Mutual Fund/सामुहिक लगानी कोष
सामुहिक लगानी कोष भन्नाले समान वित्तिय उद्देश्य भएका स–साना लगानीकर्ताहरुबाट लगानी योग्य रकम संकलन गरी ठुलो कोषको रुपमा सो रकमलाई दक्ष तथा अनुभवि व्यवस्थापकको प्रत्यक्ष्य निगरानीमा विभिन्न वित्तिय उपकरणहरु जस्तै शेयर,डिबेच्चर,मुद्दती निक्षेप आदि ।मा लगानी गरी लगानीकर्ताहरुलाई जोखिम न्युनिकरण गर्दै समुचित प्रतिफल दिन सक्ने एक वित्तिय औजार भन्ने बुझिन्छ । साना र कम जोखिम मोल्ने जोखिम मोल्ने लगानीकर्ताहरुलाई ठुलो पोर्टफोलियोमा समावेश गरी विविध क्षेत्र र कम्पनीमा लगानी गर्ने कम्पनी भनेको Mutual Fund सामुहिक लगानी कोष हो ।
सामुहिक लगानी कोष कम्पनीमा विवेकशील र सम्बन्धित क्षेत्रमा ज्ञान र अनुभजभएका व्यक्तिहरुले कम्पनी संचालन गरेका हुन्छन् । यि कम्पनीहरुले लगानीका लागी निकै श्रम र समय खर्च गरेका हुन्छन् । त्यहि भएर यि फन्डहरुले राम्रा प्रतिफलदिने ,सम्भावित भएका एवंम सम्बन्धित क्षेत्रमा उत्कृष्ट प्रर्दशन गर्ने कम्पनीहरुमा लगानी गर्दछन्। यि फन्डहरुले विभिन्न क्षेत्रका कम्पनी बन्ड,क्रृणपत्र सरकारी धितोपत्र ।मुद्दती निक्षेप आदिमा लगानी गर्दछन् ।
दिगो रुपले नाफा आर्जन गर्ने उद्देश्यले लगानी गर्दा यि कम्पनीले प्रतिफल पनि राम्रो दिन्छन् । सामुहिक लगानी कोष एउटा विश्वास हो । जसले धेरै लगानीकर्ताको बचतलाई संकलन गरी त्यसको परिचालन गर्नुका साथै विभिन्न ठाउँमा लगानी गर्ने गर्दछ । लगानीकर्ताले आफुलाई मनपरे को पनि सामुहिक लगानी कोषका योजना चुनि त्यसको एकाई आईपियो (IPO)अथवा दोस्रो बजारबाट किन्न सक्दछ । त्यसैगरी दोस्रो बजारमा लगानीकर्ताले Mutual Fundको Performanceमूल्याकङन गर्नको लागी NAV(Net Assets Value)प्रति एकाई खुद मुल्यको प्रयोग गर्ने गर्छन्
Mutual Fund/सामुहिक लगानीकोषको प्रकारहरु
१खुल्लामुखी फन्ड (Open Ended Fund):-खुल्ला फन्डले कुनै पनि बेलामा पनि लगानीकर्ता लाई शेयरर बिक्री गर्ने गर्दछ । र लगानी र्ताले बिक्री गर्न आएमा पुन खरिद गर्दछ ।
खुल्लामुखी फन्डको कुनै पनि निश्चित समय तोकिएको हुदैन् । यस प्रकारको फन्ड नेप्सेमा सुचिकृत गरिएको हुदैन् । त्यहि भएर खुल्लामुखी फन्ड दोस्रो बजारमा केनबेच हुदैन । खुल्लामुखी फन्डNAV मा कारोबार हुन्छ ।
२.बन्दमुखी फन्ड(Closed Ended Fund):- बन्दमुखी फन्डले एकपटक शेयर जारी गरिसकेपछि निश्चित समय अवधिभर सो योजना अन्तर्गत अर्को शेयर जारी गर्दैन् ।
बन्दमुखी फन्ड नेप्सेमा सुचिकृत गरिएको हुन्छ ।
यो ब्रोकरमार्फत खरिद बिक्रि गरिन्छ । बन्दमुखी फन्ड एक चोटी खुलेपछि केही समय पछि बन्द गर्न सकिन्छ ।
Mutual Fund/इतिहास
नेपालको सन्दर्भमा कुरा गर्दा नेपालमा जति पनि सामुहिक लगानीकोषहरु हुन् । तिनको जिम्मेवारी लिने गर्छ । नेपाल धितो पत्र बोर्ड र यसलाई रेगुलेट (विधिवत गर्नु)पनि नेपाल धितो पत्रबार्डले गर्छ । नेपालको इतिहासमा NCM Mutual Fund २०५०सालमा स्थापना भएको थियो । जुन चाही खुल्लामुखी फन्ड थियो । यो फन्ड लाई जारी NIDC Capital Market ले गरेको थियो । यही सामुहिक लगानी कोष पछि गएर १०वर्ष म्याचुरेटी समयको लागी बन्दमुखी फन्ड बनेको थियो ।
त्यसपछि नेपाल धितोपत्र बोर्डले २०६३मा Section 116 of Security Act २०६३(2007) जारी गर्यो ।जसलाई Mutual Fund Eegulations,२०६७(2010)पनि भनिन्छ ।२०६७सालमा पहिलो चोटि नेपाल धितोपत्र बोर्ड मा दर्ता हुने सामुहिक लगानीकोष Siddhartha Mutual Fund Schemes रहेको थियो । जुन चाही बन्दमुखी फन्ड बनेको थियो । त्यसपछि बजारमा अरु पनि सामुहिक लगानी स्किमहरु आउन थाले । जति पनि सामुहिक लगानीकोषहरु हुन्छन् । ति सबै नेपाल धितोपत्र बोर्ड(SEBON)मा रजिष्टर गर्नु पर्छ प्रत्येक सामुहिक लगानीकोषले आफ्नो कोषको डाटाँ जानकारी(SEBON) लाई शेयर गर्नु पर्छ ।
Mutual Fund/विशेषता
१.लगानीमा विविधिकरण(diversification In Investment):- सामुहिक लगानी कोषको लगानी विविध क्षेत्रमा गरिएको हुन्छ । जसले जोखिम न्युनिकरण गर्न मद्दत पुग्दछ ।
२.तरलता (Liquidity ):-खुल्लामुखी फन्डका लगानीकर्ता ले तोकिएकोे समय अवधिभरमा विक्रि गर्न सकिन्छ । जुन प्रतियुनिट कुल सम्पत्ति मुल्य कै बराबर हुने गर्दछ । यस्ता फन्ड तरल सम्पत्ति हुन ।

३.लगानीको कुशल व्यवस्थापन (Proper investment Management):-सामुहिक लगानी कोष कम्पनीले लगानी गर्दा अनुभवी पोर्टफोलियो व्यवस्थापकलाई औपचारिक रुपले लगानीको जिम्मेवारी दिएका हुन्छन् । जसले बृहत खोज र अध्ययन गरी निर्णय गर्दछन् ।
४.सरकारको नियमन तथा पार्दर्शिता (Government Convenience and Transparency):- सामुहिक लगानी सरकारी निति र कानुन बमोजिम कार्य गर्नुपर्दछ । र सरकारले यस्ता कम्पनीको नियमन गर्छ । आवश्यक परेमा सरकारले निति नियम परिमार्जन एवम बद्लाव गर्दछ । साथै वित्तिय विवरण आयव्यय विवरण जस्ता महत्तवपुर्ण प्रतिवेदनको पार्दर्शिता निश्पक्ष रुपले यि कम्पनीले खुलासा गर्दछन् ।
Mutual Fund/फाइदाहरु
व्यावसायिक र व्यवस्थित व्यवस्थापन
लगानीको विविधिकरण र विभाजन
अरु वित्तिय औजार भन्दा कम मुल्य
एक एक पैसाको रेकर्ड राख्ने र व्यवस्थापन गर्ने
Mutual Fund/बेफाइदा
बजार जोखिमको अधिन
पोर्टफोलियोमा नियन्त्रण गर्न सकिदैन् ।
केही शुल्क तिर्नुपर्ने ।
सामुहिक लगानी कोषहरु सबै एउटै हुदैन् । सबै फरक–फरक हुन्छन् । कुनै ले धेरै जोखिम बहन गर्छन् । भने कुनैले थोरै जोखिम बहन गर्छन् ।कुनै ले डेब्ट कर्जामा लगानी गर्छन् । भने कुनै ले डाइरेक्ट स्टकमा लगानी गर्छन् । प्रत्येक सामुहिक लगानी कोषहरु लाई सबै कुरा को किलियर हुन्छ । कि कति पैसा कुन कुन ठाउँमा लगानी लगाउने । र जति पनि लगानी कर्ताहरु छन् सबैलाई किलियर हुनुपर्छ । कुन उद्देश्यको लागी सामुहिक लगानी कोषहरु लिदै हुन । जसले गर्दा सामुहिक लगानी कोषहरु छान्न सजिलो हुन्छ ।
आजको समयमा सर्वसाधरणहरुले शेयर बजार ,सामुहिक लगानी कोषहरुको बारेमा चासो राख्न थालेका हुन् । जसले गर्दा कतिपय ठाउँहरुको मानिसहरु त्यस्ता हुन् ।कि लगानी,स्टक बजारको बारेमा जानकारी नभएको कारण ले र इच्छा नभएको कारणले गर्दा पैसा आफै सगँ राख्न रुचाछन् ।
जब हामी बैक वा आफु सगँ पैसा लामो समयको लागी राख्दछौ । वा कुनै पनि लगानी गर्दैनौ त्यो पैसाको दिनानु दिन खरिद गर्ने क्षमता घटदै जान्छ । जसले गर्दा जब पैसा बाट पैसा आउँछ । त्यसलाई लगानी भनिन्छ । यो हामिले सिक्नै पर्ने कुरा हो यदि स्टक बजार शेयर बजारको बारेमा कुनै जानकारी छैन् । भने सामुहिक लगानी कोष बेस्ट अपशन हो । र अर्को कुरा लगानी गर्दा राम्रो सगँ बुझेर र थोरै रिशर्च गरेर सोचर मात्र पैसा लगानी राम्रो हुन्छ ।