Headache/टाउँको किन दुख्छ ?
टाउँकाको कुनै पनि भागमा महसुस गरिने दुखाई लाई साधारणतया टाउँको दुखेको भनिन्छ । मस्तिष्कको आवरण ,धमनी र मांसपेशीहरु पिडासगँ संवेदनशिल हुन्छन । टाउँको दुख्नु भनेको तिनै संबेदनशिल भागहरु दुख्नु हो टाउँको दुखाई अत्यन्तै पिडादायी मन्द वा टन्किने किसिमको हुन सक्छ । यो टाउँको एकापट्टि वा दुबैपट्टि तथा अगाडी वा पछाडी को भागमा हुन सक्छ । टाउँको दुख्नु भनेको आफैमा रोग होइन । कुनै पनि रोगको लक्षण मात्र हो ।
यति बेला टाउँको दुखाई धेरैको समस्याको रुपमा देखिएको छ । यो सबै उमेरकालाई हुन सक्छ ।तर दुखाई भने मान्छेपिच्छे फरक हुन्छ । कसैलाई चर्को र कसैलाई हलका गरी दुख्ने गर्छ । कसैलाई धेरै दिन सम्म लगातार दुख्छ । भने कसैलाई पाचँ दश मिनेट दुखेर कम हुन्छ । त कसैलाई रिगांटा र बान्ता हुने गरी दुख्छ । दुखाईको मापन भने गर्न सकिदैन ।कोही एक व्यक्तिलाई हल्का दुखाई भएको त्यहि दुखाई अर्को लाई चर्को हुन सक्छ । दुखाइको कुरा मानवको मानसिक स्थिति र उसको स्वास्थ्य अवस्थामा भर पर्छ ।
टाउँको दुखाई पनि हामिले गर्ने गलत खानपान,गलत विहार र गलत विचारले हुन्छ । टाउँको दुखाई धेरै प्रकारले दुख्दछ । जस्तैःतालु दुख्नु,अगाडि भाग निधार,आखाँको भाग दुख्नु,नाक वरिपरि निधार सम्म दुख्नु,टाउँको पछाडी भारी झम्म भएर दुख्नु,तन्किएर दुख्नु आदि ।
यति मात्र नभएर अरु धेरै कारणले पनि टाउँको दुख्छ । जस्तो रुघाखोकी,ज्वरो,पिनास,आखाँको कमजोरी,कान,दातँ,गर्घन र नसाको समस्याले पनि टाउँको दुख्छ । त्यसैगरि धेरै तनाव ,चिन्ता,रिस,डिप्रेशन बे्रन हेमरेज,माइग्रेन,रक्तचाप,अत्याधिक औषधि सेवन र अनिन्द्राका कारणले पनि टाउँको दुख्ने गर्दछ । अपच,कब्जियत,ग्यास्ट्राइटिस जस्ता पेटका रोगहरुका कारणले पनि टाउँको दुख्छ । अरु विविध कारण ले जस्तै दुर्घटना आदिले पनि टाउँको दुख्छ । समयसमयमा विभिन्न समस्याले टाउँको दुख्छ । केही सामान्य रुपमा कहिले काही टाउँको दुख्नुलाई सामान्य मानिन्छ ।
तर अचानक अत्यधिक मात्रामा टाउँको दुख्नुले विभिन्न रोगको संकेत गर्छ । यस्तो टाउँको दुखाई खतरनाक समेत हुन सक्छ । कहिलेकाही प्यारालाइसिस, मस्तिष्क टयूमर, मस्तिष्कमा रगत जम्ने जस्ता कारणले पनि टाउँको अत्यधिक दुख्छ । तर,कुन कारणले टाउँको दुखेको हो । भनेर पत्ता कसरी लगाउने भनने समस्या पर्न सक्छ ।अत्यधिक टाउँको दुखेमा तत्काल चिकिन्सककहाँ गएर उपचार गर्नुपर्छ ।
१.यदि टाउँको अत्यधिक दुखेमा वा यस अघि यस्तो धेरै टाउँको दुखेको महसुस गर्नु भएको थिएन ,भने ।
२.यदि टाउँको दुख्न थालेको केही दिन वा हप्ता भएको छ । र यो अझै अधिक दुखिरहेको छ । भने तुरुन्तै चिकित्सहहरुलाई देखाउँनु पर्ने हुन्छ ।
३.यदि टाउँको दुखिरहँदा टाउँको दुई भागमा अत्यधिक टाउँको दुख्छ भने अस्पताल जानु जरुरी हुन्छ ।
४. यदि कोही व्यक्ति ५५वर्षभन्दा माथिको छ । भने त्यस्तो व्यक्ति लाई पहिलो पटक टाउँको दुखेको महसुस भइरहेको छ ।भने तुरुन्तै अस्पताल लग्नु पर्छ ।
५.पहिलो पटक टाउँको दुखिरहेको छ । र यो अत्यन्त चर्को दुखिरहेको छ ।
६.यदि टाउँको दुख्नु भन्दा अगाडी बान्ता भएमा र बान्ता भइसकेपछि टाउँको अझै बढि दुखिरहेको छ ।भने
७.यदि रातभरि सुतेर पनि बिहान उठ्दा टाउँको दुखिरहेको छ । भने ,एकपटक चिकित्सककहाँ जाँच गर्न जानै पर्ने हुन्छ ।
८.यदि टाउँको दुख्दा बेहोस भएको छ । भने र शरीरको सन्तुलन बिग्रिएको छ ।भने वा बोली लटपटिएको छ ,भने तुरुन्तै उपचार गर्नु पर्छ ।

९.यदि झुक्दा ,खोक्दा वा कुनै भारि सामान उचालदा टाउँको दुखेमा तुरुन्तै अस्पतालमा सम्पर्क गर्नुपर्छ ।
१०.यदि टाउँको दुखाइका कारण कोही व्यक्ति सुत्न नसकेको अवस्थामा तत्काल चिकित्सक कहाँ जानु पर्छ ।
Headache/टाउँको दुख्ने गम्भीर कारणहरु
टाउँकोमा टियूमर हुने,रगत जम्ने भयो भने टाउँको दुख्छ । यसमा अल्लि बढि विचार पु¥याउनु पर्ने हुन्छ । विशेष गरी यस्तो अवस्थामा हामिले डाक्टरको सल्लाह लिनुपर्छ ।
यदि सामान्य खालको टाउँको देखेको छ । भने औषधि प्रयोग गर्न सकिन्छ । टाउँको दुखेसगै वाकवाक लाग्ने ,बान्ता हुने , आँखाबाट पानीहरु झर्ने,रिंगाटा लाग्ने ,छारे रोग जस्तो काम्ने हुनु गम्भीर रोगका लक्षण हुन् । यस्तो बेलामा तुरुन्तै डाक्टरकहाँ सल्लाह लिनु पर्छ ।
मस्तिष्क को टयूमर,आघात वा मस्तिष्क घात,मस्तिष्कको आवरण बकीचको ठाउँको रक्तश्राव,उपल्लो श्वासप्रश्वास प्रणालीको संक्रमण जस्तैःपिनास,आखाँका समस्याहरु मोतिबिन्दु,पुरापर्तित त्रुटिहरु भएको पाएमा डाक्टर हुन जानुपर्छ ।
मुर्छा पर्नु,अल्मलिनु,बोल्न गाह्रो हुनु,अकस्मात हुने गम्भिर टाउँको दुखाई वा पूर्वटाउँको दुखाईको अवस्थामा परिवर्तन,केन्द्रित हुन नसक्नु,वा दैनिक क्रियाकलाप गनर्र नसक्नु,उच्च ज्वरो १०२डिग्री फरेनाइटभन्दा माथी आएमा डाक्टरकहाँ जानु पर्छ ।
पाखुरा,खुट्टा वा अनुहारमा कमजोरी वा पक्षघात भएमा,घाँटीको अरर्रोपना,गर्भावस्था,मस्तिष्कको चोटपटक,दृष्टि ,क्षय ,ज्वरोसँगै वान्ता भएमा पनि डाक्टरकहाँ जानुपर्छ ।
रोगका अन्य कारण हुने टाउँको दुखाईको उपचार सम्बन्धि रोग अनुसार गरिन्छ । जस्तै ब्याक्टिेरियाबाट हुने मेनिन्जाइटिस र पिनासका लागी एन्टिबायोटिक,उच्च रक्तचापको लागी रक्तचाप नियन्त्रण,मस्तिष्कमा जमेको जीप वा टयूमरका लागी शल्यक्रिया ।
टाउँको दुख्ने समस्या सामान्इ लागेपनि बेवास्ता गर्नु भने ठिक होइन ।यदि धेरै टाउँको दुखेमा तुरुन्तै अस्पताल जाने अनुकुल नभएमा घरेलु उपायबाट यसलाई नियन्त्रण गर्न सकिन्छ ।
Headache/घरेलु उपायहरुः-
१.मनतातो पानी र कागती:-यदि लगातार टाउँको दुखिरहेको अवस्थामा १गिलास मनतातो पानीमा आधा कागतीको रस मिसाएर पियमा टाउँको दुखाई निको हुन्छ । कागती पानीले पेटमा ग्यास बनेर बसेको विकारलाई निकाल्ने काम गर्छ । ग्याँसको समस्याले पनि टाउँको दुख्ने गर्दछ ।
२.नुन,दुध र ल्वाङः-टाउँको दुखाईबाट आराम पाउन नुन,दुध र ल्वाङको प्रयोग उपयोगी मानिन्छ । आधा चम्चा ल्वाङको धुलो र एक चिम्टी नुनलाई मनतातो दुधमा मिक्स गरेर पिउँदा टाउँको दुखाईमा केही आराम मिल्छ ।
३.लसुनको रसः-लसुनको रस पिउँदा लगातार टाउँको दुख्ने समस्याबाट राहत पाउन सकिन्छ । रस पिउँदा न्यूनतम एक चम्चा पिउनु पर्छ ।किनभने लसुन एक किसिमको पेनकिलर पनि हो ।
४.पुदिनाः-माइगे्रनको समस्यामा पुदिनाको सेवन निकै राम्रो मानिन्छ । प्राचिन समयदेखि टाउँको दुखाईको समस्यामा पुदिना खाने गरिन्थ्यो । यदि लगातार टाउँको दुखिराको छ । भने पुदिना लाई चियामा हालेर पिउँदा आराम मिल्दछ ।
५.धनिया,जिरा र अदुवा रसः-जिराको धुलोमा अदुवा र धनियाको रस हालेर बनाएको चिसो पिउनाले लगातार दुखेको टाउँको दुखाई निको हुन्छ । यसको विधि–एक गिलास मनतातो पानीमा जिराको धुलो हाल्ने त्यसपछि अदुवा र धनियाको पातको रस राख्ने र केहि बेर उमाल्ने अनि पिउने गर्नुपर्छ ।
६.नुनको पेष्टः-टाउँको दुखाईका लागी ल्वाङ र नुनको पेष्ट एक प्रभावकारी उपचार पद्धती हो । ल्वाङको पाउडर र नुनलाई दुधमा मिसाएर पिउँदा नुनमा हाइग्रस्कापिक गुण पाइन्छ । जसले टाउँको दखाइबाट आराम मिल्छ ।
७.दालचिनि पाउडर पेष्टः-टाउँको दुखाईको अवस्थामा दालचिनि पाउडर पेष्ट एउटा राम्रो तरिका हो । दालचिनि पिसेर पाउडर बनाउने र यसलाई पानीमा राखेर बाक्लो पेष्ट बनाउने र यो पेष्टलाई टाउँकोमा लगाउने । यसले गर्दा दुखेर भारी भएको टाउँको छिट्टै हल्का हुन्छ ।
८.धनिया र चिनीः-ज्वरो वा रुघाखोकीको कारण बाट टाउँको दुखेको छ । भने धनियाको पाउडर र चिनि मिसायर झोल पिउँदा आराम मिल्छ ।
९.कफिः-कफिमा पाइने क्याफिनले दुखाई कम गराउँछ । जसले पिनकिलरको काम गर्छ । यसको प्रयोग माइगे्रन र टाउँको दुख्ने रोगका बिरामीको लागी फाइदाजनक मानिन्छ ।
दैनिक गरिब ८गिलास पानी पिउने ,चिसोबाट बच्ने,पर्याप्त आरा मगर्ने ,दैनिक फलफूल,सागँपात खाने ,सुर्तीजन्य पदार्थ तथा मदिराजन्य पदार्थ सकभर सेवन नगर्ने भोकै नबस्ने ,स्वस्थ र सन्तुलित भोजनम ध्यान दिने आदि गरियो भने टाउँको दुखाई कम गर्न सकिन्छ । टाउँको दुखाइको उचार गर्नको लागी दुखाईको कारण बुझि त्यसको उपचार तर्फ लाग्नु आवश्यक हुन्छ ।