढ २२गते सेक्युरिटि खरिद बिक्री केन्द्रको स्थापना भएपछि नेपालमा औपचारिक रुपमा धितोपत्रहरुको कारोबारको प्रचलत भएको हो । धितोपत्र कारोबार ऐन २०४०प्रारम्भ भएको र २०४१सालमा उक्त ऐनको पहिलो ससोंधन गराई २०५०मा सेक्युरिटि खरिद बिक्री केन्द्रमा स्टक एक्सचेन्ज परिवर्तन गरियो । नेपाल स्टक एक्सचेन्जले पहिलो पटक २०५० माग ३०बाट नेप्से सुचांकको शुरुवात गर्यो त्यसबेला नेप्से सुचांक १००कायम गरिएको थियो । जसलाई नेप्सेको आधार बिन्दु भनिन्छ । नेप्सेले धितोपत्र बजारको मापन गर्न विभिन्न उपकरणहरु प्रयोग गर्ने गर्दछ । जसमध्ये नेप्से सुचांक ,सेन्सेटिभ इक्डेक्स,फलोट इन्डेक्स,सेन्सेटिभ फलोट र क्षेत्रगत परिसुचक रहेका छन् । नेपाल स्टक एक्सचेन्ज धितोपत्र बजार संचालन नियमावली२०६४र नेपाल धितोपत्र बोर्डको अनुमति बमोजिम सचालित छ ।

नेपाल स्टक एक्सचेन्जका काम कर्तव्य,अधिकारः-

१.आफुुमार्फत धितोकारोबारलाई स्वच्छ,पारदर्शी र नियमित संचालन गर्ने र गराउने ।
२.धितोपत्र बजार संचालन गर्दा लगानीकर्ताको हित बमोजिम संचालन र व्यवस्थापन गर्ने तथा गराउने ।
३.सार्वजनिक निष्काशन भएका धितोपत्रहरुको सुचिकरण गर्ने ।
४.आफ्नो सदस्यहरुलाई धितोपत्र सम्बन्धि तर्जुमा भएका ऐन निति नियम ,निर्देशिका ,मार्गदर्शन,नियमावली ,विनियमावलीको पालना गर्न लगाउने र सो सम्बन्धमा अनुगमन सुपरिवेक्षण गर्ने गराउने ।
५.कारोबार संचालन गर्न आवश्यक निति तथा पद्धतिको व्यस्था मिलाइदिने र धितोपत्र सम्बन्धि प्राविधिक सल्लाह सुझाव दिने ।
६.धितोपत्र बजारको विकाश विस्तारका लागी नेपाल धितोपत्र बोर्डसगँ समन्वय गर्ने ।
७.धितोपत्र बजारको सुचना दैनिकी रुपमा प्रबाह गर्ने ।
८.सेयर ,डिबेन्चर र बोन्डको दोस्रो बजारको प्लेटफर्मको खरिद बिक्री गर्ने ब्रोकर बजार उपलब्ध गराउँछ । निश्चित कम्पनी,ब्रोकर र लगानीकर्ताहरुलाई नियमन गर्ने काम गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *