Armenia and Azerbaijan/आर्मेनिया अजरबैजान विवाद
आज भन्दा ५००वर्ष पहिला व्यापार धेरै जसो दुनिया भरिमा समुन्द्रबाट गरिन्थ्यने । त्यति बेलाको समयमा धेरै जसो मानव जातिहरु समुन्द्री किनारामा बस्न मन पराउथे । किनभने ति किनारामा रोजगारीको अवसर रहन्थ्यो । पहिला आर्मेनिया र अजरबैजानको जमिनमा बस्ने सबै मानीसहरुले इसाई धर्मलाई मान्थे । तर पर्शियन र अटोमनको पटक–पटक कब्जाको कारणले गर्दा अजरबैजानका मानिसहरु ले बिस्तारै–बिस्तारै इश्लाम धर्मलाई मान्न थाले किनभने अटोमन र पर्शियन दुबै इस्लामिक साम्राज्यमा पर्दथे । त्यहि भएर यिनिहरुको दबाबको कारणले गदाए बिस्तारै–बिस्तारै इस्लाम धर्मलाई अपनाउन थालिसकेका थिए ।
१६औ शताब्दीमा पर्शियन एंपायर शान्त भएता पनि तर रशियन र अटोमन बिच कैयौ युद्ध हुन्छ । त्यति बेला अटोमन ले हार बेहोर्नु पर्छ । रशियन र पार्शियन बिच सन् १६५१,१७२२,१७९६,१८१३,१८२८ टोटल ५पटक युद्ध हुन्छ । जसमा अन्तिम २ युद्धमा पर्शियनले हार मान्नु पर्छ ।अर्थात आजको आर्मेनिया र अजरबैजान दुई वटै रशियन एंपायरको हिस्सा बन्दछन् । सन् १८२८मा जसले गर्दा अजरबैजान र आर्मेनिया रशियन र एंपायरको नियन्त्रणमा रहने गर्दछन् । यस्तो हुनाले आर्मेनियालाई फाइदा हुन्छ । किनभने धेरै जसोले इसाई धर्म मान्दथे,रशियन एंपायरले पनि इशाई धर्मलाई मान्ने गर्दथ्यो ।
थप आर्मेनियाले धार्मिक अधिकार पनि पाउँछ । तर त्यैपनि सन् १८२८पछि अजरबैजान लाई अधिक नोक्सान बेहोर्नु पर्छ । किनभने धेरै अजरबैजानका मानीसहरु मुस्लिम थिए । र यिनिहरुको कैयौ अधिकारहरु खोसिन्छन् । यस बाहेक कैयौ पहिला देखि नै अटोमनको हिस्सामा बस्दथे । तिनिहरु पहिला देखि नै बस्दै आइरहेका थिए र सन् १८८०पछि यहाँका आर्मेनिया का मानीसहरुले सानो–सानो कैयौ ग्रुपहरु बनाउँछन् । रशियन एंपायरको साहायताले अटोमनको हिस्सलाई आजादी दिने योजना बनाइरहेका थिए । यही बहानामा अटोमनको सेनाले आर्मेनियाको मानीसहरुको तर साहार गर्न शुरु गर्दछन् । जुन सन् १८९४–१८९६सम्म चलेको थियो ।
जसले गर्दा ३लाख सर्वसाधारण आर्मेनिया मानीसहरुले आफ्नो ज्यान गुमाउनु परेको थियो । आर्मेनियाहरुको सम्पत्ती ,अनाज,पशुहरु जस्तै चिजहरु लुट्न थाल्छन् । यस घटना पछि ५०हजार आर्मेनि बालबालिका थिए । जसका अभिभावकहरु मारिएका थिए । यस बाहेक कतिपय मानीसहरु आर्मेनियामा भागेर जान्छन् । र हजारौ महिलाहरु भोक,बिरामीर दुष्कर्मको कारण मारिएका थिए । वास्तमा यस नर सहारको बेला अटोमन सेनाले करिब २४९३गाउँको विनाश गरिदिएका थिए । सैकडौ आर्मेनियाका मानीसहरुलाई इस्लाममा परिवर्तन गरिदिन्छन् । ६४५जति इसाई धर्मका चर्चहरुलाई नष्ट गरिदिन्छन् । सन् १९०९मा धार्मिक र आर्थिक मतभेदको कारण मुस्लिमहरुले आर्मेनियाका मानीसहरुलाई मार्न शुरु गर्दछन् । जसमा २०हजार आर्मेनियाहरु मारिन्छ । यसको मुख्य कारण मुस्लिम मानीसहरु भन्दा आर्मेनियाहरु धनी थिए ।
सन् १९१२मा रशियन एंपायरले फेरी युरोपियन देशहरुलाई सहयोग गर्छ । जसले गर्दा युरोपियन देशहरुले अटोमनको बिरुद्धमा बिद्रोह शुरु गर्दछन् । र बिस्तारै–बिस्तारै यो युद्धमा परिणत हुन्छ । यसलाई भनिन्छ । यो युद्ध सन् १९१२–१९१३सम्म चलेको थियो । यि युरोपियन देशहरु बल्गेरिया,सर्बिया,मोटेनीग्रो ,अल्बानिया र ग्रिस मिलेर अटोमन एंपायरलाई हराइदिन्छन् । र यि अलग–अलग देशहरु बन्दछन् । सन् १९१४मा प्रथम विश्व युद्ध शुरु हुन्छ । त्यति बेला अटोमन एंपायर,जर्मन एंपायर र अस्ट्रिया हंगरि एकातिर थिए । र अर्कोतिर रशिया एंपायर फ्रान्स ब्रिटेन र अमेरिका जस्ता कैयौ देश यिनिहरुको अगाडी थिए । यति सबै युद्ध भइरहेको थियो ।
र अटोमन एंयायर पनि लडिरहेको थियो । अटोमन एंपायर लाई डर पनि थियो । कि युरोपियन देशहरु जस्तै आर्मेनियाका मानीुसहरु छन् । उनीहरु पनि आजादीको लागी माग गरेभने आर्मेनिया पनि एउटै फरक देश बन्न सक्दछ । यस्तो नहोस् भनेर अटोमनको एक जना सैन्य कमान्डर तलात पाशाले एउटा झुटो बहाना बानयो । कि अटोमन एंपायरमा बस्ने आर्मेनिया का मानीसहरु बिद्रोह गर्ने योजना बनाईराको छन् । त्यहि भएर आर्मेनिया मानीसहरुलाई नर सहार गर्ने आदेश दिइन्छ । यस कमान्डर बाट र प्रत्येक आर्मेनिया मानीसहरुलाई मारियोस् । सन् १९१५,२४अप्रेल पछि सबै अटोमन एंपायरले जति पनि आर्मेनिया बुद्धिजिवि र नेता हरु थिए । नितिहरुलाई पहिला गिरफ्तार गरियो । र यि सबैको हत्या गरियो ।र त्यस पछि त्यति मात्रै नभएर त्यसै क्रममा लाखौ आर्मेनिया पुरुषहरु लाई पनि मारिन्छ ।
र महिला र बालबालिकाहरु मारियो कि यदि तिनिहरुलाई बाच्न मन छ । भने सिरियाको रेगिस्तान तिर भागीहाल,यहि नर सहारको अवस्थामा १२लाख महिला र बच्चा सिरियाको रेगिस्तानमा मृत्युको यात्रामा निस्कन्छन् । यि महिला,बालबालिका सगँ तन पिउने पानी थियो ,नत खानलाई खाना थियो । र वरिपरि अटोमनको सेनाहरु चारैतिरबाट घुमिरहेका थिए । यिनिहरुलाई खानेकुराहरु केहि पनि नपाइयोस् भनेर त्यसकारण हजारौ महिला
र बालबालिकाहरु भोक र प्यास को कारण मर्छन् । डकैती पनि गरिन्छ । महिलाहरु माथी दुष्कर्म गरिन्छ । पटक–पटक उत्पीडनको सिकार बन्नु पर्छ ।यही कारण हजारौ महिलाहरुले सहन नसकेर आत्महत्या पनि गर्छन् । यि मध्ये २लाख आर्मेनिया महिला र बालबालिका लाई जबरजस्ती इस्लाममा परिवर्तन गरिन्छ । यसै क्रममा १८लाख आर्मेनिया मानीसहरुको फरक–फरक तरिकाबाट मारिएको थियो । त्यसकारण अटोमन एंपायर ले पनि यसको फल पाउँछ । जसले गर्दा प्रथम विश्व युद्धमा अटोमन एंपाएर ले हार बेहोर्नु पर्छ ।
यसप्रकार सदियौ पुुरानो एंपायरको पतंन पनि हुन्छ । प्रथम विश्व युद्धपछि अटोमनको भाग केहि ब्रिटेनको नियन्त्रणमा आउँछ । केहि भाग फ्रान्स,केहि भाग रशिया ,केहि युरोपवाला भाग इटलीले आफ्नो नियन्त्रणमा गर्छ । र बचेको भागलाई को नाम देशले चिनिन्छ । र अटोमनको पतन हुन्छ । यस्तो हुदा सम्म पनि आर्मेनियाहरुलाई कसैले न्याय दिएको थिएन । सोगोमन तहलिरिया पनि एक आर्मेनिय थिए । यिनको नर सहारको क्रममा पुरै परिवारलाई मारिएको थियो ।
सन् १९२१मा तलाद पाशा जर्मनीमा घुमिरहेको थियो । सोगोमनले तलाद पाशाको हत्या गरेर आफ्नो परिवारको बदला लिन्छन् । र जर्मनीले सोगोमनलाई कुनै सजाय दिदैन किनकी यो बदला जायज थियो । प्रथम युद्ध पनि विश्वलाई थाहा हुन्छ । कि आर्मेनिया मानिसहरु माथी भयंकर अत्याचार भएको छ । भनेर प्रथम विश्व युद्ध जित्ने देशहरु अमेरिका,फ्रान्स,ब्रिटेनले अटोमन सगँ ट्रिटी साइन गर्दन् ।ट्रिटी अफ सेवर्स,जसले गर्दा आर्मेनियहरुलाई एरिया दिइन्छ । र जसले गर्दा आफ्नो देश बनाउन सकुन शान्ती सगँ बाच्न पाउँन ।
सन् १९२०मा आर्मेनिया नामको एउटा फरक देश बन्छ । युद्ध पछिको टर्की देश थियो । यहाँको देशका पार्टीहरुलाई लागिरहेको थियो । अटोमन एंपायर जुन पतन भएको छ ।यो सबै आर्मियन मानीसहरुको कारणले भएको हो । सन् १०२०मा टर्कीले आर्मेनियालाई कब्जा गर्न शुरु गर्छ । सन् १९१७मा रुसी मानीसहरुले क्रान्ती शुरु गरेका थिए । आफ्नो देशको राजाको विरोद्धमा र लेनिनको नेतृत्तवमा यो क्रान्ती सफल हुन्छ । त्यसैबला रशियन राजा जारलाई सत्ताबाट हटाइन्छ , र लेनिन सोवितको लिडर बन्दछ । र केहि देशहरु मिलेर सोवियत सघं अर्थात यूएसएसआरको निर्माण गरिन्छ । आर्मेनिया लाई अटोमन ले कब्जा गर्न खोजी रहेको थियो । त्यसै क्रममा आर्मेनिया पनि सोवित सघंको हिस्सा बन्छ ।
र आर्मेनिया सोवित संघ बनेको देखेर टर्की पछाडी हट्छ । यो सोवित सघंले १५देशहरुको एउटा गु्रप थियो जसले एउटै विचार धारामा काम गरिरहेका थिए । सन् १९२२पछि आर्मेनिया र अजरबैजान पनि यस सोवित सघंमा सामेल भएका थिए । १९२२पछि यि दुबै देशहरु शान्त वातावरण थियो । त्यो समयमा आर्मेनिया,जर्जिया,अजरबैजान युएसएसआरको लागी समुन्द्री व्यापारको लागी अति आवश्यक थिए । त्यहि भएर युएसएसआर ले चाहन्थ्यो । सधै यि तिन देश युएसएसआर को हिस्सा बनिराखुन ।त्यसकारण सन् १९२४मा युएसएसआर ले एउटा दाउँ खेल्छ । युएसएसआर शुरुमा साउथ ओसेटा लाई उकसाउँछ । कि तपाई जर्जिया सगँ छुटिएर एउटै फरक देशको माग गर्नुहोस् ।
