Israel-Palestine Conflict/इजरायल–प्यालेस्टाइन बिच द्धन्द किन ?
इजरायलको आधिकारिक नाम स्टेट अफ इजराइल हो । इजरायल अरबमा पर्ने एक देश हो । यो देश दक्षिणपूर्व भु–मध्य सागरको पूर्वी छोर मा पर्दछ । इजराइलको उत्तरमा लेबनान,पूर्वमा सिरिया र जाँर्डन तथा दक्षिण–पश्चिममा मिश्र रहेको छ । यस देशको कुल जनसङख्या लगभग ९२.२लाखको हाराहारीमा छ । इजराइलको ९४प्रतिशत मानीसहरु शहरमा र ६प्रतिशत मात्र गाउँमा बस्ने गर्छन् । इजराइलको राजधानी जेरुसेलम (Jerusalem)हो ।
इन्डिया देखि पश्चिम तिर इजरायल देश रहेको छ । र वेस्ट बैंक र गाजा पट्टी प्यालेस्टाइन देश हो । इजरायल देश भित्र नै प्यालेस्टाइन रहेको छ । इजराइयलको राजधानी जेरुसेलम नै कारण हो । जसको कारण इसाई, जेयुस (Jews) र मुस्लिम बीच द्धन्द भइरहेको छ ।
१०४७ ई.पू. मा इजरायललाई किङडम अफ इजरायलको नामले चिनिन्थ्यो । त्यस समयमा जेयुसहरु बस्ने गर्दथे । तर त्यो समयमा राजा सुलेमान द्धारा शासन गरिएको थियो । किङडम अफ इजरायलको राजधानीमा राजा सुलेमानले मन्दिर पहिलो बनाएका थिए । जेयुसहरुको पहिलो मन्दिर जसलाई टेम्पल माउन्टू भनिन्थ्यो । र यस मन्दिरमा जेयुसहरु सधै पुजा गर्ने गर्दथे । त्यसपछि ५८६ई.पू.मा बेबिलोनियम आउँछन्।
तिनिहरुले यो पहिलो मन्दिर भत्काउँछन् ।त्यसपछि परसियन आउँछन् । भत्काएको मन्दिर फेरि बनाउँछन् ।त्यसपछि रोमन साम्राज्य आउँछ । त्यो बनाएको मन्दिरलाई फेरि भत्काइदिन्छन् । त्यस मन्दिरको पर्खालमात्र बच्छ । त्यस समयमा जेयुसहरु बसाई सरेर युरोप तिर जान्छन् । बाँकी जेयुुसहरु त्यहि बसीरहेका मध्ये एक परिवारमा यशु ख्रिष्टको जन्म हुन्छ । यशु ख्रिष्ट वास्तवमा जेयुस थिए । जसरी रोमन साम्राज्य भित्र यशु ख्रिष्ट ठुलो हुदै गए ।
उनले जेरुसेलम क्षेत्रमा जेयुसहरुको मुख्य शिक्षाको सट्टा आफ्नै तरिकाले पढाउन थाले र तिब्र गतिमा पर्खयात हुन लागे ।तर जेयुसहरुले यस्तो कुरा मन नपराको कारण कुरा यति धेरै सम्म बढ्दै गयो । कि जेरुसेलमका जेयुसहरुले यशुलाइ सार्वजनिक रुपमा व्रmसमा टाँगेर किला ठोकिदिए । जसले गर्दा यशु ख्रिष्टको मृत्यु भयो । यसको कारण गर्दा जेयुसको विरोधमा धेरै नकारात्मक सेन्टीमेन्ट्स बनेको थियो । आजको समयमा पनि जेयुसलाई यस कुराको लागी दोषी मानीन्छ ।
जेरुसेलमको महत्तवः-३०३ मा भ्यालेरियसको मृत्यु हुन्छ । त्यहि समयमा उनको छोरा “कन्स्टेन्टाइन द ग्रेटू” रोमन राजा बन्दछन् । कन्स्टेन्टाइनले व्रिmस्चियन धर्मलाई धेरै मन पराउँछन् । र यि पहिला राजा बन्दछन् । जो क्रिस्चियन धर्मलाई अपनाएका हुन् । क्रिस्चियन धर्मलाई अपनाएपछि चारैतिर क्रिस्चियन धर्म फैलिन्छ । र जसले यशुलाई मारेका हुन् । जेयुसहरु प्रति घृणा पनि व्यापक रुपमा फैलिन्छ । यिनको राज्यमा जेयुसहरुलाई नराम्रो तरिकाले यातना दिइन्छ । जेयुसहरुलाई रोमन साम्राज्य छोडेर दुनियाभरि भाग्नु पर्छ । धेरै जसो युरोपियन देशहरु तिर भाग्ने गर्दछन् ।
