Onion Juice Oil for Hair Loss/कपाल झर्ने समस्याको लागी प्याजको प्रयोग/

कपाल झर्ने समस्याको लागी प्याजको प्रयोग/के प्याजले कपाल झर्न रोक्छ त ?

कपाल झर्ने समस्या अहिलेको समयमा सायद नझरेको कमै होला ?हामीले सुन्ने गर्दछौ ।मेरो कपाल एकदमै झर्छ मत टकलु वा टकली भइहाल्छु । कपाल झर्ने र पातलो हुने समस्या महिला,पुरुष दुबैलाई हुन्छ । यो समस्या अहिेले त झनै एकदमै बढ्दो क्रममा रहेको छ । प्राय एक दिनमा ५०देखि१००सम्म कपाल झर्नुलाई हामीले सामान्य मान्दछौ । तर यो क्रम बढ्दै,गर्दा जस्तै सिरानी,कपाल कोर्दा,नुहाउँदा वा हामीले हातले तान्दा कपाल झर्यो भने यो धेरै को एकदमै चिन्ताको बिषय बन्न पुग्दछ । अझै त्यसै क्रममा तालु हल्का देखिन थाल्नु अथवा कोही नयाँ मान्छेलाई भेट्दा खेरी उसले तिम्रो त तालु देखिन थालेछ । तिम्रो कपाल त पातलो देखिन थाले छ । भन्यो भने त्यस्तो अवस्थामा मान्छेमा त्यो तनाव अझै बढेर जाने गर्दछ । त्यसकारण त्यो अवस्थामा मानीसले घरेलु उपचार गर्न पाए हुन्थ्यो । घरेलु उपचारले ठिक गर्न पाए हुन्थ्यो । भन्ने कुरा जो कोही मानीस लाई लाग्न सक्छ । त्यस्तो अवस्थामा धेरै जनाले त झनै सामाजिक संजालमा,हेरेर केही समाधान हुनु छ । कि भन्ने सोध्ने गर्नुहुन्छ । त्यसकारण सामाजिक संजाल मा हेरेर समस्याको समाधान मिल्छ । कि भनेर जस्तै युटुब,टिकटक,इस्टाग्राम मा देखेर उपचार गर्ने विधि भने प्याजको रस हो ।

हामीहरुलाई कुनै समस्या पर्यो भने हामी जुनसुकै समस्याको समाधान गर्न छिटो र सजिलो उपाय अपनाउने तरिका तर्फ लाग्दछौ । त्यसकारण यस्तो समस्या देखा परेमा धेरै जसलो खाज्ने भनेको आफ्नो घरपरिवारमा रहेको घरेलु उपचार बारे वा जुन प्राकुतिक स्पले सजिलै सगँ उपलब्ध होस् र कपाल झर्ने समस्या सगँ छुटकारा पाइयोस् । भन्ने सबैलाई लाग्ने स्वभाविकै हो । जसमा प्याजको रस लगाउने प्रवृधि वा उपचार अपनाइसकेको हुन्छ । किनभने यो प्याजको रस कपालमा लगाइसकेको हुन्छन् । किनकी यो प्याज भन्ने चिज हामी सबैको घरमा सजिलै सगँ पाइने गर्दछ । र कसैले सामाजिक संजालमा कसैले भनिदियो भने यो उपाय अपनाउन हामीहश्रलाई त्यति धेरै गारो हुदैन ।त्यसकारण धेरै जसोले प्याजको रस लगाउने तरिका अपनाइ सक्नु भएको हुन्छ । यस्तो प्याजको रस लगाइसकेपछि कतियय लाई अलिकति पनि कपाल झर्न कम भएको र कतिपयले प्याजको रस लगाउने झर्ने पहिला भन्दा धेरै कपाल झर्न थालेको भन्नुहुन्छ । आखिर त्यस्तो किन ? हुन्छ । वास्तविक के हो ?यसको वैज्ञानिक प्रमाणको कुरा गर्नुपर्दा यसका धेरै जसो अध्ययन भएका छैनन् ।

