सुनको भाउ एकैपटक १५हजार ९सयले घटेको छ ?/इतिहासमा नै पहिलो पटक सुनको मुल्य यति धेरै घटेको छ ।

सुनको भाउ एकैपटक १५हजार ९सयले घटेको छ ? इतिहासमा नै पहिलो पटक सुनको मुल्य यति धेरै घटेको छ ।

सरकारले भन्सार दर घटाएपछि सुनको मुल्य एकैदिन १५ हजार ९ सय रुपैयाले घटेको छ । नेपाल सुन चाँदी व्यवसाय महासघंले सोमबार १०गतेका दिन प्रति तोला एक लाख एकाउन्न हजार तिन सय रुपैया १,५१,३०० निर्धारण गरेको छ । सुनको मुल्य एकैदिनमा यति ठुलो मुल्य घटेको यो पहिलो चोटी हो । अघिल्लो दिन प्रति तोला एक लाख सरसठ्ठी हजार दुई सय रुपैया १,६७,२०० थियो ।

नेपाल सरकारले १०प्रतिशत भन्सार दर कायम गरेपछि सोमबार देखि सुनको मुल्य समायोजन गरिएको छ ।
नेपाल सरकारले २०प्रतिशत बाट १०प्रतिशतमा कम गरेपछि सो दरको प्रभाव सोमबार देखि नै परेको छ । छिमेकी देश भारतबाट सुन तस्करी भएर नेपाल नआओस् भनेर छर घटाएको हो । सरकारले बजेट मार्फत १५प्रतिशत रहेको अनुुसार दर २०प्रतिशत पुराएको थियो ।

More…

आर्थिक वर्ष २०८१/८२को बजेटमा नेपाल सरकारले भंसार दर ५प्रतिशतबाट बढाएर २०प्रतिशत बनाएको थियो । भन्सार बढेपछि सुन व्यवसायीले घटाउन माग गर्दै आइरहेको थिए । जसले गर्दा सर्वसाधारण लाई समेत चर्को सुनको मुल्यले खरिद गर्न कठिन बनाएको थियो । केही महिना अघि नेपाल सुन चाँदी व्यवसायी महासघंको प्रतिनिधि मण्डलले अर्थ मन्त्री विष्णु पौडेल सगँ भेटेरै भन्सार दर समायोजन गर्न आग्रह गरिएको थियो ।

lydnepal.com

उता भारतले पनि आफनो बजेट मार्फत सुन चाँदीमा लगाउँदै आएको भन्सार दर १५प्रतिशतबाट घटाएर ६प्रतिशत मा कायम गरेको छ । नेपाल चालु आर्थिक वर्षको बजेट मार्फत सुनको ५प्रतिशत बाट वृद्धि गरि २०प्रतिशत बनाएको थियो । यसले गर्दा नेपालामा सुनको मुल्य महँगो र छिमेकी देश भारतमा सुनको मुल्य सस्तो हुन पुगेको थियो । खुल्ला सिमाका कारण भन्सार दर बिच असन्तुलनले अवैधानिक कारोबारले प्रोत्साहन पाएको अवस्था रहेको थियो । त्यसकारण मन्त्रि परिषदले १०प्रतिशत कायम दिएको हो ।

सुन आयातको भन्सार घटे सँगै सर्वसाधारणलाई केही राहत भएको अवस्था छ । अहिले कोटा प्रणाली अनुसार वाणिज्य बैंकलाई मात्र सुन आयातको अनुमति रहको छ । बैंकहरुले दिनमा २०किलो सुन बिक्री गर्न पाउँछन् ।सुन बिक्री गर्न नेपाल सरकारले सुन बिक्री वितरण कार्य विधि निर्देशिका २०६८बनाएको छ ।

सुनको मुल्य घटेसँगै बैंकहरुले कम मात्रामा सुन मगाएका छन् । अब आयात हुने सुन भन्सार दरका कारण केही सुनको मुल्य सस्तो हुने छ । यसका साथै अन्तराष्टिय राजनितिक कारणले पनि सुनको मुल्य घटेको र अझै सुनको मुल्य घट्ने संभावना रहेका व्यसायीको भनाई छ ।

More…

Leave a Reply

Your email address will not be published. Required fields are marked *