भनेर जसले गर्दा आफ्नो देशमा उभिएर बस्नु पर्छ । यस्तै दाउँ आर्मेनिया अजरबैजान सगँ पनि खेलिन्छ । आर्मेनियाको देशका मानीसहरु सबै इसाई धर्मलाई मान्थे ।भने अजरबैजानको मानीसहरु इस्लाम धर्मलाई मान्दथे । अजरबैजानको बिचको हिस्सामा नागोर्नो काराबाख मा ९४प्रतिशत मानीसहरु इसाई धर्मालम्बीहरु थिए । त्यहि भएर युएसएसआर ले नागोर्नो काराबाखको हिस्सालाई आर्मेनिया लाई दिन्छ ।
त्यसकारण आर्मेनिया र अजरबैजान बिच बिवाद शुरु हुन्छ । सन् १९२४देखि नागार्नो काराबाखलाई मुद्दा बनाएर बिवाद हुन थाल्यो । तर पुरै क्षेत्र युएसएसआरको नियन्त्रण रहने गर्दथ्यो । त्यहि भएर युएसएसआरले दुबै देशहरुलाई उल्झाएर राख्दछ । र कहिले लडाई हुन दिएन । जहिले सम्म युएसएसआर रह्यो ।त्यो समयसम्म आर्मेनिया र अजरबैजानको माहोल केही हदसम्म शान्त रहिरह्यो । सन् १९८५पछि युएसएसआरको सरकारले नयाा निति ल्याउँछ । जसमा एकदमै महत्तवपुर्ण थियो ।

यसै निति पछि युएसएसआर का नागरिकहरुलाई बोल्न ,लेख्न आजादी दिइयो । पढ्न ,प्राइभेट व्यवसाय खोल्नको लागी अधिकार दिइयो । जसले गर्दा युएसएसआर का नागरिकहरुलाई आफुसगँ अन्याय भएको कुरा थाहा पाउँछन् । र यो १५देशहरुको गु्रप थियो । नि त्यसका मानीसहरु युएसएसआर सगँ स्वतन्त्र भएर बाच्न चाहन्थे । जसको लागी मानीसहरुले क्रान्ति गर्न शुरु गर्दछन् । सन् १९९१मा यो युएसएसआर टुक्रा भएर देशहरु अलग–अलग देशहरु बन्दछन् । जसले गर्दा आर्मेनिया र अजरबैजान सगँ पनि आजादी मिल्दछ ।
तर आर्मेनिया रअजरबैजान फरक–फरक देश बनेतापनि यि देशहरु बिचको नागोर्नो काराबाख विवाद अझै पनि सुल्झिएको थिएन । सोवित विभाजन पछि तुरुन्तै अजरबैजान ले भन्दछ । अब यो नागोर्नो काराबाख अब बजरबैजानको हिस्सा हो र तर नागोर्नो काराबाखको संसदले हामी आर्मेनियाको हिस्सा हुम र हामी आर्मेनियाको साथमा रहन चाहन्छौ । सन् १९९२जनवरीमा नागोर्नो काराबाख संसद ले अजरबैजानबाट आफुलाई आजाद घोषित गराउँछन् ।
यसै क्रममा नागोर्नो र अजरबैजानको युद्ध शुरु हुन्छ । युद्धको बेला अजरबैजानले मर्ताकेट शहरमा कब्जा गर्छ ।र आर्मेनिया नागरिकहरुको गाउँ खाली गराउन थाल्छ । जसले गर्दा ४०हजार सेनालाई विस्थापित हुनु परेको थियो । तर पनि आर्मेनिया सेनाहरुले मरताकेट शहरलाई आजाद गराउँछन् । दुबै देशका सेनाहरु बिच गोरिला तरिकाले लडाई भइरहेको थियो । सन् १९९३आर्मेनियाले नागोर्नो काराबाख र केहि अजरबैजानको हिस्सा पनि आर्मेनियाले कब्जा गर्दछ । अजरबैजान र आर्मेनिया बिच चलिरहेको युद्ध चिनले रोकिदिन्छ । सन् १९९४मा युद्ध सकिन्छ ।
