Who is Ashika Tamang?/को हुन् त आशिका तामाङ ?

को हुन् त आशिका तामाङ ?

Ashika Tamangआशिकाको जन्म सन् १९९२ सालमा धादिङ जिल्लाको मलेखुमा भएको थियो । आशिकाको बिहे जर्मनका नागरिक थोमस सगँ भएको हो । आशिका को एउटा छोरा र एउटा छोरी रहेका छन् । उनी विशेष गरी सामाजिक अभियानतामा केन्दि«त मात्र नभएर ग्रिन एन्ड क्लिन आशिका फाउन्डेशनको अदक्षय समेत रहेकी आशिका विगत लामो समय देखि यस अभियानतामा सक्रिय रहेकी छिन् ।आशिका तामाङ सामाजिक अभियानतामा मात्र आबद्ध नभएर उनी नेपाली अभिनेत्री (सन् २०१५मा प्रर्दशनमा आएको नेपाली चलचित्र सुश्री) नायक आर्यन सिग्देल सगँ मुख्य अभिनेत्रीको भुमिकामा काम गरेकी आशिका तामाङले यस सुश्री चलचित्रको निर्माता पनि आफै स्वयम नै हुन् ।
आशिकाले चलचित्रमा काम गर्नु भन्दा पहिला मोर्डलिङमा पनि काम गर्दथिन ।उनको Debut Music Video ‘Timro Manma’हो । आशिका लाई कलिउडकी एन्जेलिना जोलिए(Angelina Jolie) उपनाम पनि दिइएको छ । जर्मनी पिआर भए पनि आशिका बेलाबखतमा नेपाल आइराख्ने ।र सामाजिक कार्यमा पनि अग्रसर रहने गर्दथिन । आशिका जर्मन जानु भन्दा पहिला पनि विभिन्न सामाजिक कार्यहरुमा अग्रसर थिन् ।

Ashika Tamangआशिका सामाजिक अभियानता भएर विभिन्न सरसफाई कार्यमा धेरै अगाडी रहेकी छिन् । आवश्यक परेमा विभिन्न आर्थिक स्थिति कमजोर भएका व्यक्तिहरुलाई सहयोग गर्छिन् । यसै क्रममा आशिका बैग्लै अवतारमा उत्रिएकी छिन् । आशिकाको कामलाई धेरै जसो नेपाली आम जनताहरुको साथ मिलिरहेको छ । अहिले आशिका तामाङ १५ वर्ष जर्मनमा बसेर आशिका तामाङ नेपाल आएकी छिन् । हिजो आजका दिनहरुमा आशिका तामाङको भिडियोहरु युटुब विभिन्न सामाजिक संजालमा छ्यापछ्याप्ती देख्ने गरिन्छ । रेस्ट्ररेन्टमा पानीको मुल्य बढी भएको होस् वा त्रिभुवन विमान स्थलको पार्किकको विषयमा लिएको शुल्क होस् वा सरकारी पुल जुन सर्वसाधरण कोे लागी बनाइएको झुलुङगे पुलमा प्रवेश शुल्कको विषयमा वा दक्षिणकाली मन्दिर पार्किकको लिने शुल्कमा बोलेको र नेपालमा (लुटतन्त्र) भइरहेको वा यि विषयहरुको विरुद्धमा आवाज उठाइरहेको कुराहरुको भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छन् ।

lydnepal.com

केही वर्षअगाडि दशैको छेकमा आशिका तामाङले धरधरी रुदै एउटा भिडियो पोस्ट गरेकी थिन् । खासमा उनले पोस्ट गरेको भिडियोमा उनले भनेकी थिन् दशैमा खसीको मासु खानुस् ।तर,जहान परिवार भएका खसी खसिनीको अकालमा हत्या नगर्नस् यस्तो भनिरहदा उनको आँखाबाट आसु झरिरहेका थिए । जसलाई कोही मानीसहरु हेरेर पेट मिच्दै हाँसे भने,कसैले नाटक गरेको भने कसैले प्याज दलेर आँसु झारेको पनि भने , जसले जे जे भने पनि लाखौ जनता बिच परिचित आशिका तामाङको उपनाम खसिनी दिदि भनेर रहन गएको थियो । अहिले उनै खसिनी दिदि (आशिका तामाङ) सामाजिक संजालमा लाखौ फलोर्सहरु बढेरर उनी लाई सामाजिक अभियानता भनेर चिन्ने र २मिनेटका भिडियो क्लिपहरुले र अहिले उनले लेखेका स्टाटसहरुमा मानीसहरुको ध्यान उनीतिर लगेको छ । र अहिले आशिका एक सक्रिय सामाजिक अभियानताको रुपमा चिनिन्छीन् ।

