Nindra Lagne Upay/निन्द्रा लगाउने उपाय

Nindra /निन्द्रा

निन्द्रा भनेको मन शरिरको प्राकृतिक रुपले दोहोरिने अवस्था हो । मानवलाई प्राकृतिक रुपमा दिउसो जति काम ,क्रियाकलापहरु गरेपनि बेलुका समयमा सुत्नु जरुरी हुन्छ । हाम्रो स्वास्थ्यको हिसाबले जसरी पानी,खाना,जस्तो अति आवश्यक वस्तुहरु चाहिन्छ । त्यसैगरि हामी सम्पुर्ण मानव लाई निन्द्रा आवश्यक छ । यदि हाम्रो निन्द्रा पुगेन,हामी समयमा सुतेनौ भने अनिन्द्राले विभिन्न प्रकारका रोगहरु निम्त्याउँछ । जब राम्ररी निन्द्रा पर्दैन ।

हाम्रो शरिर भद्दा हुन्छ । काम गर्न जागँर चल्दैन । मस्त सुत्न नसक्नु वा गहिरो निन्द्रा लिन नसक्नु आफैमा शारिरिक तथा मानसिक जटिलता हो । यसले थप रोगहरु निम्त्याउने खतरा रहन्छ । राम्रो गुणस्तरको निन्द्राले थकान कम गर्न मद्दत गर्दैन र हामीलाई कायाकल्प महसुस गराउँछ । मानव प्राणी मुडलाई पनि हल्का बनाउँछ । यसको विपरित,यदि हामीलाई लामो समय सम्म निन्द्राको अभाव वा खराब गुणस्तरको निन्द्रा छ । भने,हामीलाई थकान,चक्कर आउने ,चिडचिडापन,ध्यान केन्द्रित गर्न कठिनाई र कम मुडको अनुभव हुने सम्झना बढी हुन्छ । यसले हाम्रो दिनदिनै र सामाजिक जीवन र काम वा शैक्षिक कार्यसम्पादन मा नराम्रो प्रभाव पार्छ । त्यहि भएर राम्रो निन्द्रो लिन आवश्यक रहन्छ ।

हाम्रो शरिरमा निन्द्राको आवश्यकता व्यक्ति अनुसार भिन्न रहन्छ । हामिले अरुसगँ तुलना गरेर ८घन्टा सुत्नु पर्छ । नत्र हाम्रो स्वास्थ्यमा नराम्रो असर गर्छ । भन्ने कुराको विश्वास नगर्दा राम्रो हुन्छ । किनभने कसैले ८घन्टा सुते पनि निन्द्रा पुग्दैन । कसैलाई ८घन्टा भन्दा कम सुते पनि निन्द्रा पुग्दछ ।१रातमा कति समय निदाउने भन्ने कुरा खासगरी बच्चाले अधिक समय सुत्नु पर्ने हुन्छ । तुलनात्मक रुपमा बयस्कले कम अक्सर किशोर–किशोरी,युवा,बयस्क,वृृद्धवृद्धाले औसत सात देखि आठ घन्टा सुन्तु पर्ने बताइन्छ ।

अर्को कुरा अवधि भन्दा पनि निन्द्रा कति गहिरो र मस्त थियो । भन्ने कुरा मुख्य हो । यदि हाम्रो निन्द्रा पर्याप्त मात्रामा पुग्दैन हामीलाई बिहान उठेपछि थकानको महसुस हुने गर्दछ । केही मध्यम उमेरका वा वृद्धहरु अनिन्द्राको चिन्ता गर्छन् । किनभने तिनिहरु पहिलेको जस्तो राम्रो सगँ सुत्नु सक्दैनन् । हाम्रो निन्द्राको अवधि र ढाँचाहरु हामी बुढेसकालमा परिवर्तन हुन्छ । त्यहि भएर धेरै चिन्ता लिनु आवश्यक हु्दैन् । स्वास्थ्इ समस्याहरु जस्तै ह्दय रोग,पुरानो दुखानी र अत्यधिक औषधिहरुले हाम्रो राम्रो सगँ सुत्ने क्षमतालाई घटाईदिएको हुन्छन् । यस बाहेक भावनात्मक समस्या र मानसिक समसस्याहरुले निन्द्रा गडबडी हुन सक्दछ ।

lydnepal.com

Nindra/निन्द्रा किन जरुरी छ ?यसका फाइदाहरु

१.सन् २०१३मा यूनिभरसिटी अफ रोचेस्टर मेडिकल सेन्टरमा गरिएको एक अध्ययनमा निन्द्राको समयमा दिमागको विकार हटाउने प्रणाली सुचारु भएको पाइएको थियो । निन्द्रा हाम्रो शरिरलाई निकै फाइदा जनक हुन्छ । निन्द्रालाई दिमागले आफ्ना नराम्रा विकारहरु सफा गर्ने समयका रुपमा प्रयोग गर्ने गर्दछ ।
२.हामी सुते पछि हाम्रो आखाँ बन्द भएपछि दिमागको अल्पकालीन सुचना र हालसालैका घटनाहरुलाई दिमागको दिर्घकालिन स्मरण केन्द्रमा पु¥याउने कार्य शुरु गर्छ । यहि कारणले सिकाइमा निन्द्राको अत्यन्त महत्तवपुर्ण भुमिका हुने गर्छ । यसले नयाँ सुचनालाई पछि सम्झनाका लागी सङग्रह गरेर राख्छ ।
३.निन्द्राको समयमा हाम्रो दिमागले हामीले गरेका भौतिक कार्यका आवश्यक सुचनालाई सुचनालाई सङग्रह गर्ने प्रक्रिया शुरु गर्छ । यो समयमा अत्यन्तै जरुरी कार्यहरु टेम्पोरल लोबतर्फ अघि बढ्छन् । एक पटक टेम्पोरल लोबमा सुचनाहरु सङग्रहित भइसकेपछि यि काम गर्नको सचेत रुपमा दिमाग पनि लगाइरहनु पर्दैन ।
४.करेन्ट बायोलोजी जर्नलमा प्रकाशित एक अध्ययनले निन्द्राको बेला दिमागले जटिल विषयमा काम गर्ने देखाएको छ । यसले जागिसकेपछि मानव प्राणीलाई निर्णय गर्न सघाउँछ ।
५.सन् २००६मा छापिएको यूनिभर्सिटी अफ क्यालिफोर्निया,बर्कलको एक अध्यनले निन्द्राको समयमा दिमागले सोचेका हामिले भिन्न–भिन्न ठानेका सुचनाहरु बिच रहेको राम्रो सम्बन्ध,पनि पहिचान गर्न सक्ने देखाएको छ । तथ्याङकलाई नै हेर्ने हो । भने पनि ३३प्रतिशत मानिसले मानीसले निन्द्राको एक झप्कीपछि सिर्जनात्मक सम्बन्ध बनाउन सक्ने सम्भावना पाइन्छ ।
६.निन्द्राले शरिरको सन्तुलन कायम गर्न पनि सघाउँछ ।


अनिन्द्रा

जब हामी मस्त निदाउन सक्दैनौ,जब हाम्रो निन्द्रा बिथोलिन्छ । त्यहि नै अनिन्द्रा हो । निन्द्रा पुरा शरिरलाई आराम मिल्दैन् । यसको नकारात्मक असर हाम्रो स्वास्थ्य र मस्तिष्कमा पर्छ । पर्याप्त निन्द्रा लिन नपाएमा हामी भित्र मानसिक तथा शारिरीक बिकारले डेरा जमाउँछ ।
किन लाग्दैन निन्द्रा?
१.धेरै जसो मानसिक कारणले निन्द्रा बिथोलिन्छ । मनमा कुुरा खेलाउने बानीले निन्द्रा पर्दैन् ।
२.धेरै सोच,मनमै तर्फ वितर्क गर्ने,गुनासा आवेग जस्ता मानसिक विकारले निन्द्रा बिथोलिन्छ ।
३.शारिरिक समस्याले पनि निन्द्रा लाग्दैन । कमजोरी वा कुनै पिडाको कारण मस्त सुत्न सकिदैन ।
४.धेरै उत्साहित हुदाँ,धेरै थाकेको बेला पनि निन्द्रा लाग्दैन् । यधपी यि क्षणिक समस्या हुन् ।
कसरी लिन सकिन्छ गहिरो निन्द्रा?
१.निदाृनको लागी औषधी खानु राम्रो विकल्प होइन ।त्यस्तो औषधी खानाले नराम्रो असर गर्छ । कतिले निदाउने बाहानामा मदिरा सेवन गर्दछन् ।त्यो बानी पनि राम्रा्े होइन ।जसले गर्दा मस्त मातेपछि बेहोसिमा सुत्ने बानीले स्वास्थ्यमा थप ठुलो हानी गर्छ ।

lydnepal.com

२.निन्द्रा नलाग्नुको कारण के हो ? जस्तै कसैलाई चिन्ता,कसैलाई शारिरिक कारणले कसैलाई बाह्य वातावरणले पनि निन्द्रा नलागेको पनि हुन सक्छ । निन्द्राको कारण फेला परेपछि सोही अनुसार निन्द्राको उपाय खोज्न सकिन्छ । त्यसबाहेक अन्य केहि उपायहरु छन् । जसले निन्द्रा लाग्न मद्दत गर्दछ ।
३.राती सुत्ने समयलाई नियम गर्ने संभव भए सम्म ८देखि १०बजेसम्म सुतिसक्नु पर्छ ।जसले गर्दा नियमित सुत्ने अभ्यासले ठीक समयमा निन्द्रा लाग्छ ।

४.यदि ओछ्यानमा पुगेपछि छटपटि हुने मनमा कुराहरु खेलाएर बस्नु भन्दा मन पर्ने रेडियो कार्यक्रम सुन्ने,मोबाइलमा कुनै अडियो उपन्यास सुन्न सकिन्छ । जसले गर्दा अरु कुरामा ध्यान जान सक्दैन । एकाग्र हुन्छ । र निन्द्रा लाग्छ । यधपी भिडियो हेर्ने,चर्को ध्वनी सुन्ने,फेसबुक चलाउने नगर्दा राम्रो हुन्छ । जसले एकाग्रता भगं गर्छ ।
५ं.सुत्ने समयमा लेनदेन,हिसाब किताब,बिगतका कुरा सम्झने अपमानित भएको कुरा सम्झने जस्ता कुराहरुले मन अधैर्य र अशान्त हुन्छ । त्यसकारण सुत्ने समयमा सकभर यस्ता कुराहरु नसम्झने
६.सुत्नु अघि हल्का व्यायाम गर्दा राम्रो १५–२०मिनेट सम्म ध्यान गर्ने र यसले मनलाई शान्त बनाउन मद्दतको साथै निन्द्रा लाग्छ ।

More……..

Leave a Reply

Your email address will not be published. Required fields are marked *