History of Niger and France Relations/नाइजर र फ्रान्स बिच बिबाद

Niger and France/नाइजर र फ्रान्स बिच बिबाद

वर्तमान समयमा चलिरहेको युक्रेन र रुसको युद्धले हाम्रो दुनिया बदलिदै आइरहेको छ । किनभने यस युद्धले २ भागमा विभाजन गरी दिएको छ । यसमा एकातिर पश्चिमी देशहरु छन् । अर्को तिर रुसलाई समर्थन गर्नेवाला देशहरु छन् । तर यस्तो अर्को युद्ध पनि हुन सक्दछ । युरोपिय देशहरु र अफ्रिकि देशहरुको युद्ध हुने सम्भावना रहेको छ । किनकी युरोपीयन देश फ्रान्स र अफ्रिकी देश नाइजर बिच युद्ध हुने जस्तो अवस्था भइरहेको छ । नाइजर एक पश्चिमी अफ्रिका देश हो । नाइजर देशको सिमाना सगँ जोडिएका छन् । जुन उत्तर पूर्वमा लिबिया,पूर्वमा चार्ट दक्षिणमा नाइजेरिया,दक्षिण पश्चिममा बुर्किना फासो पश्चिममा माली,उत्तर पश्चिममा अल्जेरिया सगँ सिमाना जोडिएको छ ।

यस देशको कुल क्षेत्रफल ४,९०,००० वर्ग माइल्स रहेको छ । यानीको यो नाइजर देश पश्चिमी अफ्रिकामा सबैभन्दा भुपरिवेष्ठित देश हो । यसदेशको ८०प्रतिशत भुभागमा साहारा रेगिस्तान अवस्थित छ । यस देशको कुल जनसङख्या २.५करोड रहेको छ । नाइजर सबै भन्दा गरिब देशमा पर्दछ । किनभने यहाँका पाँच व्यक्तिहरु मध्ये २ व्यक्ति प्रत्येक दिन २.५डलर भन्दा पनि कम कमाउँछन् । यस बाहेक नाइजर अफ्रिका जुन क्षेत्रमा आउँछ । त्यसलाई अफ्रिका साइहेल क्षेत्र भनिन्छ । (Sahel Region, Africa)साइहेल क्षेत्र अफ्रिकाको पश्चिम देखि पूर्व सम्म फैलिएको एउटा क्षेत्र हो । यस साइहेल क्षेत्रको लम्बाई ५,४००किलोमिटर र चौडाई लगभग १हजार किलोमिटर सम्म छ ।

र यो साइहेल क्षेत्र एटलान्टीक महासागर देखी लाल सागर सम्म फैलिएको छ । जसमा जसमा अफ्रिकाको सेनेगल,माँरिटानिया,माली,ब्रर्किना फासो नाइजर, नाइजेरिया,चार्ट,सुडान एरिट्रिया देश संलगन छन् । अफ्रिकाका यि साइहेल क्षेत्र धेरै लामो समय देखि इस्लामिक श्रमपन्थी लोकल मिलीसा संगठन सगँ जुझिरहेको छ । त्यसकारण युनाइटेड नेसन्स कैयौ पश्चिमी देशका सेना यस साइहेल क्षेत्रमा सेना आंतकबादीहरु सगँ लडीरहेका छन् । किनभने पश्चिमी देशहरुको लागी साइहेल क्षेत्र अधिक महत्तवपूर्ण रहेको छ । किनकी यस क्षेत्रमा खनिज पदार्थ अत्यधिक मात्रामा पाइन्छ । फ्रान्सले पहिला धेरै जसो अफ्रिकी देशलाई आफ्नो गुलाम बनाएको थियो ।