त्यसैगरि २००२मा गरिएको अध्ययनमा के देखाइएको छ । भने प्यासको रसले एउटा Alopecia Areata कपाल भर्ने रोगमा राम्रो असर देखाउँछ । भनेर उक्त अध्ययनमा देखाइएको थियो । अर्को अध्ययन २०२३को मे मा गरिएको थियो । यो ल्याप बेस स्टडि थियो । यसमा Allium Hookeri Extracts प्याजको प्रजातिको विरुवा हो । यसको प्रयोग गरेमा यसले कपालको जरामा भएको डरर्मल प्यापेला सेल्समा राम्रो असर देखाउँछ । र कपाल झर्ने समस्याबाट रोक्न सक्दछ । भन्ने देखाइएको थियो । र अर्को अदुवा जुन प्याजको प्रजातिमा पर्दछ । यसको पेस्ट प्रयोग गरेर Alopecia Areataभन्ने रोगमा फाइदा मिल्छ । भनेर एउटदा अध्ययनले देखाएको छ । यदि प्याजको रसले वास्तविक रुपमा कपाल झर्न रोक्दछ । वा नयाँ कपाल उमार्दछ । भने यसका उपायहरु के के हुन् ।प्याज र अदुवा एउटै प्रजाति (Allium)भन्ने प्रजातिमा पर्दछन् ।यिनिहरुमा सलफरको मात्रा एकदमै धेरै मात्रामा हुने गर्दछ ।
हाम्रो कपालको सबै भन्दा बाहिरी भाग जसलाई हामीले किउटीकल भन्दछम् । यो किउटिकल भन्ने भाग प्रोटिनले बनेको हुन्छ । जसलाई जोड्ने भनेको सलफर वा डाइसलफाइड बोन्लाई जोड्दछ । प्याजमा हुने सलफरले गर्दा यो किउटिकलाई बलियो बनाएर हाम्रो कपाल झर्ने समस्या र टुक्रिने समस्या कम हुन्छ । भन्ने एउटा हाइपोथेसिस गरिएको छ । र अर्को कुरा हामिले प्रयोग गरेको प्याजको रस वा झोल कपालको जरामा कत्तिको सम्म पुग्दछ । भन्ने कुरा बुझनुपर्छ । किनकी हामी सबैको कपालको जरा छालाको तह भन्दा अलिकति नै तल हुन्छ । प्राय जसो हामीले लगाउने झोलहरु कपालको जरा सम्म पुग्न अलि अपठ्यारो हुन्छ ।

त्यसकारण यो कुरा अहिले सम्म हाइपोथेसिस मात्र छ । र प्रमाणित हुन बाँकी छ । अर्को कुरा प्याजको झोलमा एन्टीअक्सेटिप प्रोपटिज(Anti-Oxidant Property) हुने गर्दछ । यसले गर्दा हाम्रो कपालको जरामा Oxidantive Stress भइरहेको हुन्छ । यो तनावलाई कम गरेर यो कपालको जरा लाई प्रोटेक्ट गर्न मद्दत गर्दछ । भन्ने अर्को मेकानिज्म हुन सक्छ । त्यसैगरि र्ओ भनेको एलोपेसिया एरियटा भन्ने रोगहरुमा यसले यस्तो प्रकारको यर्लजी जसलाई हामीले  Allergic Contact Dermatitis भन्दछौ । जसले यर्लजी गराएर नयाँ कपाल उर्मान सहयोग गर्दछ । भनेर भनिएको छ ।
प्याजको रसले के साचिँकै कपाल पलाउन र कपाल झर्न मद्दत गर्दछ त ?अहिले सम्म भएको वैज्ञानिक अध्ययनले यसको ठोस प्रमाण दिएको छैन् । एक,दुई अध्ययनको भरमा यस्को फिक्स यही हो वा होइन भन्न सकिदैन् । यसको मतलब यसले काम गर्यो भन्न पनि सकिदैन् । एलोपेसिया एलाएटा भन्ने रोगमा यस सम्बन्धी अध्ययनहरुले यस सम्बन्धी काम गर्छ भनेर देखाएका हुन् । तर हामीहरु सबैले बुझन जरुरी छ । कि कपाल झर्ने धेरै कारणहरु छन् । धेरै कारणले कपाल झर्ने समस्या निम्ताउन सक्छ । यसको फिक्स यही कारणले कपाल झरेको भन्न सकिदै् । सयौ कारणले कपाल झर्न सक्छ । त्यसकारण यही उपचारले कपाल झर्नबाट रोक्न मद्दत गर्छ ।भन्न सकिदैन् । त्यहि भएर कोहीलाई प्याजको रस लगाउने गर्नाले कसैलाई काम गरेको जस्तो र कसैलाई झनै कपाल झर्ने समस्या निम्ताउन सक्दछ । यसे कुरा बुझनको लागी हामिले कपालको कपाल साइकल बुझन जरुरी हुन्छ । हाम्रो कपालको टेलोजेन भन्ने चरण्मा हाम्रो कपालहरु झर्नलाई तयार भएको हुन्छ । कुनै रोगलाग्यो जस्तै डेंगु,कोरोना,टाइफाइट,कसैलाई धेरै मानसीक तनाव भयो भने,खानपान नमिल्नु,धेरै शरिरको तौल घटेयो भने,थाइराइटको बिरामी भयो भने एकपटक टेलोजिन अवस्थामा पुग्दछ । त्यसबेला कपाल धेरै झर्छ । जसलाई हामिले Telogen Effluviumपनि भन्दछौ ।

कतिपयलाई मौसम अनुसार कपाल झर्ने समस्या देख्न सक्छ । यसको मतलब कसैको कपाल बैसाख,जेठको बेला,असोज कार्तिकको बेला धेरै झर्ने गर्दछ । यस्तो अवस्थामा हामिले नयाँ उपचार जस्तै प्याजको रस प्रयोग गरेउ भने यदि पहिलो चरणको शुरुवातमा प्याजको रस प्रयोग गर्दा कपाल झनै झरेको जस्तो लाग्छ । यदि यस्तो चरणको अन्ततिर यस उपचारको शुरुवात गरेउ भने ।हामिलाई नयाँ कपाल पलाएको हो । कि भन्ने लाग्गछ ।तर यो एउटा संयोग मात्र हुने गर्दछ ।

प्याजको रस प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

हामिले घरेलु उपचार गर्दा गर्दा कुनै साइड इफेक्ट नभए अथवा धेरै पैसा खर्च नभए पनि कहिले काही यस्तो उपचार गर्दा गर्दै(Delay in Treatement)अथवा उपचार गर्न ढिला हुन सक्छ । यो कुरा कपाल झर्ने कुरामा पनि लागु हुने गर्दछ । जस्तै,यदि कसैको कपाल अन्य कारण भिटामिनको कमी,थाइराइड अथवा अन्य हर्मोन गडबडीको कारणले गर्दा,जेनेटिक पैटर्न हेयर लसको केसमा छिटो उपचार गरिएमा राम्रो रिर्जल्ट आउने गर्छ । तर घरेलु उपचार भनेर यदि यस्तो कुरा प्रयो गरेर काम नगर्दा गर्दै पनि समय बर्बाद गरियो भने कहिले काही उपचार खोज्न ढिलाभएको हुन सक्छ । त्यसकारण के कुरामा ख्याल गर्ने हुन्छ भने यो उपचार गरियो भने पनि केही समय पछि काम नगरेको जस्तो लागेमा डक्टरलाई भेटेर के कारणले कपाल झरेको भनेर पत्ता लगाई उपचार गर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *