Intresting fact about Belarus

Belarus/बेलारुसः-
बेलारुसको आधिकारिक नाम रिपब्लिक अफ बेलारुस हो । सन् १९९१मा बेलारुस देश स्ववित्त सघंबाट छुटिएर एउटा स्वतन्त्र राष्ट्र बन्यो । बेलारुस देशले प्रत्येक वर्ष ३ जुलाईको दिन स्वतन्त्रता दिन भनेर खुसयाली मनाउने गरिन्छ । वर्तमान समयमा बेलारुसको कुल जनसङख्या ९४लाख ५०हजारको आसपास रहेको छ । बेलारुस एउटा ल्यान्डलक देश भनेर चिनिन्छ । यो देशको राजधानी मिन्सक मा अवस्थित छ । र यस देशको सबै भन्दा ठुलो शहर र प्रमुख शहर पनि मानिन्छ । यस शहरलाई हिरो सिटी को नामले पनि चिनिन्छ । इतिहासमा हेर्दा यो शहर १८पटक बर्बाद भइसकेको थियो । तर जति पटक–पटक बर्बाद भएपनि यो शहरले आफुलाई फेरि खडा गरेको छ । साथै यो शहरलाई Silicon Valley of Eastern Europeको दर्जा पनि दिइएको छ । लामो समय सम्म बेलारुस स्ववित्त सघंको हिस्सा रह्यो ।

More….

त्यहि कारण रुषको कलचर आज सम्म यस देशमा देख्न पाइन्छ । रसियन भाषा देखि लिएर खानापिना समेत बेलारुस र रुसको मिल्ने गर्दछ । बेलारुसको नामको अर्थ White Russian हो । बेलारुसमा रुसको कलचर प्रस्ट रुपमा देखिन्छ । यहाँको पहिलो आधिकारिक भाषा बेलरुसियान हो । तर देशको धेरै जसो नागरिक रसियन भाषमा नै कुरा गर्ने गर्दछन्। त्यहिकारण रसियन भाषालाई पनि यस देशको आधिकारिक भाषाको दर्जा दिइएको छ । यस बाहेक अग्रेजी ,युक्रेनी जस्ता भाषा पनि बोल्ने गर्दछन् । बेलारुसमा धेरै जस्तो इसाई धर्म मान्ने मानीसहरु बस्ने गर्दछन् । १हजार भन्दा पनि धेरै चर्चहरु यहाँ अवस्थीत छन् । विस्तारै–विस्तारै मुस्लीमहरुको जनसङख्या पनि बढ्दै गइरहेको छ ।

बेलारुसका अधिकांस नागरिकहरु शिक्षित रहेको मानीन्छन् । यस देशको सरकारले आफ्नो देशको जनताको शिक्षिको क्षेत्रमा जि.डि.पि. को ६प्रतिशत खर्च गर्ने गर्दछ । यस देशमा बेरोजगारि दर १प्रतिशत भन्दा पनि कम रहेको छ । यस देशले ३दशक यता तिव्र रुपले आफ्नो देशको प्रगति गरेको देखिन्छ । यस देशमा जताततै सफा,सुघर देखिन्छ । बेलारुसको जि.डि.पि. ६२.५०बिलियन्स डलरको आसपासमा रहेको छ । यस देशको प्रति व्यक्तिको वर्षको आम्दानी लगभग ७३०० डलरको आसपास रहेको छ । यो रकम धेरै त होइन ।तर अन्य युरोपियन देशको तुलनामा कम नै मानीन्छ ।

दोस्रो विश्वयुद्धको समयमा बेलारुसलाई धेरै नोक्सान बेहोर्नु परेको थियो । जसले गर्दा पुरुष जनसङख्यामा कमि आएको थियो । आजको समयमा पनि हरेक १००प्रतिशत महिला रहेको अवस्थामा पुरुष ८७प्रतिशत मात्र रहेको देखिन्छन् । त्यहि कारणले बेलारुसका महिलाहरु सिङगल रहेका छन् । र कोही अन्य देशका पुरुषहरुलाई आफ्नो जीवन साथीको रुपमा मनपराउने गर्दछन् । बेलारुस वास्तवमा एउटा खुसाल देश हो । यहाँका नागरिकहरु सगँ आफ्नो घर,पेसा जागीर आफ्नो सुखमय जीवन रहेको छ ।  Human Development index मा पनि बेलारुसको Rank धेरै राम्रो मानिन्छ । बेलारुसको जनसङख्या १करोड भन्दा कम भएता पनि यस देशको कुनै पनि सिमाना समुन्द्र सगँ जोडिएको छैन । त्यैपनि यस देशमा २०हजार ८सय नदीहरु बग्ने गर्दछन् । जुन सुन्दा पनि अचम्म लाग्छ ।

यि नदीहरु मध्ये ९वटा नदीहरु त यस्ता पनि छन् । जुन नदीको लम्बाई ५सय किलोमिटर भन्दा धेरै छ । यस बाहेक ११हजार भन्दा पनि धेरै तालहरु बेलारुसमा रहेका छन् । बेलारुसको अग्लो स्थान Dzyarzhynskaya Hara हो ।यसको उचाई समुन्द्री सतहबाट ३४५मिटर रहेको छ । यस देशमा जंगल र नदिहरु अधिक मात्रामा रहेतापनि यहाँ पहाडहरु रहेका छैनन् । पर्यटकहरुलाई आर्कषित गर्नको लागी एउटा नुनको पहाड पनि बनाईएको छ । यो पहाडलाई सन् १९५०मा बनाइएको थियो । यो पहाडको भित्र कोठाहरु बनाइएको छ ।

यि कोठाहरुमा बिस्ताराहरु पनि लगाएको हुन्छ । देश विदेशबाट पर्यटकहरु सर्टस्पा लिनलाई आउने गर्दछन् । जुन छालाको लागी एकदमै राम्रो हुने गर्दछ । युरोपियन देशहरुमा मृत्यु दण्डको सजाय दिने नियम हटाइ सकेको भएता पनि बेलारुसमा गम्भिर अपराध गरेको अवस्थामा मृत्यु दण्ड दिने प्रावधान अझै पनि रहेको छ । बेलारुसमा अपराधहरु कम देख्न पाइएता पनि भ्रष्टाचार यस देशको ठुलो समस्या बनेको छ । सरकारी अफिसर देखि लिएर नेताहरु सम्म पनि यस देशमा भ्रष्टाचारमा संलगन रहेका छन् । यस देशमा लोकतन्त्र भएता पनि यहाँको सरकार तानाशाही जसरी काम गर्दछ । मानीसहरुलाई बोल्नको लागी छुट छैन् । सरकारको विरोधमा सामाजीक सञ्जाल वा अन्य कुनै पनि सार्वजनिक स्थानमा बोल्ने अधिकार दिइएको छैन । यति मात्रै नभएर मिडिया समेत सरकारको विरोधमा नकारात्मक समाचार छाप्न पाउदैन ।

lydnepal.com

बेलारुसको नागरिकहरु आइ.टि.र प्रोग्रामिङमा धेरै राम्रो मानीन्छन् । वर्ड अफ ट्याक्स नामक भिडियो गेम बेलारुसको डेभलपरसद्धारा नै बनाइएको हो । वाइपर एपलिकेसन पनि बेलारुसमा बनाइएको थियो । बेलारुसमा कृषि कार्य सगँ जोडिएता भएपनि तर यस देशको युवाहरु विस्तारै–विस्तारै आई.टि. र सर्भिस सेक्टर तिर सिफ्ट भइरहेका छन् । बेलारुसको राष्ट्रिय जनावर पाइसेन हो । जुन गाईको परिवार अन्र्तगत मान्ने गरिन्छ । सामान्यतया यो जनावर मानीसहरु सगँ राम्रो व्यवहार गर्छ । तर यदि यि जनावरलाई रिस उठ्यो भने नियन्त्रण गर्न अप्ठ्यारो हुन्छ । स्वतन्त्रता एवेन्यू–स्ट्रीट यस देशको सबै भन्दा लामो स्ट्रीट हो । जसको लम्बाई १५किलोमिटर रहेको छ । र यस स्ट्रीटको नाम अहिले सम्म १४पटक फेरिएको छ । यस देशका मानीसहरुलाई खेल सगँ मायाँ र लगाव रहेको छ । यस देशमा २३हजार भन्दा धेरै खेल मैदानहरु बनाएको छन् । यस देशमा सबै भन्दा धेरै मन पराउने खेल आइस हक्की पर्दछ ।

यस बाहेक जिम्नास्टीक,फुटबल,रेसलीङ,सुईमिङ र चेस पनि मजाले खेल्ने गर्दछन् । यहाँका मानीसहरु आफ्नो पाहुनाहरुको मजाले स्वागत सत्कार गर्ने गर्दछन् । यहाँका मानीसहरु पाहुनाहरुलाई कहिले दुख दिदैनन् । तर यस देशका मानीसहरु अन्धविश्वासी पनि हुने रहने गरको पाइन्छ । यदि कोही पाहुना पर्न आयो भने त्यो मान्छे घर नपुग्दा सम्म घर सफा गर्दैनन् । पहिला पाहुनाहरु घर पुगे किनाई भनेर सोधछन् । अनि बल्ल आफ्नो घर सफा गर्दछन् । यस्तो मान्ने गरिन्छ । यदि घरको सफाई गर्छ । भने पाहुनालाई आफ्नो जीवनबाट बाहिर निकाल्न खोजेको हो । बेलारुसको खाना अत्यधिक स्वादिष्ट मानिन्छ । धेरै जसो यहाँको खानामा आलु प्रयोग गरिन्छ । आलुबाट बनाइएको ३००भन्दा बढी खानाको स्वाद लिन सकिन्छ । जस्तै आलुबाट बनेको परिकार तुक्माचि,त्रैनिकि,बक्का र आलुबाट बनाएको पेन केक पर्दछ ।

यस बाहेक बक्का,कङगबुलिया र जसियार आदि पनि प्रख्यात खाने कुराहरु हुन् । साथै बेलारुसमा दर्जनौ प्रकारका स्वीट खानाहरु पनि पाइन्छन् । यहाँ आउने पर्यकहरु पनि यी खानाहरुको स्वाद लिने गर्दछन् । पेन केकलाई लिएर बेलारुसमा एउटा पर्व पनि मनाउने गरिन्छ ।Maslenitsa weekयस पर्वमा एक हप्ता सम्म कैयौ प्रकारको पेन केक बनाउने गर्दछन् । ब्राजील र बेलारुस मिलेर सन् २००८देखि लिएर स्वीट पर्वहरु सगै मनाउँदै आइरहेका छन् । जसमा दुनियाका स्ट्रीट पेन्टर कलाकारहरु आउँछन् । र आफ्नो कलाको झल्क सबैलाई देखाउँछन् । एउटा पेन्टलाई हेर्नको लागी धेरै सङख्यामा मानीसहरु जम्मा हुने गर्दछन् । सबै भन्दा राम्रो पेन्टीङ Oktyabrskaya Street देख्न पाइन्छन् ।

More….

Leave a Reply

Your email address will not be published. Required fields are marked *