र आर्मेनिया ले कब्जा गरेको हिस्सा फेरि अजरबैजानलाई फिर्ता दिन्छ । मात्र लाचिन कोरिडरलाई छोडेर ,सन्१९९४पछि दुबै देशका नेताहरु अनाबसनाब बोलिरहन्थे । त्यसै क्रममा सन् १९९४–२००८सम्म दुबै देश एक आपसमा शान्त भएर बस्दछन् । सन् २००८मा आर्मेनियामा चुनाब चरिहेको थियो । मर्ताकेटमा जातिय हिंसा चल्दछ । कैयौ मानीसहरु को मृत्यु हुन्छ । सन् २०१०फेबररी मा नागोर्नो काराबाख बोर्डमा दुबै देश आर्मेनिया र अजरबैजानका सेनाहरुले गोली चलाउँछन् । र गोलाबारीमा दुबै पक्षबाट टोटल ७४सैनिक को मृत्यु हुन्छ ।
सन् २०११–१०सैनिक
सन् २०१३–३३सैनिक
सन्२०१३–१९सैनिक (दुबैतिर का सैनिक हुन्छन्)
सन् २०१४मा अजरबैजानको सेनाले आर्मेनियाको हेलिकप्टरमा हमला गरिदिन्छ । जसमा आर्मेनियाको २७सैनिक शहिद हुन्छन् । जसमा पनि अजरबैजानको २७सैनिक शहिद हुन्छन् । सन् २०१४मा गोलीबारीको बेला आर्मेनियाका सर्वसाधारण ६जनाको मृत्यु भएको थियो । सन् २०१५मा अजरबैजानको ३९सैनिक आर्मेनियाको ४२सैनिक ५सर्वसाधारणको मृत्यु भएको थियो । अर्थात नागोर्नो काराबाखको बोर्डरमा प्राय गोलि चली रहन्थ्यो ।
सन् २०१६मा नागार्नो काराबाखको बोर्डमा ठुलो लडाई हुन्छ ।जसमा गोलेबारीको साथसाथै हेलिकप्टर,टैक,मिसाइलको पनि प्रयोग हुन्छ । यो लडाई लगभग पाँच दिन सम्म चलेको थियो । जसमा आर्मेनियाको ८८र अजरबैजानको ९२सैनिक शहिद भएको थियो । यस बाहेक सर्वसाधारण १०जनाको ज्यान गएको थियो । त्यसै २०१७,१८,१९मा पनि साना तिना लडाई चलिरहेका थिए । यस बिचमा अजरबैजानले पनि तेल र ग्यासबाट धेरै पैसा कमाएको थियो ।
जसको ठुलो हिस्सा आफ्नो सेनाको लागी खर्च गर्छ । जसले गर्दा देशको सेना बलियो होस् । भनेर सन्२०२०सम्म अजरबैजानको सेना अधिक बलियो बनीसकेका थिए । सन् २०२०,सेक्टेम्बर मा अजरबैजानले झुटो बहाना नागोर्नो काराबाखमा हमला शुरु गर्दछन् । जसलाई आर्मेनिया र अजरबैजानलाई धेरै सहयोग गर्छ किनभने यि दुबै देश मुस्लिम देश भएको कारणले गर्दा र यि दुुई देश एक अर्कालाई आफ्नो परिवार मान्दछन् । नागोर्नो काराबाख को शहर सुसा लगायत केहि हिस्सा अजरबैजानले कब्जा गर्दछन् ।
सन् २०२०को दिन आर्मेनियाले युद्ध विरामको सम्झौता मा हस्ताक्षर गर्छ । जसले गर्दा यसको साथै दोस्रो युद्ध सकिन्छ । यसमा आर्मेनियाको टोटल ३८२५सैनिक र अजरबैजानको २९०६सैनिक शहीख भएका थिए । सन् २०२२सम्म दुबै देश शान्त भइरहेका थिए । सन् २०२२मा आर्मेनियाको चुनाबमा यवागन खासटोरियन प्रेसिडेन्ट बन्दछन् । यिनि प्रेसिडेन्ट बनेपछि रुस देखि को ताना टाढा र अमेरिका सगँ नाता नजिक बनाउन थाले । यिनले अमेरिका सगँ व्यापार गर्न र हातहतियार खरिद गर्न शुरु गरे । त्यसकारण रुस र आर्मेनियाको सम्बन्ध बिच अल्ली खटपट शुरु भएको थियो ।
