Gold/बरामत भएका सुन कहाँ जान्छ ?(मितीः–२०८०.४.२८)

Gold/बरामत भएका सुन कहाँ जान्छ ?

अहिले जतापनि त्रिभुवन अन्तराष्ट्रिय विभाग स्थलबाट भन्सार जाचँ पास भएर बाहिरीएको अवस्थामा गेटबात बरामद गरिएको अवैध डेढ क्युन्टलको अत्यधिक चर्चा छ । इस्कुटीको ब्रेकसु बनाएर यति ठुलो परिमाणको सुन कसले ल्यायो । भन्ने कुुरा सम्म पत्ता नलागे पछि नेपालको सुरक्षा सयंन्त्र कस्तो छ । भन्ने स्पस्ट भएको छ । पछिल्ला दिनहरु जस्तै एउटा मजदुरको नाममा खोलिएको कम्पनीबाट आयात गरिएको सुनले धेरै प्रश्नहरु सबैको मनमा खडा गरेको छ ।

यस्ता खालका प्रक्रियाहरु अपनाएर पहिला पनि पटक–पटक सुन नेपाल भित्राएको पत्ता लागेपछि । नेपालमा सुन तसकरहरुले अहिले सम्म कति परिमाणमा सुन भित्रायो होला ?भन्ने आकलन कसैले गर्न सकेको छैन् । यसरी बरामद गरेको सुन आखिर कहाँ जान्छ ,कसले राख्छ ?

More…

नेपालमा भन्सार छलेर वा अवैधबाटोबाट ल्याइएको सुन बेलाबेलामा बरामद हुने गरेको छ । त्यस्तै गरि यस पटक बरामद गरिएको १५५किलो सुन सधैको जस्तै शुरुमा कस्टडीमा राखेर कार्बाही प्रक्रियामा अगाडि बढाइन्छ । सुन कस्टडीमा विशेष सुरक्षा अधिकारी बाहेक अरुको पहुँच नहुने सुरक्षित ठाँउ हो । बरामत गरिएको सुनको सुरक्षित भण्डारण गर्न तौल लिनको लागी नेपाल राष्ट्र बैंकमा लगाइन्छ ।

बरामद गरिएको सुनलाई शुररुवाती चरणमा नेपाल राष्ट्र बैकको मुद्र व्यवस्थापन विभाग टक्सार महाशाखाले तौलिन्छ । कोठाभित्र सुन तौलिदा सुनको तौलमा केही फरक पर्दछ । त्यसकारण टक्सार महाशाखाले एउटा विशेष समिति बनाएर आफ्नो कार्य पुरा गर्छ । त्यस समितिमा सुन बरामत गर्न सुरक्षा निकाय भन्सार वा राजस्व अनुसन्धान विभाग लगायत सुरक्षा निकायका प्रतिनिधिको सहभागिता रहन्छ ।

तौलिने काम सकिएपछि विभागले पत्र तयार पछि त्यसमा सिधै सुन नलेखेर सुन जस्तो देखिने पहिलो धातु लेख्ने गरिन्छ । किनभने त्यो बरामत भएको सुन नगलाए सम्म त्यसको शुद्धता थाहा हुदैन । बरामत भएको सुनको आधारमा मुद्धा पर्ने भएकोले कानुनी रुपमा टुङगो नलाग्दा सम्म बरामत गरिएको सुनलाई राष्ट्र बैकको कस्टडीमा राख्ने गरिन्छ । बरामत गर्ने निकायले त्यस सुनलाई कुनै मुद्धा नभएको लिखित रुपमा पेष गर्नु पर्ने हुन्छ ।

र राष्ट्र बैकले आफ्नो प्रक्रिया अगाडी बढाउँछ । उक्त निकायलाई सुन जाँचेर त्यस बापतको रकम नेपाल सरकारको खातामा जम्मा गर्नको लागी अनुरोध आएपछि गलाउने कमिटिको कार्य शुरु गरिन्छ । नेपाल राष्ट्र बैकका विभिन्न विभागका प्रतिनिधि र सुन बरामत गर्ने सम्बन्धी निकायका प्रतिनिधिको आधारमा सुन पगाल्ने र त्यो सुन कुन श्रेणीको सुन हो । भनेर पत्ता लगाइन्छ । बजारमा सुनलाई क्यारेटमा मुल्याङकन गरे जस्तै राष्ट्र बैकको भाषामा त्यस सुनको गुणस्तरलाई टस भनिन्छ ।

एकदमै सुक्ष्म तरिकाले यसको वर्गिकरण हुन्छ । अधिक परिमाणमा सुन पगाल्नको लागी राष्ट्र बैकमा एउटा विशेष उपकरण राखिएको छ । त्यस उपकरणलाई हार्नेस भन्ने गरिन्छ ।सुन पगाल्ने कार्य सकिएपछि त्यो दिन अन्तराष्ट्रिय बजारमा चलेको सुनको मुल्यको आधारमा त्यस सुनमा ५प्रतिशत रकम थप गरेर नेपाल सरकारको खातामा जम्मा गरिन्छ । त्यो जम्मा गरिएको रकम सरकारी पैसामा परिवर्तन हुन्छ ।

पटक–पटक ठुलो परिमाणमा बरामत गरिएको सुन गलाउनको लागी केही दिन लाग्ने गर्दछ । सुनको गुणस्तरको आधारमा हार्नेसले कामको गतिलिने गर्दछ । धेरै खाले धातु मिश्रित सुन भएकोे अवस्थामा धेरै समय लाग्ने नत्र हार्नेसले एक पटक १०किलो ग्राम सुन गलाउन सक्ने र एक पटकको प्रक्रिया पुरा गर्न डेढ घन्टा सम्म लाग्ने गर्छ । यदि गुणस्तर भएको खण्डमा एक दिनमा ३०किलोग्राम सम्म गलाउन सकिन्छ ।

राष्ट्र बैकमा पुराए पछि त्यो सुनको निगरानी गर्नको लागी गर्नको लागी २४औ घन्टा सम्म क्यामरा सहितका सुरक्षा प्रणाली रहेका हुन्छन् । कानुन रुपमा प्रहरीले बरामत गरिएका सुनको व्यवस्थापन गर्ने मुल निकाय नेपाल राष्ट्र बैक हो । प्रहरीले सुन बरामत गरेपछि पक्राउ परेका व्यक्तिहरुलाई राजस्व विभागमा लगिन्छ । राजस्व विभागले सुन राष्ट्र बैकलाई जिम्मा लगायने र पक्राय परेका व्यक्तिहरु लाई मुद्रा चलाउछ ।

विभागले राष्ट्र बैकलाई सुन बुझाउँदा त्यस दिनको अन्तराष्ट्रिय मुल्य अनुसार सुनको मुल्याङकन गरिन्छ । मुल्याङकन गरिएको सुनको मुल्य राष्ट्रबैकले सरकारको राजस्व खातामा राखिएर सुनको भुक्तानी गर्छ । र सुन आफ्नो गोदाममा राख्ने गर्छ । राज्यनले अवैध रुपमा भित्रिएको सुन चाँदीको गहना समातेमा राष्ट्र बैकले त्यसलाई साझै मुल्य तिर्दैन । मुल्य तिर्नु भन्दा अगाडी त्यस गहनालाई सुद्धिकरण गर्ने गरिन्छ ।

lydnepal.com

साथै रसायन पनि छुटाइन्छ । सुन शुद्ध गराएपछि त्यस सुनको मुल्याङकन गरेर राजस्व खातामा त्यसको रकम जम्मा गरिन्छ । राष्ट्र बैकमा रहेको सुनलाई आवश्यक परेको अवस्थामा राज्यले चलाउने । र सरकारले पटक वा पुरस्कार बनाउँदा विशेष उपलक्ष्यमा सुनको सिक्का निर्माण गर्दा वा अन्य प्रयोजनका लागी लागी सुन प्रयोग गर्ने गरिन्छ । यस बाहेक बजारको माग धान्न निकै अप्ठयारो परेको अवस्थाम कहिले काही यो सुन विक्री पनि गरिन्छ । त्रिभुवन अन्राष्ट्रिय विभाग स्थलबाट हाल सम्मकै ठुलो परिमाणमा सुन बरामत भएपछि चौतर्फी चासो र बजार तताएको थियो ।

२०८०साल साउन ३गते साउन राजस्व छली गरि ल्याएको करिब १५५किलो सुन बरामत गरिएको थियो । यति ठुलो परिमाणमा सुन बरामत गरिएपछि । त्रिभुवन अन्राष्ट्रिय विभाग स्थलको सुरक्षा देखि त्यहाँ सम्बन्धीत निकायका कर्मचारीको भुमिका माथी प्रश्न खडा गरिएको छ । हाल सम्मको ठुलो परिमाणका अवैध सुन भन्सार जाँच पास भएर विभाग स्थलबाट बाहिरीनुले यस भित्रको संयन्त्रको बारे नै आम जनताले प्रश्न गरेको छन् ।

३३किलो सुन प्रकरणमा केही आरोपी पक्राृ परेपनि यो मुद्धा विस्तारै सेलाएको थियो । सरकारले सुनको ओसार पसारमा आबद्ध कारोबारीक यसको संजालमा लागेकाहरुलाई कानुनी दाएरामा ल्याउन सक्नु पर्दछ । अब सरकारको परिक्षा सुरु भएको छ । यस्ता घटनाहरुले नेपालमा सुन तसकरी गर्ने नयाँ शैलिको खुलासा गरिएको छ । झटै हेर्दा मोटर साइकल वा स्कुटरको बे्रकसु बनाए यति ठुलो परिमाणमा सुन भित्राइएको थियो । आम नागरिकले विदेशमा पठाउने १ किलो अचार र विदेशबाट स्वदेश फर्किएका आम जनताको एउटा मोबाइल एउटा औठि,कपडा आँखा गाडेर बस्ने विभाग स्थलको सुरक्षा प्रशासनले यति ठुलो परिमाणमा पटक–पटक सुन भित्रदा किन ? थाहा पाउँदैन त ।

सुरक्षा सयन्त्र,उच्च प्रसासनिक तथा राजनितिक नेत्रित्तवको आडबिना यति ठलो परिमाणमा सुन तसकर गर्न समंभव छैन । विमानस्थल सुरक्षा तथा जाँच पासमा सलगन सुरक्षा तथा प्रशासन र राजस्वका कर्मचारी समेत अनुसन्धानको दायरामा ल्याएर छानविन गर्ने हो । भने यसमा संलगन सबै कानुनी दायरामा आउने छन् । यसका लागी वर्तमान सरकारले आम नागरिकको थप भरौसा जित्ने गरि काम अगाडी बढाउनु पर्छ । अहिले सम्म ठुलो परिमाणमा सुन बरामत भएका घटनाहरुमा भरिया र ड्राइबर,मजदुर मात्रै पक्राउ पर्ने गरेका छन् ।

डेढ सय क्युन्टल सुन बरामत हुदा सामान्ने २१वर्षका मजदुर पक्राउ परेका छन् । उनको कम्पनी मार्फत ठुलो परिमाणमा सुन भित्राएको देखिन्छ । २०७७ भाग ११गते त्रिभुवन विमान स्थलबाट अबैध रुपमा ल्याइएको सुन सहित प्रहरीले २जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा कतारबाट आएका सुवास गुरुङ सुन जिम्मा लिन विमानस्थल गएका बच्चाले लगाउने डाइपरमा लुकाएर ल्याएको ३४४.९९ग्राम सुन बरामद गरिएको थियो । त्यही वर्ष कार्तिकमा प्रहरीले बिरगञ्जबाट २३किलो सुन बरामद गरेको थियो । यि केही सुन भेटिएका केही उदाहरण मात्र हुन् ।

यस्ता खाले घटना धेरै पटक भइसकेका छन् । आजभोली सुन तसकरी सामान्य बन्न थालेका विशेष त त्रिभुवन विमान स्थल तातो पानी नाका र रसुवा गढि नाकाबाट यस्तो कार्य बढ्न थालेको नेपाल प्रहरीले बताउदै आइरहेको छ । घटना हुनु सामान्य जस्तै लागे पनि यस्तो कार्य कसरी,कहाँबाट कहाँ लग्नका लागी गरिएको हो । भन्ने स्वयम नेपाल प्रहरी वेखबर रहनु सामान्य विषय होइन ।

सुन तसकरमा पक्राउ पर्ने सामान्य भरिया वा सामान्य नागरिक ,ड्राइभर जस्ता हुने गर्छन् । ठुला मेन तसकर पत्ता नलाग्नु र सुन तसकरमा कमि नआउनुमा नेपालको सुरक्षा निकायलाई बेकुफ बनाइरहेको छ । नेपाल प्रहरीको एउटा अनुसार विगत ७वर्ष यता सुन तसकर भरिया गरि ५०० सय भन्दा बढी मानीसहरु पक्राउ परेका छन् । त्यो समय अवधिमा तातो पानी नाका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, रसुवागढी नाका लगायत स्थानबाट भित्राउन लागेको करिब ८०० किलो अवैध सुन बरामत गरेको हो । अझै पत्ता लगाउन नसकेको सुनको तथ्याङक बारेमा कसैलाई थाहा छ्न् ।

नेपालमा केही स्थानमा सुनखानी रहेको अनुमान गरेतापनि तर त्यसको उत्खन्न गर्न र दक्ष प्रावधिक जनशक्ति आवश्यक पर्ने भएकोले बहुमुल्य भनेर चिनिन्ने पहिलो धातु सुन नेपालमा उत्खन्न भएको छैन् । जसले गर्दा सुनको लागी नेपालले विदेशी मुलुकको भर पर्नु परेको छ । सुन आयातको लागी बर्षेनि अरबौ पैसा विदेश पठाउनु पर्छ । पछिल्लो एक तथ्याङक अनुसार नेपालमा वर्षेनि लगभग ३५अरबको भन्दा धेरैको सुन खरिद गर्दै आइरहेको छ ।

दैनिक दिनमा १०देखि १५केजी सुन खपत हुन्छ । सुनको मुल्यमा उकालो ओरालो लागेपनि यसमा लगाी गर्नेहरुको कमि चाहि छैन । पछिल्ला दिनहरु भन्सार छली गरेर ल्याएको सुन विक्री वितरण हुन थालेपछि बैकले खरिद गरेर ल्याएको सुन त्यतिकै थन्कीएको अवस्थामा रहने गरेका छन् । तिन वर्ष अगाडी दिनमा ४५किलो सम्म सुनको खपत हुने ठाँउमा अहिले सुनको खपत घटेर १०देखि १५किलोमा झर्नुमा मुख्य के कारण हो । भन अवैध सुनको आयात नै हो ।

More…

Leave a Reply

Your email address will not be published. Required fields are marked *