विश्वका सात महादेशहरु
हाम्रो पृथ्वीमा रहेको जमिनको ठुलो भागलाई महादेश भनिन्छ । अथवा पृथ्वीको सतहमा महासागर बाहेक माथी उठेको जमिनको ठुलो भागलाई माहासागर भनिन्छ । महादेश वा स्थल भागले हाम्रो पृथ्वीको कुल भुभागको २९प्रतिशत भुभाग ओगटेको छ ।
१.एशिया महादेश(Asia Continent):-क्षेत्रफल र जनसङख्याको आधारमा सबै भन्दा ठुलो महादेश एशिया महादेश हो । यस महादेशमा ५०वटा भन्दा पनि धेरै देशहरु रहेका छन् । एशिया महादेश पृथ्वीको उत्तरी गोलार्धमा रहेको छ । यो महादेश १०डिग्री उत्तरी अक्षांश देखी ७८डिग्री उत्तरी अक्षांश र २५डिग्री पुर्वी देशान्तर देखी १८०डिग्री पुर्वी देशान्तर सम्म फैलिएको छ । यस महादेशको कुल क्षेत्रफल ४,३९,९९,००० वर्गकिलोमिटर रहेको छ । एशिया महादेशको पुर्व पश्चिम लम्बाई करिब ९६००किलोमिटर र चौडाई ८६००किलोमिटर रहेको छ ।
यस महादेशले पृथ्वीको कुल स्थल मण्डलको २९.४प्रतिशत क्षेत्रफल ओगटेको छ । एशिया महादेशमा विश्वभरिकै धेरै जनसङख्या ओगटेको कारणले होम अफ मेन नामले पनि चिन्दछौ । विश्वका सबै भन्दा धेरै जनसङख्या भएका देश चिन र भारत पनि यसै महादेशमा पर्दछन् । एसिया महादेशमा प्रसिद्ध सम्पदाहरु,विश्वको सर्वोच्च शिखर सगरमाथा,विश्वको फराकिलो पठार पामिर,विश्वको सबैभन्दा गहिरो ताल बैकाल ताल ,संसारको सबैभन्दा ठुलो ताल क्यासपियन सागर,संसारको सर्वोच्च स्थानमा रहेको तिलिचो ताल,संसारको लामो पर्खाल ग्रेट वाल अफ चायिना ,विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको राष्ट्रिय निकुञ्ज आदि रहेका छन् ।
विभिन्न प्रकारको हावा पानी पाइने यस महादेशलाई विश्मताको महादेश भनेर भनिन्छ । यस महादेशमा दुनियाकै उचाईमा रहेको हिमालय पर्वत माला पनि पनि रहेको छ । यस महादेशमा विश्वका अन्य हिमालहरु पनि रहेका छन् । एशिया महादेशको सबै भन्दा अग्लो स्थानमा सगरमाथा रहेको छ । यसको उचाई ८,८४८.४६मिटर रहेको छ । भने यस महादेशको सबै भन्दा गहिरो भुभाग चाही मृत सागर हो । यस सागरको गहिराई समुन्द्र सतहबाट करिब ४२२मिटर रहेको छ । एशिया महादेशको क्षेत्रफलको आधारमा सबै भन्दा ठुलो देश चाही भने चिन हो । भने क्षेत्रफलको आधारमा सबै भन्दा सानो देश माल्दीपस हो । यस महादेशमा पर्ने इन्डोनेशिया यस्तो देश हो । जहाँ सबै भन्दा धेरै टापुहरु रहेका छन् । यस महादेशमा सबै भन्दा धेरै चिया उत्पादन गर्ने महादेश भारत हो । भने सबै भन्दा धेरै अलैची उत्पादन गर्ने देश नेपाल हो । नेपालले एशिया महादेशको ०.३प्रतिशत भुभाग ओगटेको छ ।
२.अफ्रिका महादेश(Africa Continent):-एशिया महादेश पछि दोस्रो महादेश मा अफ्रिका महादेश आउने गर्दछ ।यस महादेशको कुल क्षेत्रफल २,९७,८५,०००वर्गकिलोमिटर रहेको छ । यस महादेशमा कुल ५४देशहरु रहेका छन् । अफ्रिका महादेश ३७डिग्री उत्तरी अक्षांश र देखी ३५डिग्री दक्षिणी र ३०डिग्री पश्चिमी देशान्तर देखि ५०देखि पुर्वी देशान्तर सम्म फैलिएको छ । यस महादेशलाई भुमध्ये रेखाले लगभग ३०भाग काटेको हुनाले यो महादेश उत्तर र दक्षिणी गोलार्धमा फैलिएको छ । यस महादेशको पुर्व पश्चिम चौडाई ७४४०किलोमिटर रहेको छ । भने यसको उत्तर दक्षिण लम्बाई करिब ८०००किलोमिटर रहेको छ । अफ्रिका महादेशमा विश्वको १६प्रतिशत कुल जनसङख्या बसोबास गर्दछन् । परम्परागत तरिकाले आफ्नो दिनचर्या गरिरहेका यहाँका कतिपय आदिवासी समुहहरु अहिले पनि जङगलमा बसोबास गर्ने गर्दछन् ।
अफ्रिका महादेशमा प्राय सबै युगहरुको प्राचिन,नयाँ सस्कृतिहरु पाइन्छन् । अफ्रिका महादेश विभिन्न सांस्कृतिक रुपले भरिपुर्ण रहेको छ । यस महादेशमा प्राय काला जातिका व्यक्तिहरु बसोबास गर्दछन् । यस महादेशलाई काला जातिका महादेश पनि भन्ने गरिन्छ । किनभने यस महादेशमा अझै शिक्षा र चेतनाको कमि रहेको पाइन्छ । यस महादेशमा अधिकाशं व्यक्तिहश्र गरिबीको रेखा मुनी रहेको पाइन्छ । यस महादेशलाई विभिन्न कुराहरुको लागी प्रसिद्ध मानिन्छ । विश्वकै सबै भन्दा ठुलो मरभुमी साहारा मरभुमी सबै भन्दा अधिक गर्मि हुने ठाँउ अलजेरिया,सबै भन्दा लामो नदि नाइल नदी आदि रहेका छन् । यस महादेशमा एटलस पर्वत सृखला रहेको छ । विश्वको सर्वोच्च शिखरलाई माउन्ट किलीमन्जरको भनिन्छ । यसको उचाई ५८९५रहेको छ । यस महादेशको क्षेत्रफलको हिसाबले सबै भन्दा ठुलो देश अलजेरिया हो । र सबै भन्दा सानो देश सिसेल्स हो । यस महादेशमा रहेको इजिप्टलाई नाइल नदिको बरदान पनि भनिन्छ । पिरामिडको महादेश भनेर अफ्रिका महादेशलाई चिन्ने गरिन्छ ।
३.उत्तर अमेरिका महादेश(North America Continent):-क्षेत्रफलको हिसाबले विश्वको तेस्रो महादेश उत्तर अमेरिका महादेश हो । यो महादेश पृथ्वीको उत्तरी गोलार्धमा रहेको छ । यस महादेशको कुल क्षेत्रफल २,४३,४०,०००वर्गकिलोमिटर रहेको छ । यस महादेशमा २३वटा देशहरु पर्दछन् । महादेशको उत्तर दक्षिण लम्बाई ७२००किलोमिटर रहेको छ । भने पुर्वपश्चिम चौडाई ४८००किलोमिटर रहेको छ । उत्तर तिर फुकेको र दक्षिण तिर साधुरिएको यस महादेशलाई सन् १४९२मा क्रिस्टपर कोल्बियसले पत्ता लगाएका थिए । त्यसुकारणले यस महादेशलाई नयाँ संसार भनेर पनि चिनिन्ने गरिन्छ । उत्तर अमेरिका महादेशको नाम अमेरिकन विश्वको नामक विश्वकै साहसी यात्रीको नामबाट राखिएको हो । उनको नामको आधारमा उत्तर अमेरिका नाम रहन गएको हो ।