अर्को तिर सन् २०२२मा रुस र युक्रेन बिच लडाई शुरु भएको थियो ।त्यसैको मौका छोपेर अजरबैजानले सन् २०२२,दिसेम्बरमा लाचिन कोरेमारमा आफ्नो सैन्य शक्ति तेनात गरिदिन्छ । यहाँ रुसको सेनाले राम्रो सगँ काम गरिरहेको छ्रैन् । भनेर ,त्यसकारण लाचिन कोरेडोर अबबाट अजरबैजानको निगरानि रहने छ । त्यसपछि अजरबैजानले आफ्नो सेना खटाइदिन्छ ।यसपछि नागोर्नो काराबाख र आर्मेनिया एक आपसमा जोडिएका थिए । किनभने खाद्य,औषधि र मानीसहरु जाने गर्दथे । तर सन् २०२३जुन मा अजरबैजानको सेनाले यस लाचिन कोरेडोरलाई ब्लक गरिदिन्छ ।
र त्यसैक्रममा आर्मेनिया भन्दछ । यदि हाम्रो देशबासीहरु समक्ष खाद्य,औषधी पुग्न नदिएमा मानवता प्रति अपराध गनिन्ने छ । यस्तो कुरा सुनेर पनि अजरबैजानले लाचिन कोरेडर खोलिदिदैन् । अर्थात यो नागोर्नो काराबाख आर्मेनिया सगँ कटिसकेको थियो । सन् २०२३सम्म नागोर्नो को कुल जनसङख्या करिब १लाख २०हजार थिए । र यि सबै मानीसहरु यहाँ फसेका थिए । त्यस ठाउँमा जसले गर्दा खाद्य,पेट्रोल,डिजेल,ग्यास,दबाई र बिजुली को कमि हसदै गइरहेको थियो । र नागोर्नो काराबाखमा एउटा मानवीय संकट पैदा हुन्छ । त्यसैमा पहिला अजरबैजान सेनाले नागोर्नो काराबाखमा रहेका ग्यास स्टेशन,बिजुली स्टेशन जस्तै अत्यावश्यक का सामानहरुमा हमला गरेर मानीसहरुको बिजुली,ग्यास लाइन काटिदिएको थियो ।
सन् २०२३मार्च–सेक्टेम्बर सम्म नागोर्नो काराबाखमा खाना बनाउने ग्यास नै थिएन् । जसले गर्दा नागोर्नो काराबाखको मानीसहरु सगँ एउटै चोइस थियो । आत्मसमर्पण गर्ने त्यसकारण नागोर्नो काराबाखको सांसदले अजरबैजान सगँ अनुरोध गर्दै हामी माथी हमला गर्न छोड्नुहो् र सन् २०२४,जनबरी १सम्म को समय दिनुहोस् । यो समय भन्दा अगाडी नागोर्नो कारोबाखको ठाउँ छोडर जान्छौ । नागोर्नो काराबाख समर्पण पछि अजरबैजान ले हमला गर्न बन्द गरिदिन्छ ।
त्यसकारण नागोर्नो काराबाख का नागरिकहरु आफ्नो मातृभुमि छोडर भाग्न थाल्दछन् । त्यसपछि २०२३सेक्टेम्बर पछि लगभग १लाख भन्दा धेरै नागरिकहरुलाई बाध्यतामा आफ्नो घरबाट छोडेर भाग्नु पर्दछ । सन् २०२४जनबरी १ पछि पनि यो बिवाद जारी छ । किनभने आर्मेनिया ले नागोर्नो काराबाख लाई गुमाउन चाहदैन् । र यो अजरबैजान जसरी पनि कब्जा गर्न चाहन्छ । अब आउँदा दिनमा के हुन्छ ।सबै आउँदा दिनमा थाहा हुने छ ।