र साइहेल क्षेत्रको धेरै जसो देशहरु फ्रान्सको गुलाम थिए । जसमा नाइजर पनि एक थियो । सन् १९६०मा नाइजरबाट आजादी मिल्यो । तर फ्रान्सको साइहेल क्षेत्रमा प्रभाव धेरै लामो समय सम्म रहेको थियो । र यो नाइजर देश साइहेल क्षेत्रको एउटा मात्र देश हो । त्यहाँ लोकतान्त्रीत सरकार कायम थियो । वर्तमान समयमा लगभग साइहेल क्षेत्रका सबै देशहरुमा सैन्य सरकार रहेको वा सैन्य सहयोग प्राप्त छ । त्यसकारण आज यि सैन्य सरकार र साइहेल क्षेत्रको सबै देशहरु रुसको प्रभाव छन् । यसको मतलब आज साइहेल क्षेत्रको लगभग सबै देशहरु पश्चिमी देशको विरोधका खडा भएका छन् । वर्तमान समयमा नाइजर पनि एउटा यस्तो देश बनेको छ । जहाँ आज फ्रान्स देशको सरकारको मिलेर विरोध भइरहेको छ । अर्को तिर नाइजरमा लामो समय देखि नाइजरमा अस्थिरताको माहोल थियो ।

तर राष्ट्रपति मोहमत्त बजुङ पहिलो पटक नाइजरको लोकतान्त्रीक रुपबाट छानिएका राष्ट्रपति बनेका थिए । र यिनले आफ्नो कार्य कालमा महिला विकाश कार्यक्रम,शिशुमृत्युदर कम गरे र आफ्नो देशमा कैयौ विकाशका कार्यहरु गरे । साथै पश्चिमी देशहरु सगँ राम्रो सम्बन्ध पनि कायम गरे तर जुन तरिकाको नाइजर देशको सत्ता पल्टाउने इतिहासको प्रचलन छ । कुनै न काुनै कारणले सरकारलाई खसालिन्छ । उस्तै तरिकाले सेनाको कमान्डर जनरल अब्दुरहमने चियानीको नेतृत्तवमा मोहमत्त बजुङको सरकारलाई भ्रष्टाचार,इस्लामीक आतंकबादीहरुको सामना गरेको आरोप लगाएर सत्ता पल्टाइदिए । र राष्ट्रपति बजुङलाई जेल भित्र हालीदिए । तर नाइजरमा सत्ता परिवर्तन हुन वित्तिकै दुनियाभरिको सबै सरकारहरु र सबै देशहरुले यसको विरोध गरे । र सत्तालाई फेरि राष्ट्रपती बजुङलाई सुपिदिने कुरा राखे ।

lydnepal,com

तर यसको विरोध युरोपियन देश खासमा फ्रान्सले धेरै कोशिस गर्यो । किनभने फ्रान्सबाट आजादी पाइसकेको नाइजर देशमाथी फ्रान्सको प्रभाव रहेको थियो । अर्को कुरा किनकी फ्रान्सले नाइजरमा अधिक मात्रामा निवेश गरेको थियो । आजादी पछि नाइजरमा फ्रान्सको सेनाको पनि निर्माण गरे । र सेनाको शिक्षा र प्रशिक्षणको लागी ४०मिलीयन युरोपियन युरो प्रदान गरेको थियो । यस बाहेक फ्रान्सले आफ्नो १५००भन्दा बढी सेनाहरु नाइजरमा खटाइएको थियो । र फ्रान्सले नाइजरमा नयाँ सड्क,पुल र सैन्य एर्यपोटको पनि निर्माण गरेका थिए । किनकी नाइजरमा सबै ठुलो युरोनियम खजामा रहेको छ । नाइजर युरोनियम निकाल्नको लाई विश्वमा सातौ नम्बरमा आउने गर्दछ । र फ्रान्सको कम्पनी ओरानो यस नाइजरमा आफ्नो युरोनियम खजानाको सञ्चालन गर्छ । र नाइजरको खाजानाबाट निस्कने सबै युरोनियम फ्रान्सलाई पठाउँछ । त्यहि कारणले गर्दा नाइजरमा सबै भन्दा धेरै विरोध फ्रान्सको भइराखेको छ । नाइजरका आम जनताहरुले बुझिसकेका छन् ।

