अमेजन नदी
अमेजन नदी लम्बाईको हिसाबले विश्वकै दोस्रो लामो नदीको रुपमा चिनिन्छ। अनी पानीको मात्राको हिसाबले विश्वकै ठुलो नदीको रुपमा चिनिन्ने गर्दछ। यो नदी दक्षिणी अमेरिका महादिपको नौ देशहरुमा फैलिएको छ। अमेजन नदीहरुको ११००सय भन्दा सहायक नदीहरु छन्। यिनीहरु मध्ये १७ नदीहरुको लम्बाई १५०० कि.मी. भन्दा अधिकतम् छ। अमेजन नदीको लम्बाई ६२००देखी ७०००कि.मी.सम्म भएको मानिन्छ। अत्यधिक वर्षात को समयमा अमेजन नदीको बहाब तिव्र रुपले बढेर विश्वकै पहिलो रुपमा चिनीन्ने नाइल नदी भन्दा पनि ठुलो भएर यो नदी बग्ने गर्दछ। अमेजन नदी विभिन्न देशहरुमा फैलिएर बग्ने गर्दछ। जुन देशहरु यसप्रकार छन् ब्राजिल,बोलिभिया,पेरु,इकवेडर,कोलम्बिया,भेनेजुएला,गुयाना,सुरिनाम र फ्रेन्च गुयाना हुन् ।ब्राजिलको सबै भन्दा ठुलो सहर मनोश अमेजन नदीको किनारमा अवस्थीत रहेको छ। ५५लाख स्कवार्य कि.मीे.मा फैलिएको अमेजन जंगलको नाम त हजुरहरुले सुन्नु भएको होला। यो जंगलमा धेरै रहस्य लुकेको छ। चाहे यहाँको वातावरण होस्। चाहे त्यहाँ बग्ने अमेजन नदी होस्। चाहे जंगलमा बस्ने जीवजन्तु हुन। सबैको आ आफनो रहस्य लुकेको छ। कतिपय कुराहरु यहाँको बारेमा मानिसहरुले थाहा पाए पनि अझै यहाँको धेरै कुराहरु थाहा पाउन बाँकी छ। ५५लाख स्कवार्य कि.मी.मा फैलिएको यो जंगल हजुरहरुले आफै सोच्नुहोस्। यो कति ठुलो र विशाल छ।
भनेर यदी यो जंगल नभएर यो कुनै देश भएको भए यो विश्वमा सबै भन्दा नौ ठुलो देश मानिन्थ्यो होला। यो जंगल ९ वटा देशहरुको सिमाहरु सँग पनि जोडिएको छ। यिनीहरु ब्राजिल कोलम्बिया र भेनेजुएला जस्तै कैयौ धेरै देशहरु संग जोडीएको छ। यस जंगलको ६०प्रतिशत भाग ब्राजिल र यस को अलावा १३प्रतिशत पेरु मा र अरु बचेको भाग अरु सात देशहरुमा बाडिएको छ। यस जंगलको महत्तवपूर्ण कुरा के छ ?भने दुनियामा जतीपनी अक्सीजन बन्दछ। यसको २०प्रतिशत एकलै अमेजन जंगलबाट प्राप्त हुने गर्दछ। यसले हाम्रो वातावरणलाई पुरै तरिकाबाट ब्यालेन्स राख्नको लागी धेरै जरुरी छ। अमेजन जंगलमा करिब १७०००प्रजातिको ३९० अरब बोटबिरुवाहरु पाइन्छन्। केहि बिरुवाहरु धेरै बाक्ला र विशाल छन्। त्यसकारणले सुर्यको प्रकाश पनि जमिन सम्म पुग्न दिदैनन्। अधिकतम् वर्षा पनि अमेजन जंगलमा हुने गर्दछ। त्यहाँ परेको पानी जमिनमा पुग्नको लागी १०मिनेट समय लाग्ने गर्दछ। अमेजन जंगलको बिचमा पर्ने अमेजन नदी पानीको मात्राको अनुसार संसारको ठुलो नदी पनि हो। तर लम्बाईको हिसाबले नाईल नदी पछि दोस्रो नदीको नाममा चिनिन्छ। र भन्ने गरिन्छ ।की दुनिया भरिको समुन्द्रमा जती पनी मिठो पानी जान्छ। त्यसको २०प्रतिशत पानी यही अमेजन नदीको योग्दान हुने गर्दछ। अमेजन जंगलमा एउटा नदी यस्तो पनि छ। जुन अत्यधिक खतरनाक छ। यदि यो नदीमा कोहि मानीस खस्यो भने कोहि पनि बाँचेर बाहिर निस्कन सक्छ। भनेर नसोचे हुन्छ।

वास्तवमा यो नदीको नाम शान्य तिम्पिस्का हो । ६.४कि.मी. मा फैलिएको यस नदीको तापक्रम ४५डिग्री देखी लिएर १००डिग्री सम्म घट्ने बढ्ने क्रम जारी रहन्छ। अर्को अंचम लाग्ने कुरा यो नदीमा किन ? पानी तातो भाको ? के कारणले हो? भन्ने अझै वैज्ञानिकहरुले पत्ता लगाउन सकेका छैनन्। अमेजन नदी ठुलो नदी हुनुका साथै अमेजन जंगल पनि हेर्दा हरियो राम्रो देखिए पनि यस जंगलमा धेरै प्रजातीका खतरनाक जीवहरु पाइन्छन्। सबै भन्दा पहिला अमेजन जंगलमा पाईने मच्छर सबै भन्दा विशालु हुने गर्दछन्। यसले मासिहरुलाई टाकेको अवस्थामा बचाउन गाह्रो हुने गर्दछ। अनी यहाँ पाईले कमिला पनी धेरै खतरनाकमा नाम आउने गर्दछ। सबै भन्दा खतरनाक कमिलामा बुलेट कमिला पर्दछ। यो कमीलाले टोकेको अवस्थामा यसको पिडा बन्दुकको गोली भन्दा कम छैन्। त्यसकारण यस कमीलाको नाम बुलेट आन्ट राखिएको हो। यस जंगलमा ३००० प्रजातीका भन्दा धेरै माकुराहरु पाइन्छन्। धेरै त जहरीला हुन्छन्।
र त्यस मध्ये टारान्टुला यस जंगलमा पाईने सबै भन्दा खतरनाक माकुरा पर्दछ। यस जंगलमा करिब १०००प्रकारका विशालु भ्यागुताहरु पाइन्छन्। यस जंगलमा विभिन्न प्रकारका विशालु सर्पहरु पाइन्छन्। जस अन्तर्गत यस जंगलमा एनोकोन्डा जस्ता विशाल सर्पहरु पनि अत्यधीक मात्रामा पाईने गर्दछन्। यस सर्पको लम्बाई ३० फिटको आसपासमा रहेको पाइन्छ। यस भन्दा ठुला सर्पहरुलाई पनि देखिएको छ। तर यो कुन प्रजातीको सर्प हो। भनेर पत्ता लगाउन सकिएको छैन्। एनोकोल्डा सर्प ठुला ठुला जीवहरु लगायत मानीसलाई पनि जीवितै निल्ने गर्दछ। दक्षिणी अमेरिकामा जतीबेला अत्यधीक बर्षातको अवस्थामा अमेजन नदीको चौडाई कुनै ठाउँमा १९०कि.मी. पनि हुने गर्दछ। अमेजन नदीको बर्षात जंगलमा ४००देखि ५००सय जातजातिका मानीसहरुले बसोबास गर्दछन्। जुन दक्षिणी अमेरिकाको त्यहिका बासीन्दाहरु हुन्। यिनीहरु मध्ये ५० जनजातीहरुका मानीसहरु अरु ठाउँको मानीसहरुको सम्र्पकमा नआको मानीन्छ।