उत्तर अमेरिका महादेश विभिन्न कुराहरुको लागी प्रख्यात छ । विश्वको सबै भन्दा ठुलो ताजा पानीको ताल सुपेरियर ताल,सबै भन्दा ठुलो गुम्बज एन्ट्रोजम र विश्वको सबैभन्दा ठुलो देश क्यान्डा पनि यहि महादेशमा अवस्थित छ । यहि महादेशको क्यान्डा देशमा अवस्थित उट बफेलो नेसनल पार्क उत्तर अमेरिका महादेशको क्षेत्रफलको आधारमा सबैभन्दा सानो देश सेन्ड पिसेन्ड एण्ड ग्रेनडाइज हो ।यस महादेशको सर्वोच्च शिखर माउन्ट मेकेन्ले हो । यस हिमालको उचाई ६१९४मिटर रहेको छ । यस महादेशको सबै भन्दा होचो भुभाग डेथ भ्याली हो । यो महादेश १०डिग्री उत्तरी अक्षांश देखि ८० डिग्री उत्तरी अक्षांश र २०डिग्री पश्चिमी देशान्तर देखि १६०डिग्री पश्चिमी देशान्तर सम्म फैलिएको छ । पश्चिमी दिप समुहको खोजीको क्रममा पत्ता लागेको हो । यो महादेश ।

४.साउथ अमेरिका महादेश(South America Continent):-क्षेत्रफलको आधारमा विश्वको चौथो ठुलो महादेश साउथ अमेरिका महादेश हो । १,७७,९८,५००वर्गकिलोमिटर रहेको छ । साउथ अमेरिका महादेशको उत्तर दक्षिण लम्बाई ७४४२ किलोमिटर र पुर्व पश्चिम चौडाई ५२२१किलोमिटर रहेको छ । साउथ अमेरिका महादेश १२डिग्री उत्तरी अक्षांश देखि ५६डिग्री दक्षिणी अक्षांश र ३५ डिग्री पश्चिम देशान्तर बाट ८०डिग्री पश्चिम देशान्तर सम्म फैलिएको छ । यस महादेशमा संसारकै सबै भन्दा ठुलो जंगल अमेजन, सबैभन्दा ठुलो नदी अमेजन नदी पनि यहि महादेशमा पर्दछ । संसारमा सबैभन्दा अग्लो स्थानमा रहेको राजधानी लपाज,विश्वको सबैभन्दा ठुलो नैकायन ताल टिटिका ताल सबै भन्दा लामो पर्वत सृखला यन्डीस यस महादेशमा रहेका छन् । दक्षिण अमेरिका महादेशको सबैभन्दा अग्लो शिखरMount Aconcagua हो । यसको उचाई ६९९० रहेको छ ।यस महादेशको क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो देश ब्राजिल हो । सबैभन्दा सानो देश Trinidand and Tobago हो ।
५.अन्टार्टिका महादेश(Antarctica Continent):-क्षेत्रफलको आधारमा विश्वको पाँचौ स्थानमा आउँछ । अन्टार्टिका महादेश आउने गर्दछ । यो महादेशको कुल क्षेत्रफल १,३०,००,००० वर्गकिलोमिटर रहेको छ । अन्टार्टिका महादेश दक्षिणी ध्रुव क्षेत्रमा फैलिएको छ । यो महादेश ६६डिग्री दक्षिणी अक्षांश देखि ९०डिग्री दक्षिणी अक्षांश सम्म फैलिएर रहेको छ । यो महादेशको सबै भुभाग हिउले धाकेको कारणले यो महादेशको हावापानी प्रतिकुल रहेको छ । त्यहि कारणले गर्दा यस महादेशमा खासै मानीसहरुको बसोबास छैन् ।)तर वैज्ञानिकहरु को अनुसन्धान को कार्य गर्नको लागी विभिन्न देशका वैज्ञानिकहरु यस महादेशमा बस्ने गरेका छन् । यस महादेशमा ९०प्रतिशत हिउले ढाकेको छ । त्यसकारण यस महादेशलाई हिमचादर पनि भन्ने गरिन्छ । यस महादेशको सर्वोच्च शिखरलाई माउन्ट मिसेनमेसिफा भनिन्छ । यस शिखरको उचाई ४८९४मिटर रहेको छ । यो महादेश सबै भन्दा पछि पत्ता लागेको महादेश हो । प्रतिकुल मौसम र जताजतै हिउले ढाकेको यस महादेशको धेरै कुराहरु अझै अनुसन्धान हुन सकेको छैन् ।
६.युरोप महादेश(Europe Continent):-क्षेत्रफलको आधारमा छैठो ठुलो महादेश युरोप महादेश हो । यस महादेशको कुल क्षेत्रफल १,४०,९८,००० वर्गकिलोमिटर रहेको छ । यस महादेशको लम्बाई ६४००किलोमिटर रहेको छ । यसको चौडाई चाही ४८००किलोमिटर रहेको छ । युरोप महादेश पृथ्वीको उत्तरी गोलार्धमा फैलिएको छ । युरोप महादेश ३९डिग्री उत्तरी अक्षांश देखि ७१डिग्री उत्तरी अक्षांश र ६५डिग्री पुर्वि देशान्तर देखि २०डिग्री पश्चिमी देशान्तर सम्म फैलिएको छ । प्रायदिपको पनि प्रायदिप भनेर चिनिन्ने यस महादेशलाई लामो सामुन्द्रीक किनारा भएको महादेश भनेर चिनिन्छ ।
विश्वको सबैभन्दा ठुलो देश रसिया विश्वको सबै भन्दा सानो देश वैटिकन सिटी आदि रहेका छन् । यस महादेशको सबैभन्दा सर्वोच्च माउन्ट एलबोटिस भनिन्छ । जसको उचाई ५६४२मिटर रहेको छ । यस महादेशको सबैभन्दा लामो नदी डेबीय नदी हो । यो नदी सात वटा भन्दा पनि धेरै देश भएर बग्दछ । त्यस्तै गरि युरोप महादेशमा रहेको युक्रेन देशलाई ब्रेड बासकेट अफ द वर्ड भनिन्छ । त्यस्तै गरि बेलजियमलाई बुर्फजम अफ युरोप भनेर भनिन्छ । क्षेत्रफलको आधारमा यस महादेशको सबै भन्दा ठुलोे देश रसिया हो ।भने सानो देश वैटिकन सिटि हो । युरोप महादेशमा ५०वटा भन्दा पनि बढी देशहरु रहेका छन् ।
७.अस्टेलिया महादेश(Australia Continent):-क्षेत्रफलको आधारमा विश्वको सबैभन्दा सानो महादेश अस्टे«लिया महादेश हो । यस महादेशको कुलक्षेत्रफल ७६,७६,८५० वर्गकिलोमिटर रहेको छ । यस महादेशको लम्बाई ३९००किलोमिटर र चौडाई ३१५०किलोमिटर रहेको छ ।यो महादेश दक्षिणी गोलार्धमा पर्दछ । यो महादेश १० डिग्री दक्षिणी अक्षांश देखि ४०डिग्री दक्षिणी अक्षांश र १४४डिग्री पुर्वी देशान्तर देखि १८०डिग्री पुर्वी देशान्तर सम्म फैलिएको छ । अस्ट्रेलिया महादेशलाई विचित्रताको महादेश पनि भनिन्छ । किनकि अरु महादेशमा त पाइने कङगारु,पेल्टीयस र डिङगो जस्ता जनावरहरु पाइन्छन् । यस महादेशमा अरु महादेशको उल्टो क्रृतुहरु पाइन्छन् । यस महादेशको सबै भन्द्या होचो आइरा ताल, यस महादेशको सर्वोच्च शिखरको उचाई २२२८मिटर रहेको छ । क्षेत्रफलको हिसाबले नाउरु देश सबैभन्दा सानो देश हो । सबै भन्दा ठुलो देश अस्ट्रिया हो ।