जुन यशु खिष्टलाई मारिएको थियो । त्यस ठाउँमा “कन्स्टेन्टाइन द ग्रेट”ले “सेपल्चरको चर्च “चिहानको निर्माण गर्दछन् । जुन यो चर्च बनाएको ठाँउ “टेम्पल माउन्ट “भाको क्षेत्रलाई जेयुसहरुले टेम्पल माउन्ट भन्थे । भने मुस्लिमहरुले यसलाई”हरम अल शरिफ” भन्ने गर्दछन् । यसपछि सन् ६३८मा रोमन सम्राज्यलाई हराएर अरब आर्मी अफ उमर आउँछ । जुन बेला जेयुस क्षेत्र अरब आर्मीको हातमा पर्छ । जेरुसेलम जुन स्थानमा जेयुसहरुको मन्दिर थियो ।
त्यहि स्थानमा डोम अफ दरक निर्माण गरिन्छ । साथै अल अक्सा मस्जिद बनाइन्छ । डोम अफ दरक ,अल अक्सा मस्जिद र वेस्टन वाल मा घेरेको पुरा क्षेत्रलाई जेयुसहरुले टेम्पल माउन्ट भन्दछन् । भने र मुस्लिमहरुले हरम अल शरिफ भन्दछन् । अल अक्सा मस्जिद मा गैर–मुस्लिमहरु प्रवेश गर्न अनुमति दिइदैन् थियो । र जेयुसहरुलाई वेस्टन वाल मा पुजा गर्न अनुमति दिएको थियो । यस क्षेत्रबाट २कि.मि.मा टाढा चर्च अफ द होली सेपल्चर रहेको छ ।
यो ३७ हेक्टर को क्षेत्रमा क्रिस्चियन,मुस्लिम र जेयुसहरुको लागी धेरै महत्तवपूर्ण रहेको छ । तर जेयुसहरु संसारको जुनसुकै ठाउँमा बसोबास गरेपनि आफ्नो जेयुसहरुको टेम्पल जता तिर थियो । उतैतिर आफ्नो मुख पर्खाएर पुजा गर्ने गर्दथे । प्रथम विश्व युद्धमा ब्रिटियन युएसएस आर र युएस एकातिर थिए । जसलाई जेयुसहरुको सर्पोट थियो । र अर्को तिर जर्मनीको थियो । जर्मको सर्पोटमा अटोमन साम्राज्य रहेको थियो । प्रथम विश्व युद्ध सकिएपछि ब्रिटियनको जित हुन्छ ।
खुलेर ब्रिटियनको सर्पोट गरेको जेयुसलाई ब्रिटियनले बालाफोर घोषणाूमा भनिइएको कुरा फलो गरेर युरोपमा भएका जेयुसहरुलाई प्यालेस्टाइन क्षेत्रमा बसोबास गर्न सहयोग गर्छन १८७८मा अटोमन जनगणना मा ,प्यालेस्टीनीको कुल क्षेत्रफल ४.७ लाख थियो जस मध्ये २५ हजार थिए । बाँकी सबै अरबीयन थिए । १९१४,मा जेयुसको जनसङख्या बढेर ८५ हजार भएको थियो । पछि गए लार्खामा प्यालेस्टाइन भएका थिए ।
१९१९–१९२३,को बिचमा पुर्वी युरोपबाट ३०हजार जेयुस आए । १९२४–१९२६मा पोलेनबाट ५०हजार जेयुस आए । १९३३–१९३६को बिचमा १लाख १७हजार जेयुस प्यालेस्टाइनमा आउँछन् । किनभने जेयुस कमीटिलाई बाध्यता थियो । प्यालेस्टाइन फिर्ता फर्कनु परेको थियो । किनभने हिटलरको उद्य द्रत गतिमा बढिरहेको थियो । हिटलरको प्रभावमा जतिपनि देशहरु थिए ।प्रत्येक ठाउँमा जेयुसहश्रलाई मारिदै आइरहेको थिए । एक त यशु ख्रिष्टको मृत्युपछि जेयुसलाई व्रिmस्चियन विरोधी मान्ने गर्दथे । जेयुसहरुलाई जसले गर्दा युरोपका आम जनताहरुले पनि जेयुसहरुलाई घृणा गर्न थालेका थिए ।
यसको साथै डकैती,भेद्भाव बहिष्कार,विरुद्ध हिंसाको नेतृत्तव यिनीहरु सगँ गर्न थाले जो जेयुसहरु युरोपमा बसेका थिए । युरोपेलीहरुले उनीहरुका सम्पतिहरु बलपुर्वक खोस्न थाले । जेयुसहरुलाई सार्वजनिक स्थानहरुमा अनुमति दिन छाडियो । १९३५मा ून्युरेम्बर्ग कानुनूआएपछि जेयुसहरुले अरु सगँ बिहे गर्न पाउँदैन थिए । जेयुसहरुको नागरिकता पनि खोसिएको थियो । उनीहरुलाई एकाग्रता शिविर मा सारियो ।
उनीहरुलाई दास्रो दर्जाको नागरिक जसरी व्यवहार गर्न थालियो । दोस्रो विश्व युद्धमा समयमा पनि एक प्रलयमा जहाँ लगभग ६०लाख जेयुसहरु रेग मा मारिन्छन् । जेयुसहरुको प्यालेस्टाइन जानु भन्दा अर्को कुनै विकल्प थिएन । जसले गर्दा तिव्र रुपमा जेयुसहरु प्यालेस्टाइन पुग्छन् । दोस्रो विश्व युद्धको समयमा जर्मनीमा हिटलरको सर्पोट गरे ।
र जेयुसले ब्रिटियन र युएस,युएस एसआर लाई सर्पोट गर्छ । दोस्रो युद्धको अनत्यसगै जर्मनी यस युद्धलाई हार्छ । दोस्रो विश्व युद्ध पछि सबै मान्न थालिसकका थिए । कि जेयुसहरुलाई उनीहरुको आफ्नो देश पाउने छन् ।जसले गर्दा युएसले स्पेसल कमिटि बनायो । यस कमिटिमा ११देशका मानीसहरु सहभागि थिए । एक देश बनाएर इजरायल नाम दियो ।त्यही क्षेत्रमा प्यालेस्टाइन बनाएर प्यालेस्टाइनहरुलाई दिइयो । जुन जेरुसेलम थियो ।
कसैलाई नदिएर युएनको नियन्त्रणमा राखिन्छ । १९४७मा यो चिज पास हुन्छ । यो निर्णय पछि ब्रिटियसहरु यस क्षेत्रमा राज गरिरहेका थिए । उनीहरु इजरायल छोडेर जान्छन् । ब्रिटियसहर गाको दोस्रो दिन अरबीयन देशहरु इजिप्ट,स्रिया,जाँर्डन,साउदी,अरबीया ,लेबनान,यमान इराक आदी देशहरु मिलेर इजरायल माथी युद्ध गरिदिन्छन् । यति धेरै देश भएर पनि इजरायल सगँ हार बेहोर्नु पर्छ । र अरब देशहरु पछाडी हट्नु पर्छ । जुन युयनले इजरायललाई क्षेत्र दिएको थियो । त्यो भन्दा धेरै क्षेत्र कब्जा गर्छ ।त्यसपछि १९५०मा एउटा कानुन पास हुन्छ ।
जसलाई“Law of Return”भनिन्छ । यस कानुनको मतलब दुनियाभरिमा कोही पनि जेयुस जहाँ बसेपनि त्यसलाई इजरायलको नागरिकता दिइने छ । र त्यो व्यक्ति जसले मन लाग्छ इजरायल आउन सक्दछ । सन् १९६४मा अरबियन देशहरु मिलेर इजिप्टको भित्र मिलेर एउटा मिटिङ गर्दछन् । यिनिहरुले”प्यालेस्टाइन लिबे्रयसन् अर्गनाइजेसन्ब”नाउँछन् ।जसलाई पि. एल. ओ .पनि भनिन्छ । यसको मुख्य काम प्यालेस्टाइनलाई इजरायलबाट फिर्ता लग्ने र उनीहरुको आफ्नो जमिन फिर्ता गर्ने । इजरायलले इजिप्टमा आक्रमण गरेको भएर इजिप्टको लिडर नासेर यो कुराले इजरायल सबै धेरै रिसाको थिए ।

यिनले १९६७मा बाँकी अरबियन देशहरुसगँ कुरा गरेर स्टे«ट अफ तिरान जहाँबाट इजरायल आफ्नो बाँकी देशहरुमा आफ्नो सामान पठाँउथ्यो । त्यो बाटो रोकिदिन्छ । नासेरलाई थाहा थियो । यस पछि इजरायलले आक्रमण गर्छ । भनेर त्यहि भएर सबै अरबियन देशहरु सगँ मिलेर इजरायलको विरोधमा आक्रमण गर्ने योजना बनाउँछ । तर इजरायल सगँ त्यस्तो चिज के छ ?इजरायले सबै अरबीयन देशहरुलाई हराइदिन्छ । मात्र ६दिन भित्र इजिप्टको क्षेत्र इजरायल पहिला कब्जा गरेको थियो ।फेरि कब्जा गर्छ । यसको साथै गाजा पट्टि र वेस्ट बैक पनि लग्छ । त्यसपछि युएन फेरि बिचमा आउँछ । र इजिप्टको जुन क्षेत्र हुन्छ । त्यो फिर्ता हुन्छ । तर बाँकी क्षेत्र इजरायल नियन्त्रण गर्दछ ।
