ब्रेन टयूमर(Brain Tumor) भनेको के हो ?यसको लक्षयणहरु,उपचार
ब्रेन भनेको मानव मस्तिष्क हो । साथै टयूमर भनेको अंगमा अनावश्यक मासु पलाउनु हो । सामान्य भाषामा भन्दा मस्तिष्कमा अनावश्यक मासुको डल्लो पलाउनुलाई ब्रेन टयूमर भनिन्छ । यो मस्तिष्कमा लाग्ने रोग भएको कारणले यसलाई आवश्यकता भयावह रोगका रुपमा लिइएको छ । ब्रेन टयूटर एक गम्भिर समस्या हो । यो रोग लागेको भनेर पत्ता लागेको खण्डमा यो रोग निको हुन्छ । यस रोगको उपचारमा भएको थोरै मात्र ढिलो ले मानव वा रोगीको मृत्यु समेत हुन सक्छ । ब्रेन भित्र भएका कुनै पनि अंगबाट अनावश्यक मासु पलाउनु नै ब्रेन टयूमर हो । ब्रेन टयूमर लाई हाम्रो समाजमा निकै भयावह रुपमा लिइन्छ । ब्रेन टयूमर एक गम्भिर समस्या हो ।यो एउटा ठुलो रोग हो ।
टाउँको दुख्ने एउटा सामान्य कुरा हो । प्राय जसो हामीहरुको निन्द्रा नपुगेर,शरिरमा पानीको मात्रा कम भएर पनि हाम्रो टाउँको दुख्ने गर्दछ । र यि दुई कुरालाई ध्यान दिएर शरिरलाई चाहिने जति पानी पिउने र समयमा सुत्ने समयमा उठ्ने बानी बसाल्यौ ।यस्तो सामान्य टाउँको दुख्ने समस्याबाट बच्न सकिन्छ । तर कहिले काँही अत्यधिक टाउँको समस्या हुन सक्छ । यति यो टाउँको दुखाई राती सुतेर बिहान बिहान उठ्न बितिकै एकदमै धेरै टाउँको दुखिराको अवस्था छ । भने साथै टाउँको दुखाईको साथसाथै उल्टी पनि भइराको छ । भने यो एउटा सिरियस रोग ब्रेन टयूमरको लक्ष्यण हुन पनि सक्छ । बिशेषगरि,ब्रेन टयूमर भएमा मस्तिष्कको एउटा कोषिका वा अन्य थुपै्र कोषिका असामान्य रुपले बढ्न थाल्छन् । जसको कारणले गर्दा अन्य कोषिका क्षतिग्रस्त हुन थाल्छन् ।
कुनै ब्रेन टयूमर वंशानुगत अनुसार हुने गर्छ । र कुनै ब्रेन टयूमर रेडियसनमा एक्सपोज हुनाले हुन्छ । र कतिपय मानीसहरुलाई ब्रेन टयूमर भएको समेत थाहा हुदैन । ब्रेन टयूमर मस्तिष्कमा असामान्य तन्तुहरु वृद्धि हो । तर सबै ब्रेन टयूमर घातक अथवा क्यान्सरको कारण हुदैन । क्यान्सर टाइपका ब्रेन टयूमरहरु गैर–क्यान्सर ब्रेन टयूमरको तुलनामा तिव्रताका साथ बढ्छ । भनेर पहिचान गर्न सकिन्छ । ब्रेन टयूमरको लक्षयण टाउँको अन्य अंगमा पनि उत्पन्न हुन सक्छ । ब्रेन टयूमर मस्तिष्कको तन्तुमा अथवा त्यसको वरपर हुन सक्छ । वा ब्रेन टयूमर शरिरको अन्य भागबाट मस्तिष्कमा फैलन सक्छ । जसलाई मेटोस्टेटिक ब्रेन टयूमरको रुपमा चिन्दछौ ।
ब्रेन टयूमर (Brain Tumor)को लक्षयणहरु
१.धेरै बेस्सरी टाउँको दुख्ने ,
२.चक्कर आउनु र बिहान अचानक उठ्न बितिकै आखाँमा अध्यारो हुनु । राम्रो सगँ हेर्न नसक्नु ,
३.बिरामी राम्रो सगा कुरा गर्न नसक्नु ,
४.उल्टी आउनु,उल्टी आउने जस्तो हुनु ,
५.थकिएको महसुस हुनु ,
६.प्राय जसो बिहान टाउँको देख्ने र दिन ढले सगै ठिक हुन्छ ,भने ब्रेन टयूमरको कारण हुन सक्छ ,
७.शरिरमा बिना कारण छटपटाहट हुनु,वा घब्राहट हुनु ,
८.यदि स्करण शक्ति कमजोर हुनु जस्तै स्वभावमा असामान्य परिवर्तन कमजोर महसुस,बिना कारण व्यक्तित्तवमा परिवर्तन आउन थालेको छ ,भने यो ब्रेन टयूमरको सकेत हुन सक्छ ,

९.हिड्दा खेरी शरिरको ब्यालेन्स बनाउन नसक्नु वा रक्सी खाको मान्छे जस्तो हुनु ,हिड्दा खेरी लड्छु जस्तु अनुभव हुनु अनुभव हुनु बे्रन टयूमरको लक्ष्यण हुन सक्छ
१०.बोल्दा खेरी आवाज लटपट्टिनु,हामिले बोलेको कुरा अरुले नबुझनु भइरहेको छ , भने त्यो पनि बे्रन टयूमरको लक्षयण हुन्छ ,
११.प्रसनालिटिमा अचानक परिवर्तन आउनु जस्तै सानो–सानो कुराहरुमा इरिटेड हुनु, दुखि भएर बस्नु ।
१२.दृष्टिमा परिवर्तन,जस्तै धमिलो देख्नु,एउटै कुरा दुईवटा देखिनु ,
१३.मिर्गी आउनु जस्तै हातखुट्टा नचाँहादा नचाहदै पनि जोर–जोर ले हल्नु,बेहोस हुनु र बहोस हुदा हात खुट्टाहल्लीराख्नु,त्यती जिब्रोबाट रगत आउनु,आखाँ घुमाएर माथी तिर जानु ,
१४.शरिरको हातमा खुट्टामा,वा अन्य कुनै ठाउँमा किराहरु हिडेको जस्तो अनुभुति हुनु,पोलेको जस्तो अनुभुति हुनु ,
१५.ब्रेन टयूमर जब व्यक्तिको टयापोरल लोबमा पुग्दछ ,तब उसले बोल्नमा मात्र नभई सुन्नमा समेत समस्या उत्पन्न गराउँछ कयौपटक त कानको जाली पनि फात झै महसुुस हुन्छ ।
ब्रेन टयूमर कुन उमेर समुहलाई बढी हुन्छ । भन्ने कुरा यसको कुनै खास उमेर समुह छैन् ।यो बच्चा,वयस्क,वृद्ध जो कसैलाई पनि हुन सक्छ । तर प्राय गरेर ४०वर्ष उमेर पार गरिसकेपछि ब्रेन टयूमरको खतारा बढी हुन्छ । पुरुषमा ब्रेन टयूमर हुनुको प्रमुख कारण भनेको फोक्सोबाट आउने क्यान्सर र महिलाहरुमा ब्रेन टयूमर हुनुको कारण भनेको स्तनको टयूमर ब्रेनबाटै पलाउने पनि हुन्छ ।
उपचार
सबैभन्दा पहिला लक्षयणको आधारमा सिटी स्क्यान एमआरआई गरेर ब्रेन टयूमर भएको वा नभएको र कुन ग्रेडको छ भनेर यकिन गर्नुपर्छ । ब्रेन उपचार पद्धति भनेको शल्यक्रिया नै हो । मास्तिष्कमा अनावश्यक रुपमा पलाएको मासुलाई काटेर फालेमा मात्र यो पूर्ण रुपमा निको हुन सक्छ । यस बाहेक किमोथेरापी,रेडियसथेरापी पद्धतिबाट पनि बे्रन टयूमरको उपचार गर्न सकिन्छ । तर कोही टयूमरको शल्यक्रिया नगरेर पनि उपचार सम्भव छ । टयूमर दोस्रो चरणसम्म पुगेका व्यक्ति उपचारपछि निको हुन थाल्छन् । तर तेस्रो र चौथोचरणमा पुगेका केही समय सम्म मात्र बचाउन सकिन्छ । यसको उपचार कुन ठाउँमा कस्तो आकारको छ । त्यस अनुसार हुन्छ ।शुरुको अवस्था छ,र दिमागको जटिल ठाउँमा भए केही समय पर्खिएर हेरिन्छ । कुनै टयूमर छ महिनामा नै हवात्तै बढ्ने र केही टयूमर ढिला वृद्धि हुने पनि हुन्छन् । त्यसको अवस्था र आकार हेरेर सुरुको अवस्था भए शल्यक्रिया मार्फत निकाल्न सकिन्छ ।
स्वस्थ वातारणमा बस्ने,विभिन्न प्रकारका रेडियसन विकिरणबाट जोगिने,मधपान,धुम्रपान नगर्नाले केहि हदसम्म ब्रेन टयूमर जस्ता रोगबाट बच्न सकिन्छ । अहिले नेपालमा पनि ब्रेन टयूमरको उपचार भइरहेको छ । टेक्नोलोजिले गर्दा अमेरिका वा अन्या देशमा भएका उपकरणहरु नेपालमा पनि आइसकेका छन् । हाम्रो देशमा पनि न्यूरोलोजिस्ट वा न्यूरो सर्जनहरु छन् ।जसले नेपालमै ब्रेन टयूमरको राम्रो शल्यक्रिया गर्न सक्षम छन् । टेक्नोलोजि पनि छ । न्यूरो सर्जनहरु पनि बाहिरबाट हाइली टे«न छन् । त्यसकारण पहिला जस्ता अवस्था छैन् ।