French Revolution/फ्रान्सेली क्रान्तिको सम्पुर्ण इतिहास
फ्रान्सको क्रान्तिको कुनै एउटा कारणले मात्र नभई यस क्रान्तिको पछाडी रानजीतिक,सामाजीक,प्रशासनिक र बौद्धिक जस्ता धेरै कारणहरु थिए ।
१.फ्रान्सको राजनितिक कारणः-त्यो समयमा वा जमानामा फ्रान्स निरंकुशता शासनको एउटा अजिब परम्परा कायम भइसकेको थियो । क्रान्तिको भन्दा पहिला फ्रान्समा बोर्बन्स राजवंशको शासन रहेको थियो । सन् १६४३मा Louis XIV फ्रान्सको राजा बने । यिनी राजाले सन् १७१५सम्म फ्रान्समा राज गरे । र यिनको शासन कालमा फ्रान्स युरोपमा शक्तिशाली देश बनिसकेको थियो । किनभने लुइस राजाले युद्ध गरि–गरि फ्रान्सको सिमाको विस्तार गरेका थिए । त्यसकारण फ्रान्सको इतिहासमा यिनी राजालाई सबै भन्दा महान राजा भनेर मान्ने गरिन्छ । तर यिनी राजाले फ्रान्सको सबै शक्ति आफ्नो हातमा लिए । जसले गर्दा यिनको विरोधमा कुनै शक्ति रहन पाएन । यस राजाले भन्ने गर्थे । म नै राज्य हु ईश्वरले मलाई शासन गर्न पठाएका हुन् । यिनी राजा हुनहार भएको कारणले गर्दा फ्रान्समा निरंकुश शासन शुरु गरेका थिए । अर्को कुरा लुइस राजाले धेरै युद्ध गरेको कारणले गर्दा फ्रान्सको आर्थिक स्थिति बिग्रदै गयो । यिनले आफ्नो शासनको बेला भव्य महल पनि बनाए । जसले गर्दा फ्रान्समा ठुलो मात्रामा कर्जा रह्यो । कर्जा चुक्ता नगर्दै लुइस राजाको पहिला नै मृत्यु भइगो ।
को मृत्यु पछिLouis XVसन् १७१५मा फ्रान्सको राजा बने । यिनी राजा अल्छी र विलासिता स्वभावका थिए । यिनी राजाले लगभग आफ्नो कार्यकालमा ६०वर्ष सम्म शासन गरेका थिए । यिनी राजाका मन्त्रीहरु पनि अल्छी र अयोग्उ स्वभावका निस्किए ।यो राजाले आफ्नो शासन कालमा ७वर्ष सम्मको युद्ध शुरु गरेका थिए ।ब्रिटियन सगँ जुन युद्ध सन् १७५६–१७६३सम्म चलेको थियो । जसमा फ्रान्सलाई ठुलो आर्थिक हानी उठाउनु परेको थियो । फ्रान्सको ढुकुटी रितियो । जसले गर्दा फ्रान्स कर्जामा डुब्न पुग्यो । अर्थात फ्रान्सको राजा र यिनीहरुको मन्त्रीहरुको विलासी जीवनको कारण फ्रान्सको आर्थिक स्थिति निरन्तर बिग्रदै गयो । जसलाई सुधार्नको लागी कुनै पनि प्रयास गरिएन । फ्रान्सका राजाहरु र मन्त्रीहरु जसले गर्दा आम जनताहरुको हालत दिन प्रति दिन बिग्रदै गइरहेको थियो ।
र यिनी राजाको पनि मृत्यु भयो । सन् १७७४माLouis XVIफ्रान्सको राजा बने । र यिनको शासनकालमा फ्रान्समा क्रान्ति भएको थियो । जब यिनी राजा बने यिनको उमेर मात्र २० वर्षको थियो । त्यसैले फ्रान्स जस्तो साम्राज्यमा शासन गर्नको लागी नत राम्रो अनुभव नत राम्रो शिक्षा नै थियो । र उमेर कम भएको कारणले गर्दा यिनी राजा फ्रान्सको प्रभावशाली मानीसहरुको कुरामा धेरै छिटो आउने गर्थे । र यो राजा फ्रान्सको राजधानी पेरिसकोबाट १२मिल दुरि बरसायीकोVersailesशानदार महलमा रहने गर्दथ्यो । यो महल ८किलोमिटरमा फैलिएको थियो । यो बरसायीको महल अन्य युरोपिय राजाहरुको महलहरुको तुलनामा अति भव्य र शानदार थियो । यस महलमा सैकडौ पाहुनाहरु बस्ने गर्थे । र हजारौ सङख्यामा नोकरहरु बस्ने गर्दथे । र यस राजमहलमा प्रत्येक वर्ष करोडौ रुपैया खर्च गरिन्थ्यो । यो राजा लुइस धेरै जसो समय यहि महलमा बिताउने गर्थे त्यहि भएर राजालाई आफ्नो जनताको समस्याको बारेमा थाहा हुदैन थियो । यि राजाको बिवाहMarie Antoinetteसगँ जब भयो ।यिनी रानी बनेपछि त्यति बेला ठिक नै थिन । तर जसरी समय बितदै गयो । Louis XVI आफ्नो प्रभाव बढ्दै गयो ।
यसको मतलब रानी Marie Antoinetteले जेजे भन्थीन त्यहि त्यहि गर्न थाले वा जबरस्ती पनि राजालाई काम गर्नु पथ्र्यो ।पछि फ्रान्सको लागी प्राणघातक पनि सावित भयो । अर्को कुरा रानी एकदमै सुन्दरी महिला हुनुको साथै धेरै होनहार पनि थिन । तर रानी बनेपछि आफ्नो आवश्यकता भन्दा अधिक खर्च गर्न थालीन ।जस्तै यिनी रानीले आफ्नो लागी महँगा–महँगा प्रफिम बनाउन लगाउने गर्दथिन । यो प्रफिम दुनियामा कहि पनि पाईदैन थियो । र यो रानीले प्रत्येक दिन नयाँ ड्रेस लगाउने गर्थीन ।र रानी बनेपछि विस्तारै घमन्ड र अंहकार मात्रा बढ्दै गयो । साथसाथै भोक र विलासमा डुब्दै गयिन । त्यहि भएर पुरै फ्रान्समा यिनी रानी छिटै आलोचनाको विषय बन्दै गयिन । किनभने जो देश यति धेरै कर्जामा डुबेको हुन्छ । जसको आर्थिक स्थिति खराब हुन्छ । जस देशको जनताको अवस्था बेहाल छ । त्यस देशको रानी अधिक पैसा खर्च गर्छे ।भने त्यस देशको जनतालाई काहाँ मन पर्छ ?र अर्को कुरा फ्रान्सको जनतालाई कुनै प्रकारको राजनितिक अधिकार प्राप्त दिइएको थिएन । राजदरबार जो कोही व्यक्तिलाई पनि बन्दी बनाउने् गर्दथ्यो । विना गल्तीको सजाय दिने गर्थे । त्यस्तो अवस्थामा मानीसहरुलाई न्याय पाउने त कुनै आशा थिएन । कानुन र नियम खाली विशेष अधिकार प्राप्त व्यक्तिहरु को सहयोगको लागी मात्रै बनाइएको थियो । जसमा देशको धनि व्यक्ति,मन्त्रीहरु जस्ता गनिन्ने मानिन्ने मानिसहरु पर्दथे । र यस्तो अवस्थामा क्रान्ति हुनु आवश्यक थियो । तर यो समयसम्म कोही पनि मानीसहरु संगठित भएका थिएनन् ।
२.सामाजिक कारण :-यस समयमा फ्रान्स मुख्यतया ३वर्ग मा विभाजित गरिएको थियो ।
१.पहिलो वर्गमा मा चर्चको पादरी ,र धर्मको अधिकारी आउने गर्दथे । यस वर्गलाई विशेष अधिकार प्राप्त थियो । किनभने क्रान्ति भन्दा पहिला यो पहिलो वर्ग फ्रान्सको सबै उच्च समाज मान्ने गरिन्थ्योे । जसले गर्दा यो वर्ग धेरै धनी र शक्तिशाली बनिसकेको थियो । त्यो समयमा फ्रान्सको जनसङख्या लगभग २.५करोड को आसपासको अनुमान गरिएको थियो ९१०प्रतिशत जमिन यिनी पहिलो वर्गको व्यक्तिहरुको अधिकार थियो । जसले गर्दा यिनी पहिलो वर्गका व्यक्तिहरुलाई अधिक कमाई हुने गर्दथ्यो । अर्को कुरा यि चर्चाका पादरी र धर्मका अधिकारीहरु धर्मको नाममा फ्रान्सका किसानहरु सगँ हरेक बालीको धार्मिक कर पनि असल गर्ने गर्थे । तर यिनी पादरी र धर्मका अधिकारीहरु माथी कुनै पनि प्रकारको कर लिइदैन थियो । यानिकी यो पहिलो वर्गले सरकारलाई कुनै पनि कर दिदैन थियो । तर सन् १७८०को दशमा चर्चको नैतिक पतन शुरु भएको थियो । किनभने यिनको कमाईको धेरै जसो भाग जनहितमा खर्च गर्नु पर्ने थियो । ठुला अधिकारीहरुको पकेटमा जाने गर्दथ्यो । जसले भोक विलासिताको जीवन बिताउने गर्थे । यो देखेर फ्रान्सको आम जन र गरिबीको खुन उमल्ने गर्थो । तर चाहेर पनि केही गर्न पाइरहेका थिएनन् ।
२.दोस्रो वर्ग (Nobles) :-यो दोस्रो वर्ग वा कुलीन वर्गमा राजदरबारी,यानकि मन्त्री सामन्त र ठुला–ठुला पदाधिकारी आउने गर्दथे । क्रान्ति भन्दा पहिला यिनीहरुको जनसङख्या लगभग ४लाखको आसपासको थियो । मतलब फ्रान्सको २प्रतिशत मानीसहरु दोस्रो वर्गमा आउने गर्दथे । २५प्रतिशत जमिनमा कुलिन वर्गको अधिकार थियो । जसले गर्दा यिनीहरु पनि भोक विलासिताको जिवन जिउने गर्दथे । यो कुलीन वर्गलाई पनि विशेष अधिकार प्राप्त थियो । पहिलो वर्ग जसरी यो वर्गले पनि सरकारलाई कुनै पनि कर तिर्दैन थियो । यिनीहरुले पनि आफ्नो तरिकाले किसानहरुलाई शोषण गर्ने गर्थे । यसको मतलब पहिलो वर्ग र दोस्रो वर्गका व्यक्तिहरुले कुनै काम गर्दैनथे । त्यपछि पनि यिनीहरु राम्रो जीवनयापन गरिरहेका थिए । तर त्यहि किसानहरु दिनरात काम गरेर गरिब र लाचारको जिबन चलाउन बाध्य थिए नभएको कारणले गर्दा यो पुरानो प्रर्थालाई हटाउन चाहन्थे । तर यिनीहरुसगँ आफ्नो हातमा कुनै शक्ति थिएन । जसले गर्दा चुपचाप भएर सहनुको विकल्प थिएन ।
३.तेस्रो वर्ग थियो गरिब र मध्यम वर्ग वा पहिलो र दोस्रो वर्ग बाहेक बाँकी सबै वर्गलाई तेस्रो वर्गको सदस्य मान्ने गरिन्थ्यो । ९७प्रतिशत को जनसङख्या यहि वर्गमा आउने गर्दथे ।यो तेस्रो वर्गलाई कुनै किसिमको अधिकार प्राप्त थिएन । यस वर्गमा व्यापारी ,वकिल, लेखक, शिक्षक, र किसान र मजदुर सबै तेस्रो वर्गको सदस्यहरु थिए । जसमा९०प्रतिशत त किसान र मजदुर थिए । यो तेस्रो वर्गको जनसङख्या धेरै भएको कारणतर यिनीहरु बिच आपसी असमानता पनि एकदमै अधिक रहेको थियो । जस्तै यस तेस्रो वर्गमा व्यापारी ,वकिल ,लेखक जस्ता पढेलेखेका मानीस सथए । यिनीहरुको अवस्था राम्रो थियो । यिनीहरुलाई धेरै समस्या थिएन । किनभने पहिलो र दोस्रो वर्ग पादरी र राजदरबारीहरुको सबै काम यि पढेलेखेका मानीसहरुले गर्ने गर्थे । त्यसकारण यि पढेलेखेका मानीसहरुलाई थोरै मात्रामा भएपनि सुविधा पाउने गर्दथे । यि तेस्रो वर्गमा पर्ने पढेलेखेका मानीसहरुमा कोही धेरै धनिहरु पनि थिए । धनि हुदा हुदै पनि यिनी पढेलेखेका मानीसहरु असन्तुष्ट थिए । किनभने हामिहरु पनि धनि छंम तर पहिला र दोस्रो वर्गका मानीसहरुलाई जुन विशेष अधिकार सम्मान हामिलाई पनि पाउनु पर्छ । भनेर माग गर्ने गर्दथे । जुन माग जायज पनि थियो । यहि कारण थियो ।क्रान्तिको समयमा समानताकोEqualityनारा बुलन्द गरियो । र यस नारालाई बुलन्द गर्ने ।यिनी तेस्रो वर्गमा पर्ने पढेलेखेका मानीसहरु थिए ।
र बाँकी तेस्रो वर्गमा जो किसानहरु मजदुरहरु ,कार्यगरहरु थिए । जसको जनसङख्या सबै भन्दा अधिक थियो । यिनीहरुलाई राजपरिवार ,राजदरबारीहरु पादरीहरु र कुलीन वर्गको सबै काम गर्नु पर्दथ्यो । तैपनि कुनै पैसा पाउदैन थिए । काम गरेबापत , त्यहि भएर तेस्रो वर्गमा पर्ने किसानहरु मजदुरहरु ,कार्यगरहरुको अवस्था दयनिय थियो । किनभने यिनीहरुले राजा ,चर्च सामान्तरहरु लाई कैयौ प्रकारको कर तिर्नु पथ्र्यो यिनीहरुलाई नत कुनै अधिकार थियो नत कुनै सुविधा पाउने गर्दथे । यसको साथै कुलीन वर्ग र पादरी वर्गहरुले सधै यो तेस्रो यर्गका किसानहरु ,मजदुर ,कार्यगरलाई सधै शोषण गर्दै आइरहेका थिए । जसले गर्दा यिनीहरुलाई नत पेट भरि खाना खान पाउने गर्थे । नत शरिर ढाक्नलाई राम्रो कपडा नै र भोक र विलास त यिनीहरुको जीवन देखि कोषौ टाढा थियो किनभने यिनीहरुको आयको ८५प्रतिशत हिस्सा कर को रुपैया जाने गर्दथ्यो । त्यहिकारण पहिलो र दोस्रो वर्ग प्रति यिनीहरुको नफरत दिन प्रति दिन बढ्दै गइरहेको थियो । त्यहि भएर पनि होला जब फ्रान्समा क्रान्ति भयो त्यति बेला यिनी किसानहरुले मनैदेखि यस क्रान्तिलाई स्वागत गरे ।
३.दार्शनिक र लेखकहरुको भुमिका :-क्रान्ति भन्दा पहिला फ्रान्समा कैयौ लेखक, विचारक र दार्शनिकहरुले क्रान्तिको भावनालाई जागृत गर्नमा ठुलो प्रयास गरे ।यिनीहरुले हजारौ वर्ष पुरानो व्यवस्थामा प्राणघातक प्रहार गरे । यिनीहरुले मानीसहरुको असन्तुष्टी लाई आफ्नो शष्द मार्फत अति सुन्दर तरिकाले प्रस्तुत गरे । र यो व्यवस्थाको सुधारको लागी एउटा ठुलो जनमत तयार गरे ।जस मध्ये पहिलो व्यक्तिMontesquieu थिए । यिनी पेसाले एउटा न्याधिस थिए । यिनको लोकप्रिय किताब The Spirit of the laws यिनको फ्रान्सको राजाहरुको अधिकार र फ्रान्सको समाज व्यवस्थाको बारेमा खुबै आलोचना गरे र यिनी आफै चाहन्थे देशको निरंकुश शासनको अनत्य गरि देशमा संवैधानिक शासन लागु गर्नु पर्छ । जसले गर्दा सबैजना मानीसहरुलाई समान अधिकार मिलोस ।
दोस्रो व्यक्ति Voltaireएक महान लेखक ,दार्शनिक ,इतिहासकार र आलोचनाकार थिए । र आफ्नो आलोचनाको कारण यिनी कयौ पटक कारोबारको सजाय पनि भोग्नु पर्यो । Voltaireलाई हरेक प्रकारको अत्याचारबाट नफरत थियो । किनभने यिनी आजादीको सर्मथक थिए । भन्ने गरिन्छ । यिनको लेखन तलबारको धार भन्दा पनि धारिलो हुने गर्दथ्यो । उनले आफ्नो समयमा अन्याय र अत्याचार विरोधमा यस्तो लेखेका थिए । जसले पनि पढ्यो । भने त्यसको रगत तातो हुने गर्दथ्यो ।

तेस्रो व्यक्ति Rousseau थिए । Rousseauलाई त्यति बेलाको समयको महान विचारक मान्ने गरिन्छ । यिनको भनाई थियो । एउटा आर्दश समाजको निर्माण हुनु पर्दछ । यिनको चर्चित किताब The Social Contractलेखेका छन् । कि सबै मानव स्वतन्त्र र एक समान हुन् । राजाको कर्तव्य हरेक मानीसको रक्षा गर्नु हो । यदि यस्तो गरेनन् भने जनतालाई पनि अधिकार हुनुपर्छ कि राजालाई पनि सजाय दिन पाउने यानिकी फ्रान्सको लाखौ मानीस Rousseauको कारणले जागृत भएका थिए । त्यहि भएर क्रान्तिको केहि वर्ष पछि नेपोलियनले भनेका थिए । कि यदि फ्रान्सका Rousseauको जन्म नभएको भए फ्रान्समा क्रान्ति आउने थिएन ।
चौथो व्यक्तिDiderotथिए । Diderotको लेखनमा धर्म वा राजनितिक सम्बधित आलोचना थियो । यस बाहेक Diderotले निंरकुश शासन चर्चको अनैतिकता ,सामन्ती व्यवस्था , सामाजिक असमानता र भ्रष्टाचार प्रति कठोर प्रचार गरेका थिए । जसलाई पढेपछि मानिसहरुलाई नयाँ दृष्किोण मिलेको थियो । यस बाहेक केहि यिनको विचारमा सबैलाई इच्छा अनुसार काम गर्न पाउनुपर्छ । यदि राजाले भनिरहेका छन् । भने इश्वरले मलाई शासन गर्न लाई पठाको हो भनेर राजासगँ प्रमाण माग , के प्रमाण छ । भनेर यिनी विचारमा राजाको शासनमा प्रश्न उठाए कि कसले तिमिलाई शासन गर्ने अधिकार दियो । उस्ता धेरै विचारहरुयिनले आफ्नो किताबमा लेखे जुन किताबलाई पढेलेखेका मानीसले पढ्ने गर्थे । र जो नपढेको नागरिक थिए । तिनीहरुलाई पढेर सुनाउने र आफ्नो विचारहरु राख्ने गर्दर्थे । र फ्रान्सका यिनै दार्शनिक र लेखकहरुले त्यहाँका जनताहरुलाई आजादीको सपना देखाए ।किनभने यिनी विचारकद्धारा भनेका स्वतन्त्रता ,समानता सहिष्णुता उन्मुक्त व्यापार र जनचेतनाको विचार पुरानो व्यवस्थालाई उखालेर फाल्नमा बलियो हतियार भए । वास्तवमा यि लेखक र दार्शनिकहरुले नै क्रान्तीलाई जन्म दिएका थिए ।
४.फ्रान्सको आर्थिक कारणहरु:-फ्रान्सका राजाहरुले कि महल बनाउँदामा अधिक खर्च गरेका त कोही राजाले युद्धको कारणले आफ्नो देशको ढुकुटी रिताएका थिए । यस बाहेक अन्य विभिन्न कारणले पनि फ्रान्सको हालत खराब थियो । यसकारण तेस्रो वर्गका मानीसहरु किसानहरु र मजदुरहरु मा करको बोझ बढ्दै गइरहेको थियो । हाजारौ मानीसहरु बेरोजगार थिए । त्यहि कारण राजा लुइसले तुरुन्तै टर्गोट लाई फ्रान्सको वित्तिय मन्त्री बनाइयो । किनभने टर्गोट त्यतिबेलाको समयको प्रसिद्ध अर्थशास्त्री र राजनितिज्ञ थिए । यिनले लगभग २वर्ष सम्म वित्तिय पदसम्म रहदा फ्रान्सको आर्थिक स्थिति सुधार्नको लागी धेरै प्रयास गरे देशको उधोग र व्यापार लाई बढाउनको लागी मानीसहरुलाई फरक –फरक सुविधा दिने कोशिष गरे र जनतालाई लगाइएको कर पनि क मगर्ने कोशिष गरेका थिए । टर्गोटले फ्रान्सको आर्थिक समस्या कम गर्नको लागी राजा लुइस सामु दुईवटा कुरा राखे
सरकारी खर्च कम गर्ने ।
सार्वजनिक धनको वृद्धि गर्ने ।
त्यसबेलाको समयमा फ्रान्स सरकारको आय बढाउनको लागी कृषि, उधोग र व्यापारमा फरक–फरक प्रतिबन्ध लगाइएको थियो । त्यस्ता प्रतिबन्धलाई कम गर्ने टर्गोटले राम्रो सगँ गरे जसले गर्दा सरकारको आयमा बृद्धि पनि भयो । तर त्यतिबेला सम्म फ्रान्सको सबै मानीसहरु टर्गोट को बनीसकेका थिए । अहिले सम्म सरकारले खर्चबाट भोक ,विलासिताको जीवन जिउने गरेका थिए । जसमा राजाका मन्त्री चर्चका पादरी र फ्रान्सका बाँकी धनीमानिसहरु पनि संल्गन थिए । जो सरकारको पैसामा नै बाचीरहेका थिए । यिनीहरुले देशको लागी फेरि काम गर्नु थिएन । खाली सरकारको पैसामा भोक ,विलासी जीवन जिउनु थियो । यहि कारण सबै मिलेर टर्गोट लाई सत्ताबाट हटाउन चाहन्थे । टर्गोट आफ्नो कार्यकालमा राम्रो –राम्रो काम गरेको थिए । जस्तै उनले खाद्यनको पदार्थको व्यापारमा लागु प्रतिबन्ध हटाएर अनाजको व्यापारको उत्पादनमा धेरै छुट दिइएका थिए । जसले गर्दा मानीसहरुलाई नयाँ उधोगहरु खोल्ने प्रोत्साहन मिल्यो । यसबाहेक यिनले पहिला फ्रान्समा कुलिन वर्ग थिए । वा धनी वर्गहरु ,जमिनदारहरु ले कुनै प्रकारको कर दिदैन थिए । मात्र फ्रान्सका मजदुर, किसान ,गरिब मानीसहरुले कर दिन्थे । त्यहिकारण कुलिन वर्ग र जमिनदारहरु माथी पनि एकनासको कर लगाइदिए सन् १७७६मा टर्गोट ले कैयौ विशेष अधिकार समाप्त गर्नको लागी करमा कमि गर्न ,नमक कर हटाउने ,किसानहरुलाई आर्थिक सहयोग प्रदान गर्न जस्तै कैयौ प्रस्ताव राजा सामु राखे जसले गर्दा फ्रान्सलाई सकियास् । तर फ्रान्सको विशेष अधिकार पाइरहेका थिए ।
जस्तै धनि मानिसहरु,पादरीहरु ,मन्त्रीहरु टर्गोट को विपक्षमा भइदिए ।र सबै मिलेर रानीMarie Antoinetteआफ्नो पक्षमा गराएर रानी र यि सबै मिलेर राजा लुइस माथी दबाब गरे । र टर्गोट लाई मन्त्री पदबाट हटाइदेउ भने । यस्तो बेला राजाले रानीको कुरा टाल्न सकेनन् । र मंजबुरीमा आफ्नो योग्य मन्त्री टर्गोट लाई हटाउनु पर्यो । टर्गोट पछि नेक्कर(Necker)लाई फ्रान्सको वित्तिय मन्त्री बनाइयो । यिनले पनी फ्रान्सको आर्थिक स्थितिलाई सुधार्ने कोषिष गरे । तर यिनले आम जनताको सामाजिक असनतुष्टी जनक प्रनलाई हल गर्नको लागी कत्ति पनि कोषिष गरेनन् । नेक्करले गरिबी, मजदुर, आम जनताको लागी केही पनि गरेनन् ।
त्यतिबेला अमेरिका आफ्नो आजादीको लागी ब्रिटियन सगँ लडिरहेको थियो । र ब्रिटियन फ्रान्सको देश्मन थियो । त्यतिबेला नेक्करले राजा लुइसलाई सल्लाह दिएका दिए । यदि अमेरिकालाई फ्रान्सले सहयोग गर्ने हो । भने । फ्रान्सको कर्जा अरु पनि बढ्ने छ । तर राजा लुइसले नेक्कर नमानेर अधिक मात्रामा कर्जा लिइएर अमेरिकालाई सहयोग गर्न हरु गर्यो । किनभने फ्रान्स आफ्नो दुश्मन ब्रिटियनलाई बर्बाद गर्न चाहन्थ्यो । तर यस्तो गर्नाले फ्रान्सको कर्जा अधिक मात्रामा बढ्यो । त्यो समयमा फ्रान्सको करेन्सीLivresथियो । अमेरिकालाई सहयोग गर्न भन्दा पहिला फ्रान्समा २अरबLivresकर्जा थियो ।तर अमेरिकाको सहयोग गरेपछि फ्रान्समा १०अरब को कर्जा बढेको थियो ।त्यसकारण वित्तिय मन्त्री नेक्करले पनि फ्रान्सको सरकारी खर्चमा क मगर्ने प्रस्ताव गरे । र फ्रान्सको आय र खर्चको रिर्पोटलाई पुरै र फ्रान्समा प्रकाशित गराइदिए । त्यहि भएर फ्रान्सका कुलीन वर्ग,पादरी मन्त्रीहरुले नेक्करको पनि दुश्मन बनिगे । किनभने सरकारी आय र खर्च जनताको सामु कहिले राखेका थिएनन् । र नेक्करको रिर्पोटमा कुलिन वर्ग र पादरीलाई पाइने पेन्सन् र भत्ताहरु पनि उल्लेख गरिएको थियो । र रिर्पोटमा यो पनि भनिएको थियो । भत्ता र पेन्सन् पाएबापत जनता र देशको लागी कुनै प्रकारको सेवा वा काम गर्दैनन् । त्यहिकारण नेक्करको विपक्षमा भई रानीलाई आफ्नो पक्षमा बनाई फेरि नेक्करलाई पनि वित्तिय मन्त्रीबाट हटाइयो । सन् १७८१मा केलोन(Calonne)लाई वित्तिय मन्त्री बनाइयो । यिनको कार्यकालमा १६०मिलियन Livresको घाटा भएको थियो । अगस्त १७८६मा फ्रान्सको सरकारी पैसा खाली भयो । केलोन पछि Brienne लाई वित्तिय मन्त्री बनाइयो ।
यिनले पनि फ्रान्सको आर्थिक स्थिति सुधार्न सकेनन् । समय वितदै जाँदा The Estate Generalको माग गरियो । कहिले पनि राजाको विरोधमा नबोलेको फ्रान्सको जनताले किन आफ्नो राजाको विपक्षमा बोल्ने साहास गरेका थिए । भने फ्रान्सले अमेरिकालाई सहयोग गरेको थियो । आफ्नो देशको १२हजार सेना र ३२हजार स्वयम सेवक अमेरिकामा पठाएको थियो । जब अमेरिका लाई जिताएर यि सेना र स्वयम सेवक फ्रान्समा आए र फ्रान्सका आम जनतालाई क्रान्तीको लागी उत्साहित गर्न शुरु गरिदिए । सेना पनि आम जनताको पक्षमा खडा भएको कारणले गर्दा यस्तो सबै देखेर अन्तमा राजा लुइस लाई जनताको मागको सामु झुक्नु पर्यो । राजा लुइस XVI The Estate Generalअधिवेशनलाई बोलाउनको लागी मंजुरी दिए ५मे सन् १७८९मा The Estate Generalअधिवेशन शुरु भयो । राजा लुइसले कल्पना पनि गरेका थिएनन् । Estate Generalअधिवेशन क्रान्तीको मुख्य ढोका बन्छ । भनेर किनभने राजाको गल्ती यति मात्रै यिनले मजौदा व्यवस्था बाट खुसी विशेष अधिकार प्राप्त पादरी र कुलीन वर्गलाई बिना कुनै अधिकार वाला आम जनतालाई खडा गरिदिए । मजौदा व्यवस्थालाई पुरै रुपले सुधार्न चाहन्थे । तर पादरी र कुलीन वर्गका व्यक्तिहरु पुरानै व्यवस्थालाई निरन्तर लग्न चाहन्थे । तर तेस्रो वर्गका आम जनताहरु पहिलो र दोस्रो वर्गका व्यक्तिहरुको विशेष अधिकारलाई समाप्त गर्न चाहन्थे । तर यहि कुराको टुङगो नलाग्दा सम्म अधिवेशन कुनै पनि निर्णय गर्न सक्दैन थियो । मे ६मा यो सर्घष शुरु गरियो र जुन को अन्तय सम्म चलिरह्यो । तर अधिवेशनमा ३वटै वर्गबाट प्रतिनिधि नआउँदा सम्म अधिवेशन टेङगो नलाग्ने भनिएको थियो । त्यहि भएर ३जुन सन् १७८९मा पादरी र कुलीन वर्गको प्रतिनिधिहरुलाई अन्तिम पटक निमन्त्रणा पठाए ।
यदि अधिवेशनमा कोही नआएपछि पहिलो र दोस्रो वर्ग बिनानै अधिवेशन गरिनेछ । तर सबै वर्गका प्रतिनिधिहरु अधिवेशनमा नआको भएर आम जनताले आफै निर्णय गरि सन् १७जुन मा १७८९मा आफुले आफुलाई राष्ट्रिय महासभा घोषणा गरिदिए तर यो कुरा राजा लगाएत पहिलो वर्ग र दोस्रो वर्गका व्यक्तिहरुलाई जनताको निर्णय कत्ति पनि मन नपरेको कारणले गर्दा राजा लुइसले सभा भवनमा ताला लगाइ दिए । आम जनता सभा भवनमा जाँदा ताला लगाएको देखेर सभा भवनको नजिकमा टेनिस खेल खेल्ने ठाउँ थियो । त्यहि भएर आफ्नो अधिवेशन गरे । त्यति बेला जनताले सपत लिदै भनेका थिए । हामि हाम्रो माग जारी राख्ने छौ । र जहिले सम्म देशको संविधान बन्दैन् । त्यो समय सम्म हामी सुख मनले बस्ने छैनौ । त्यहि भएर यस घटनालाइ इतिहासमा”The Tennis Court Oath“समेतको रुपमा चिन्ने गरिन्छ । संविधान सभालाई रोक्न लाई राजा लुइसले विदेशबाट अधिक मात्रामा सेनाहरु आफ्नो देश फ्रान्समा भगाए ।
यस बाहेक राजा लुइसले वित्तिय मन्त्री नेक्कर लाई पनि ११जुलाई १७८९मा आफ्नो पदबाट निकालिदिए । नेक्कर लाई पदबाट निकाले पनि जनतालाई पनि डर थियो । नेक्कर लाई आफ्नो पदबाट निकाली दिए । अब राजा लुइसले बाहिरबाट पनि सेनाहरु मगाएका छन् । अब हामी पनि हतियार लिइएर सडकमा निस्कनु पर्छ । सन् १७८९ १४जुलाई मा आम जनता हतियार लिएर पेरिसको सडकमा घुमिरहेका थिए ।
यहि १४ जुलाईको दिन पेरिसको उत्तेजित भिडले वेस्टीज नामको प्राचिन किल्लामा हमला भनिदिए । यो किल्लाको सैनिक दृष्टिकोणबाट कुनै महत्तव थिएन । तर यो किला राजाको अन्याचारको प्रतिक मानिन्थ्यो । किनभने यहि दिन जनताले क्रान्तीमा आफ्नो नियन्त्रण गरिसकेका थिए । यहि दिन १४जुलाई मा राष्ट्रिय अवकाशको दिन भनेर घोषणा गरियो । फ्रान्सको पुरानो राजाको सेता झन्डाको ठाँउमा रातो ,सेतो र निलो रङको नयाँ झन्डा लगाइयो । यहि दिन देखि प्रत्येक १४जुलाईमा फ्रान्समा आफ्नो स्वतन्त्रता दिवस मनाउने गर्दछ । किनभने फ्रान्सको लागी यो दिन आजादी भन्दा कम थिएन । केहि दिन पछि सबै जातिय भेद्भाव लाई हटाइयो । र फ्रान्सको सबै वर्गलाई पहिलो पटक एक समान मानियो ।
तर केहि समय बितदै जादाँ भनाईमा मात्र सिमित हुने हो । तर औपचारिक रुपमा कानुनी रुप दिनको लागी आम जनताको ध्यान नगएको कारणले गर्दा अझै पनि देशमा बेरोजगार पाउरोटीको मुल्यले अझै आकाश छोइरहेको थियोे । यस्तो समस्याबाट दिक्क मानेर ५अक्टुबर १७८९का दिन राजधानी पेरिसमा लगभग ७हजार महिलाहरु आन्दोलन गर्नको भेला भएर हामीलाई पाउरोटी देउ भन्ने नारा लगाएर राजाको महल तिर अगाडि बढ्यो । यो भिडले महलको गेटलाई भाचिदिए । र महलको कैयौ सेकरोटी गार्डलाई पनि मारिदिए । र राजा लुइस र रानीलाई जबरजस्ती बन्दी बनाएर पेरिसमा ल्याइयो । त्यति बेला संविधान सभा पनि पेरिसमा काम गरिरहेको थियो । र यो सभाले फ्रान्सको नागरिकको अधिकार को घोषणा गरिदिए । स्वतन्त्रता,सम्पति,सुरक्षा र अत्याचारको विरोद गर्नु आम जनताको अधिकार हो ।
घोषणा पत्रमा भनिएका थिए मानिस जन्म देखि नै स्वतन्त्र हुन्छ । जब सम्म उ अरुको स्वतन्त्रतामा बाधक नबन्दा सम्म आफ्नो मनले कोही व्यक्तिलाई गिरफ्तार गर्न पाइदैन । कानुन अनुसार एक समान मानिन्ने छ । प्रत्येक मानिसलाई बोल्न, लेख्न र प्रकाशनको आजादी दिइने ।जस्ता यस घोषणा पत्रमा कुल १७अलक–अलक धाराहरु बनाइएका थिए । यस संविधानलाईDeclaration of Rights of Man and the Citizeनाम दिइएको थियो । तर यसमा महिलाहरुलाई कुनै अधिकार दिइएको थिएन । सन् १७९१मा यो संविधान बनेर तयार भयो । र फ्रान्सको इतिहासमा यो पहिलो लिखित संविधान थियो । यस संविधानमा धेरै धाराहरु लेखिएका थिए । यस धारामा महत्तवपुर्ण धारा यो थियो । कि देशको राजालाई सरकारी धनलाई आफ्नो मनमानीले खर्च गर्न नपाइने र राजालाई एउटा अधिकार दिइयो । यदि संविधान सभा कुनै कानुन पास गर्छ भने यदि त्यो कानुन राजालाई मन परेन भने ४वर्ष सम्म लागु हुन राजाले राक्न पाउँछ ।
त्यसपछि यस नयाँ संविधानलाई बाध्य भएर लुइस ले स्वीकार गरे । यस्तो संविधान पास भए पछि राजा लुइस ले देश छोड्ने निर्णय गरि भेष बदलेर रानी र राजकुमार सहित फ्रान्सको सिमा पार गर्न भन्दा पहिला गाउँका मानीसहरुले थाहा पाएर । यो हाम्रो राजा हुन ।त्यसपछि राजालाई फिर्ता पेरिस ल्याइयो । र राजालाई नजरबन्द कैदी जसरी राखियो । तर यो राजा भाग्ने घटनाले आम जनतामा राजा प्रति कुनै विश्वास रहेन । त्यहि भएर आम जनताले राजतन्त्रलाई खतम गरेर लोकतन्त्र ल्याउने विचार गरे । Jacobin Club का लिडर Robespirre थिए । Jacobin Club जसरी भए पनि राजालाई हटाउन चाहन्थे । तर पुरानो संविधानबाट राजालाई हटाउन सकिदैन थियो । हटाउनको लागी नयाँ संविधान ल्याउनु आवश्यक थियो । नयाँ संविधान बनाउनको लागी एउटा अस्थायी समिति बनाइयो । र जसको अदक्षय Danton लाई बनाइयो । र यस अस्थायी समितिलाई Commune को शासन भनेर पनि भनिन्छ । यिनी Commune सत्तामा आएपछि पुरानो संविधानले व्यवास्ता गर्दै राजा लुइस र रानीलाई ट्याम्पील नामक पुरानो किल्लामा बन्दी बनाएर पठाईदिए र राजाको समर्थकहरुलाई पनि जेलमा हालिदिए । किनभने यिनी कम्युन लोकतन्त्रका समर्थक थिए ।
यिनी चाहन्थे राजा र राजाका सबै समर्थकलाई हटाइयोस् । जसले गदौ फ्रान्समा लोकतन्त्रको स्थापना होस् । सन् १७९२,२१ सेक्टेम्बर मा नयाँ समिति बनाइयो । जसलाई राष्ट्रिय महाधिवेशन (National Convention)को नामले चिनिन्थ्यो । यस महाधिवेशन सत्तामा आउन वित्तिकै फ्रान्सलाई गणराज्य घोषणा गरिदिए । मतलब यस दिन देखि राजशाही सकियो ।र लोकतन्त्रलाई स्वागत गरिदिए । र तुरुन्तै राष्ट्रिय महाधिवेशनले एउटा नयाँ संविधान बनाउने । शुरुवात गरे तर त्यो समयमा फ्रान्सको राजनितिमा साना सङगठन उठेका थिए ।यि संङगठनको आपसी मतभेद्का कारण महाधिवेशन नयाँ संविधानको काम शुरु गर्न पाइरहेको थिएन ।त्यो समयमा फ्रान्सको राजनितिमा ज्याकोविन क्लब र जेरोन्डीन्स क्लब एक अर्काका कटटर दुश्मन बनिसकेका थिए । यिनीहरु दुबै जना क्लबका नेताहरु एक अर्कालाई मन पराउदैनथे । जसले गर्दा संविधानको काम अगाडी बढ्न सकेको थिन । ज्याकोविन राजा लुइसलाई फ्रान्सको क्रान्तीको सबै भन्दा ठुलो दुश्मन मान्दथ्यो । यसकारण ज्याकोविन ले माग गर्यौ । बिना अभियोग चलाएर राजा लाई मृत्यु सजाए दियोस् । तर केही जनताहरु यसको विरोधमा थिए । त्यहि भएर राजालाई सजाय दिने वा नदिने भन्ने कुरामा मतदान गराइयो ।
यस मतदानमा जम्मा ७२१ जनाले मतदान गरे । जस मध्ये ३८७जनाले मृत्यु सजाय दिने भनेर मतदान गरेका थिए भने ३३४जनाले मृत्यु को सजाय नदिने भनेर मतदान गरेका थिए । यानिकी धेरै जसो राजालाई मृत्यु सजाय दिने पक्षमा भएकोले सन् १७९८ २१ जनबरी मान राजा लुइसलाई सुलीमा चढाइयो । र त्यो समयमा गुलेटिन(Guillotine)द्धारा सजाय दिने गरिन्थ्यो । तर राजा लुइसको मृत्यु ले नराम्रो परिमाण दियो । किनभने इतिहासमा पहिलो चोटि यस्तो नराम्रो घटना घटेको थियो । जसमा देशको सबैजना मानीसहरु मिलेर राजालाई मृत्युको सजाय दिइएका थिए । यस घटनालाई देखेर फ्रान्सका छिमेकी देशका राजाहरुलाई चिन्ता हुन थाल्यो । कि हामिहरु सगँ पनि यस्तो व्यवहार नहोस् हाम्रो देशका जनताहरु पनि क्रान्ती गरेर हामिलाई पनि मार्छन् कि भन्ने डर भएकोले इङगल्यान्ड,स्पेन ,जर्मनी जस्ता देशहरु मिलेर फ्रान्सको बिरुद्धमा युद्धको चुनौति दिए । र फ्रान्सको राजाको मृत्यु पछि फ्रान्समा गृह युद्धको ज्वाला उठ्यो । फ्रान्सको लगभग किसानहरुले नयाँ संविधान को विरोधमा विद्रोह गर्न शुरु गरिदिए । जसले गर्दा फ्रान्समा गृह युद्ध चलिरहेको थियो । यानिकी देशको बाहिर र भित्र युद्ध चलिरहेको थियो ।
सन् १७९३मा नयाँ संविधान बनाइयो । जसमा फ्रान्सको सबै नगरहरुको अधिकार र जनताको अधिकारलाई सुरक्षित राख्ने व्यवस्था गरियो । र कुनै पनि कानुनलाई जनताको स्वीकृति पछि नै लागु गर्ने प्रावधान गराइयो । र फ्रान्समा २१वर्ष भन्दा माथिका प्रत्येक युवाहरुलाई मतदान गर्ने अधिकार दिइयो । र यस्ता धेरै कानुन बनाइयो जसले गर्दा फ्रान्सको जनताहरु खुसी भए र विस्तारै जनताहरु शान्त भए । जनताहरुमा जुन अविश्वास थियो । सरकार प्रति त्यो पनि सकियो । र यस संविधानले गर्दा फ्रान्स भंयकर गृह युद्धबाट बचेको थियो । तर फ्रान्सको लागी सबै ठुलो समस्या अझै सकिएको थिएन । छिमेकाी देशहरु सँग जुन युद्ध चलिराखेको थियो त्यो सकिएको थिएन । त्यसकारण फ्रान्सको सरकारले फ्रान्सको सेनाहरुको पुनःगठन गरि नयाँ सेनाले छिमेकी सेनाहरुसगँ युद्ध गर्न शुरु गर्यो । र छिमेकी सेनालाई रोक्न पनि सफल चए फ्रान्सको भित्र जुन सरकार थियो । उसले चाहन्थ्यो कि सरकारको सबै विरोधी र नेताहरुलाई खतम गर्ने ।
किनभने यस्ता व्यक्तिहरु ले गर्दा अर्को चोटि गृह युद्ध गर्न नपरोस् । जसले गर्दा अनेकौ मानिसहरुलाई गुलेटिनले मृत्युको सजाय दियो । १६अक्टुबरमा फ्रान्सकी रानी जो अहिले सम्म जेलमा थिन उनलाई पनि सुलिमा चढाइयो । यस्तो मृत्यु दिने घटना पेरिसमा मात्र नभएर फ्रान्सको प्रान्तीय राजधानीहरु मा पनि प्रतिदिन कैयौ मानिसहरु लाई सुलिमा चढाइएको थियो । जसमा प्राय त्यस्ता व्यक्तिहरु थिए । जसले क्रान्तीको नेतृत्तव गरेका थिए । वा क्रान्तीलाई सफल बनाउन आफ्नो प्राणको बाजी लगाइदिएका थिए । यसको मतलब कैयौ देशभक्तहरुलाई पनि सजाए दिएको थियो । त्यहि भएर यो घटनालाई आतंकको राज्य The Reign of Terror भन्ने गरिन्छ । सन् १९९४,५ अप्रेल देखि २७ जुलाई सम्म रोविसपियर ले फ्रान्समा एक तानाशाही जसरी शासन गरे ।
राविसपियर ले आफ्नो शासन अवधि सम्म लगभग १६ हजार मानीसहरुलाई मृत्युको सजाय दिएका थिए । कन्भेन्सनको सरकारको नेताहरु लाई पनि आफ्नो मृत्युको डरले सताउन थाल्यो । त्यो भन्दा अगाडी केही नहोस् भनेर कन्भेन्सनको नेताहरुले रोविसपियरलाई खतम गर्ने निर्णय गरि सन् १७९४,२७ जुलाईको राती रोविसपियर र तिनका साथीहरुलाई बन्धी बनाएर त्यहि दिन राती गुलेटिनमा चढाइयो । त्यसपछि आंतकको राज अन्त भएको थियो ।
सन् १७९५,२७ अक्टुबर देखि १७९९सम्म निर्देशिकाले शासन गरेको थियो । यसमा मात्र ५व्यक्तिहरुलाई अधिकार दिइएको थियो ।त्यसपछि सन् १७९९का नेपोलियन बोनापार्टले निर्देशिका को शासनलाई खतम गरेर फ्रान्सको सत्तालाई आफ्नो हातमा लिए । त्यसपछि नेपोलियन बोनापार्ट फ्रान्सको राजा बने । र जहाँबाट क्रान्ती शुरु गरिएको थियो । त्यहि आएर फेरि फ्रान्सको क्रान्ती सकियो । यो घटनाको पुरा अवधि सम्म लगभग ६लाख देखि १३लाख सम्म मानिसहरुको मृत्यु भएको थियो । जसमा भोकमरी, गृह युद्ध र मृत्युको सजाय समेत आउने गर्दछ ।