फ्रान्सले उनीहरुलाई लुटिराको छ । भनेर त्यहि भएर नाइजरका नागरिकहरु आफ्नो देशको सत्तालाई समर्थन गरिरहेका छन् । किनकी नाइजरमा रहेको सबै खनिज पदार्थ र युरोनियमको सबै फाइदा फ्रान्सले लिराको छ । जबकी फ्रान्सले यसको सट्टामा नाइजरलाई केही पनि दिराको छैन् । त्यहि भएर नाइजरको नागरिकको भनाइ छ । कि युरोपियन देशहरुको कारण हाम्रो देशका मानीसहरु भोकले भरिरहेका छन् । र त्यो कुरा साचो पनि हो । तर जसले गर्दा दुनियाको शान्ति संगठनहरुलाई खुल्मखुल्ला फ्रान्सले लुटिराखेको देखिदैन । जसले गर्दा नाइजरलाई फ्रान्स र युरोपियन देशको विरोधमा खडा गरिदिएका छन् । यस बाहेक केही रिपोर्टस रुसको सरकारले नाइजरको सेनाको सर्मथन गरेर नाइजरमा सत्ता पल्टाईदियो । यस बाहेक पहिला नाइजरको छिमेकी देशहरु माली र बुर्किना फासोमा पनि सैन्य सत्ता परिवर्तन गरिएको थियो । जसमा नाइजर जस्तै पश्चिमी विरोध भावनाको कारण सत्ता परिवर्तन गराइएको थियो ।

र आज पनि यि देशका रुसको प्राइभेट आर्मी वेगनर ग्रपका (Wagner Group)सैकडौ सैनिकहरु उपलब्ध छन् । यसको मतलब नाइजरमा मात्र नभएर पुरै अफ्रिकामा रुस आफ्नो खुट्टा विस्तारै पसारि राखेको छ । र पश्चिमी शक्तिको लागी रुस खतरनाक बनीराखेको छ । नाइजरका नागरिकको भनाई छ । कि कुनै समयमा फ्रान्सको गुलामी गर्ने नाइजर अब फ्रान्सको गुलामीबाट आजाद छ । त्यहि भएर गुलामीको रिसलाई निकाल्नको लागी नाइजरका नागरिकहरुले फ्रान्सको झन्डा जलाइरहेकाछन् । र विरोधपनि गरिरहेका छन् । साथै रुसको सर्मथनको लागी रुसको झन्डा फहराइरहेका छन् । अर्को तिर देशमा गरिएको सत्ता परिवर्तन पश्चात पश्चिमी अफ्रिकाको देशहरुको आर्थिक समुदाय  ECOWAS नजरबन्द राष्ट्रपति मोहमत्त बजुङलाई रिह ागर्ने अपिल गरियो । र रिहा नगरेको खण्डमा नाइजरलाई युद्धको धम्की दिइएको छ । तर नाइजरको कमान्डर जनरल अब्दुरहमने चियानी आफ्नो छिमेकी देशसगँ हस्क्षेप नगर्ने अपिल गरिका छन् ।

र सबै आफ्ना देशवासीहरुलाई आफ्नो देशको सुरक्षाको लागी तयार बस्नको लागी भनेका छन् । यसको साथै माली र बुर्किना फासो देशले पनि आफ्नो कुरा भन्दै यदि कसैले नाइजरमा हमला गर्छ । भने माली र बुर्किना फासो देशका हमला मानिनेछ । र यि दुई देशहरु पनि नाइजरको सहयोगको आउने चेतावनी दिइएका छन् । फ्रान्सले नाइजरमा हमला गर्ने कुरा भनेको छ । त्यसपछि रुसले पनि वेगनर आर्मीलाई नाइजरको सहयोगको लागी तयार बस्नको लागी आग्रह गरेको छ । यसको मतलब आउने केही महिनामा कैयौ पश्चिमी सेना र वेगनर आर्मीको साथै अफ्रिकी देशहरुका सेना नाइजरमा कब्जा गर्नको लागी आमुनेसामुने हुन सक्छन् । किनकी फ्रान्सको लागी नाइजर धेरै महत्तपूर्ण रहेको छ । नाइजरबाट प्राप्त गर्दै आइरहेको युरोनियम बन्द गराइएको खण्डमा फ्रान्सलाई बिजुली उत्पादन गर्न कठिनाइ हुन्छ । फ्रान्सलाई अरु देशबाट युरोनियमको व्यवस्था गर्नुपर्ने र फ्रान्सबाट नाइजरमा गरिएको निवेष खेर जाने हुन्छ । त्यहि कारण भएर नाइजरको वर्तमान सरकारलाई फ्रान्सले युद्ध गर्ने धम्की दिइरहेको छ ।

More…….

Leave a Reply

Your email address will not be published. Required fields are marked *