जर्मनी बासी सगँ विवाह गरेकी आशिका उनी नेपालमा आएको बेला उनी धेरै जसो सड्कमा ,काठमाडौका विभिन्न स्थानमा पुगेर सरसफाइमा जुट्नु उनको दिनचर्या बन्ने र यसबाहेक उनी सामाजिक कार्यहरुमा सरिक भई आफुलाई व्यस्त राख्ने काम गर्दछिन् । उनी पछिल्लो समय नेपालका सरकारी निकाय ,सार्वजनिक स्थानमा भइरहेको आर्थिक बेथिति र अत्याचारको उजागर गर्दै आएको दाबी गर्ने आशिका तामाङ विरुद्ध सार्वजनिक मुद्दा चलाउन माग गर्दै प्रहरिमा उजुरी परेको छ । नगरपालिकाको बडा नम्बर ९र१९को सिमानामा रहेको झुलुङगे पुल चढेबापत सर्वसाधारण सगँ २०रुपैया लिएको भन्दै केहि दिन अगाडि आशिका तामाङले टिकट प्याडमा आगो लगाइदिएकी हुन् । नगरपालिकाको अनुसार आशिकाले अस्थायी संरचनामा तोडफोड समेत गर्ने र नगरपालिकाको तर्फबाट शाखा प्रमुखले दिएको उजुरिमा कर्मचारीलाई समेत धम्की दिएको उल्लेख छ ।

तर यस गति विधि सम्बन्धी भिडियो आशिका तामाङको फेसबुकदेखि युटयुब च्यानलमा प्रसारण भएको थियो । २०७९ ८०देखि नै सागाँको झलुङगे पुलबाट आवतजावत गर्दा २वटा बडाका स्थानिय बासिन्दा बाहेक सर्वसाधरण सगँ २०रुपैया लिने गरिएको छ । यस क्रममा नगरप्रमुखले पर्यटक प्रर्वद्धनका लागी पुल निर्माण गरिएको शुल्क लिनु अनुचित नभएको भनेका छन् । भने आशिका तामाङले झुलुङगे पुलमा अवैधानिक रुपले रकम लिएको र सर्वसाधारणले चाहि प्रहरीमा उजुरी दिनु पर्ने हो । भनेकी छिन् । नगपालिकाको गल्ती भएकैले उजुरी दिएको तर आफुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन् भनिन्न् । आशिका तामाङको यस्तो कार्यले समाजदाई झन धेरै भाड्ने र निराश पार्ने काम गरेको भन्नेहरु पनि रहेका छन् । तर पनि उनको समर्थकको रुपमा पनि रहेका हुन् । जे भए पनि उनलाई मन पराउने र उनको समर्थकहरु धेरै भएको बुझन सक्दछौ हामिले ।
जे जस्तो भएता पनी शान्ति पुर्वक देश निर्माण होस् वा सरकारी निकाय ,सार्वजनिक स्थानमा भइरहेको आर्थिक बेथिथि र अत्याचारको उजागर गर्ने गराउने र देशको हितमा केही गर्छु ।भनेर लाग्नु राम्रो हो ,तर देशलाई भाड्ने र नराम्रो सन्देश फैलाउन कुनै पनि देशका नागरिले गर्ने राम्रा कार्य होइन । सबैले सकारात्मकका साथ मेरो देश,माटो,म यही देशको नागरिक हु भनेर देशको लागी बालेन ,आशिका र रवि लामिछाने जस्ता निस्वार्थ व्यक्ति हाम्रो देशले मागेको हो त ? के लाग्छ हजुरहरुलाई आफ्नो विचार लेख्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *