Water/पानीको प्रयोग
पानी एक र बिहिन,स्वाद बिहिन,वा गन्ध बिहिन र सायानिक पदार्थ हो । पानी पृथ्वीको प्राकृतिक धाराहरु,तालहरु र महासागरहरु र अंधिकाश जीवित जीवहरुको तरल पदार्थ बनेको हुन्छ । यसले कुनै क्यालोरी वा जैविक पोषण प्रदान गर्दैन ।तर पानी भएन भने जीवीत प्राणीहरुको जीवन बचाउन गाह्रो हुन्छ । पानीको रासायनिक शुत्र H20 हो ।यसको मतलब प्रत्येक अणुमा सहसंयोजक बन्धकहरुद्धारा जोडिएको एक अक्सिजन र दुई हाइटोजन परमाणु हुन्छन् ।मानव वातावरणीय तापमान र दबाबमा H20को तरल अवस्थाको नाम पानी हो ।पानीको ठोस रुप बरफ हो बरफको सानो कणले हिउ बनेको हुन्छ । पानी पृथ्वीमा धेरै मात्रामा पाइन्छ । जस्तै महासागर,बर्षा,खोला,नदी,समुन्द्र र ध्र्रुवमा र बादलमा बरफ अथवा ठोस अवस्थामा र बाफ तुबालो आदि ।
पानी मानव शरिरको लागी महत्तवपुर्ण छ । मानव जीवनमा र सबै जिवित प्राणीहरुको लागी पानीको महत्तव अतुलनिय छ ।संसारको लगभग ६०प्रतिशत मानी भण्डार गरिएको छ । पानी सबै प्रकारका जीवित चीजहरु जस्तै मानीस,जनावर,बोटबिरुवा लगायत खाद्य उत्पादन,शारिरको सरसफाई घरको सरसफाई,कपडा धुन ,नुहाउन जस्ता चिजहरुमा पानीको प्रयोग भइरहेको हुन्छ । यति मात्रै का हो ।
पानीमा बस्ते जलीय जनावरहरु लाई पनि पानी नभई हुदैन् । पृथ्वीमा जीवनको निर्माण र जीवनको निरन्तरता को लागी पानी अत्यन्तै आवश्वयक छ । कुनै पनि मानव शरिरमा पानी बालकमा ८०प्रतिशत जति जति ठुलो हुदै गयो ठुला मानीसमा ६५प्रतिशत देखि ७०प्रतिशत पानी हुन्छ । पानीको उपयोग र महत्तव उपयोग र महत्तव बुझेर पानी नै जीवन हो । भन्न सक्दछौ । प्रयेक प्रणीहरुको जीवन पानीले नै धानेको हुन्छ । हामी पानी बिना जीवनको कल्पना गर्न सक्दैनौ । सम्पुर्ण प्राणीहरुको जीवन प्रक्रियाहरुमा पानीले महत्तवपुर्ण भुमिका खेल्ने गर्दछ ।
Water/पानी पिउँदा हुने फाइदाहरु
विहान उठ्ने वित्तिकै एक गिलास पानी पिउनु उत्तम हुन्छ । जसले गर्दा पेट सफा गर्न सद्दत गर्छ र पानी पिउँदा त्वचाको रुखो पना पनि हट्छ ।
चिया कफि,पिउने बानी छ ।भने ग्रिन टि पिउँदा यसले शक्ति प्रदान गर्छ ।
तौल कम गर्न पनि चिसो पानीको सट्टामा मन तातो पानी पिउनु फाइदाजन हुन्छ ।
पानी पिउादा एसिडिटी हटछ ।किनभने पानीले पेट सफा राख्छ ।
पानीले जोर्निहरुलाई तरल राख्छ ।र जोर्निको दुखाई पनि कम गर्न मद्दत गर्छ ।
विहान उठ्ने वित्तिकै मन तातो पानीमा कागती हालेर जिउँदा शरिरमा रहेका विषाक्त तत्तव नष्ट हुन्छन् ।पानीले रोगसगँ लड्ने क्षमता पनि बढाउँछ ।
केही मानीस बढी नै चिसो पानी पिउन मन पराँउछन् ।तर उसले खराब गर्छ ।त्यसैले बढि चिसो पानी पिउनु हुदैन् ।
हाम्रो दिमाग ९०प्रतिशत पानीले बनेको हुनाले पानी नपिउँदा टाउँको दुख्ने समस्या समेत हुन्छ ।
हाम्रो शरिरका मांसपेसिका ८०प्रतिशत पानी हुन्छ । यसले पानीको सेवन जति बढि गर्यो ।त्यति नै मांसपेसिको अरठिलो पन कम हुन्छ ।
हल्का मनतातो पानीमा कागती हालेर पिउँदा हितका हुन्छ ।यसले शक्ति बढाउँछ । र पाचन शक्ति पनि राम्रो पार्छ ।
Water/पानी धेरै पिउँदा हुने घाटाहरु

पानीको ओभरडोज भयो भने शरिरका तन्तुहरु पनि नष्ट हुन्छन् ।
आवश्यक भन्दा बढी पानी पिउँदा मृगौलामा दबाब पर्न गई मृगौलामा समस्या देखिन थाल्छ ।
शरिरमा आवश्यकता भन्दा बढी पानी भयो भने पाचन रस उत्पादन हुन बन्द हुन्छ । खाना पच्न असहजता पैदा हुन्छ ।
जुन व्यक्ति को बाइपास सर्जरी गरेको हुन्छ । त्यस्ता व्यक्तिलाई पानी अड्कलेर मात्र पिउनु पर्छ । चिकित्सकले पनि पानी अडकलेर मात्र पिउन भन्छन् ।
अत्याधिक पानी सेवनले आलस्य बढाउँछ ।
खरभुजा वा काक्रो खाए लगतै पानी पिउँदा रुगा खोकी शुरु हुने खतरा हुन्छ ।
खाना पछि तत्काल पानी पिउँदा शरिरमा तैलिय पदार्थ बढ्छ ।
खाली पेटमा पानी पिउँदा चिसो लाग्ने र अन्य विरामी हुने खतरा हुन्छ ।
घामबाट घर आउने वित्तिकै पानी पिउनु खतरानाक हुन्छ ।
विशेषज्ञका अनुसार खाना खाएपछि चिसो पानी पिउँदा घाटा हुन्छ । तातो खाना खान वित्तिकै चिसो पानी खादाँ तैलिय पदार्थ जम्न थाल्छ । जसले गर्दा पाचन प्रणाली प्रभावित हुन्छ । खाना खाएपछि तातो पानी पिउनु राम्रो हुन्छ ।
पानी कति पिउने भने विषयमा फरक फरक धारणा आएका छन् । कतिपय सक्दो पानी पिउनुपर्छ । कोही दैनिक ३ लिटर पानी पिउनु पर्छ भन्दछन् । तर पनि पानी कसरी र कति पिउनुपर्छ भन्ने बारेमा सही मान्यता स्थापित हुन सकेको छ्रन् । कतिपयले धेरै पानी पिउनाले छाला चम्किलो बन्ने र कतिपयले तौल घट्ने सुझाव दिन्छन् ।
सन् १९४५मा अमेरिकी फुड एन्ड रिसर्च सेन्टरले एक वयस्क मानिसले एक हजार क्यालोरी पचाउन एक लिटर पानी पिउनुपर्ने सल्लाह दिन्छन् । तर यसको अर्थ सिधा पानी मात्र होइन् कि दुई लिटर पानी पुग्न चिया दुध,जुस,तरकारी फलफूलमा पनि पानीको मात्रा हुन्छ । र त्यो पनी जोडिनु पर्छ ।
दैनिक आठ गिलास पानी पिउने भ्रम संसार भर नै छ । यहि सोचेको हावी भइरहेकोले पानीको कमी हुने समस्या यथावत छ । शरिरमा जति आवश्यक पर्छ,त्यति मात्र पानी पिउने गर्नुपर्छ । एक अमेरिकी इस्टिच्युटले धेरै पानी पिउनेहरुको तौल छिटो लन्डन कलेजको बारबरा राल्सले मिठो गुलियो पिउनुको साटोमा सादा पानी पिउँदा अझै तौल घट्ने बताएकी छिन् । किनभने सादा पानीमा क्यालोरी नहुने भएकोले तौल घट्ने हुन्छ ।
बेलायतकी एक विज्ञ भन्छन् । कि अति गर्मि हुने ठाउँमा मानिसले दैनिक धेरैमा २लिटर पानी पिउन आवश्यक छ । बेलायतको नेसनल हेल्थ सर्भिसको एडवाइजरीले दैनिक ५ देखि ८गिलास पानी पिउनु उचित हुने सुझाव दिएको छ । मानव सधै जवान मात्रै हुन्छ ।भन्ने होइन किनभने जब ६०वर्ष पुग्दछ । त्यसपछि पानीको प्यास लाग्ने शक्ति शरिरमा कमी हुदै जान्छ । यसले उमेरमा कति पानी पिउने भन्ने आंकल्न गर्न सकिदैन् ।यसकारण दैनिक ८ गिलास पानी पिउने कुरा यो उमेरमा लागु हुदैन् । जतिबेला पानी पिउन मन लाग्छ । त्यो समयमा पानी पिउँदा फाइदा हुन्छ ।
अन्तयमा पानी भन्नाले जीवन बचाउने विश्वव्यापि विलायक पृथ्वीमा जिवित प्राणीहरुको अस्तित्तवको लागी सबैभन्दा महत्तवपूर्ण तत्तव हो । पानी जीवनको आधार हो हामी सबैले संरक्षण र उचित सदुपयोग गर्न आवश्यक छ ।हामिले पानीलाई प्रदुषणबाट जोगाउनु पर्छ । किनभने जल संरक्षण र यसको सफाइले महत्तवपूर्ण भुमिका खेल्दछ ।किनभने शुद्ध पानी पृथ्वीमा एकदमै थोरै मात्रामा बाँकी छ । जुन पानी शुद्ध छ । त्यो मानव वैज्ञानिक क्रियाकलापहरुले प्रदुषित गर्दै गइरहेको हुनाले । सबै मानव जातिले पानी संरक्षण गर्नु जसरी छ । जसले गर्दा भविष्यमा गएर हाम्रा पछाडिहरुले सुरक्षित जीवन यापन गर्न सकुन । पानीको महत्व हामी सबैले बुझनु जरुरी छ ।