प्यालेस्टाइन लिबरेशन अर्गनाइजेसनः-सन् १९६९ मा याशिर याराफात थिए । जुन पि.एल.ओ.को चेयर मेन बन्छन् । याशिर चेयरमेन बनेपछि अरबियन देशहरु अलिकति पछाडी हट्छन् । जुन लडाई थियो । अगाडिबाट पि.एल.ओ.र इजरायलबीच शुरु हुन थाल्छ ।याशिरको नेतृत्तवमा पि.एल.ओ ले १९७३मा धेरै चोटी गर्छ ।त्यो समयमा अरबियन देशहरुले तेल उत्खन्न गरिरहेको थियो । र अरबीयन देशहरु यस्तो पनि भन्छन् । इजरायल सगँ जसले सम्बन्ध राख्छ ।
त्यसलाई तेल दिइने छ्न् । १९६८–१९७७ बिच प्यालेस्टीनियसलेहरुले २९ प्लेन हाइज्याका गरे । र इजरायलमा हमला गरे । १९७२को ओलम्पिक्स मा ५ पेलेस्टीनियसले जर्मनीको भित्र इजराइल एथिलिस्टको अपार्टमेन्टमा हमला गरिदियो । यस्तो सबै कार्य गर्नाले पि.एल.ओ. लाई राम्रो सर्मथन मिलिरहेको थियो । र इजरायलको दिमाक खराब भइरहेको थियो । त्यसपछि पि.एल.ओ. हेड यासेर लाई युयनको मिटिङमा बोलाउन लागीयो । यो सबै देखेर इजरायलले सबै कुरा बझिरहेको थियो । आउँदा दिनमा इजरायलको लागी समस्या खडा गर्ने छ ।
पि.एल.ओ.को धेरै जस्तो फाइटर लेबनानमा बस्ने गर्दथे । किनभने इजरायलको आसपासमा इजरायल टिक्न दिदैन थियो । र इजरायलले केही नसोचेर लेबनान माथी पनि आक्रमण गरिदियो । १८हजार भन्दा पनि धेरै मानीसहरुको मृत्यु हुन्छ । यसले गर्दा पि.एल.ओ.लाई नोक्सान बेहोर्नु पर्छ । र १९८८मा पि.एल.ओ.लाई रिलाइफ हुन्छ । टु स्टेट मोडेल रिप्रिजेन्ट गर्छ । जेयुसहरुलाई पहिले प्यालेस्टाइनीहरुले जेयुसहरुलाई पूर्ण रुपमा छोडेर इजरायल परिवर्तन गर्न चाहन्थे ।
तर पछि उनीहरुले बुझे कि यो सजिलो कार्य छैन हासिल गर्न त्यसपछि उनीहरुको लागी सयुक्त राष्ट्रसंघले तोकेको भुमि मात्र दिनुपर्छ भने तर अब इजरायल त्यति जमिन दिन पनि तयार थिएन । किनभने ५०–६० वर्षपछि अरबियन देशहरु अफ बलिया भ एभने इजरायलमा फेरि आक्रमण गर्छन् । र इजरायल फेरि जेयुसहरुको हातबाट चिप्लिनेछ । र इजरायलको नागरिकहरुको अस्तित्तव मेटिन्छ । यधपि अरबियन देशहरुले शान्ति प्रस्ताव गरेता पनि पछि गएर पकै पनि पछिका वर्षहरुमा समस्याहरु सिर्जना गर्नेछन् ।
यहि कारणले गर्दा उनीहरुले आफ्नो रणनितिक स्थान फिर्ता नगर्ने इजराइलले जानकारी गरायो । इजरायलले गरेको कुराहरु फलो नगरेपछि । प्यालेस्टाइनहरुलाई इजरायल प्रति विश्वास हुन छोड्छ । इजरायलको विश्वास गर्ने हो भने पि.एल.ओ. को सबै सकिन्छ । सन् १९८७मा प्यालेस्टाइनका जनताहरुले “हमास” नामको एउटा संगठन बनाँउछन् । र त्यसपछि निनिहरुले इजरायलमा गुरेला तरिकाले आक्रमण गर्छन् । त्यति कोर्डिनेट तरिकाले गर्दैनन् ।
जतिपनि पैसा र हातहतियार हुन्छन् । अरबियन देशले हमासलाई सहयोग गरिराको हुन्छन् । पनि गएर पि.एल.ओ. भन्दा हमासको सबै पक्षमा हुन थाले । अहिले हमासले गाजा पट्टीबाट इजरायलमा आक्रमण गरिरहन्छ । तिन चार पटक इजरायलले पनि आक्रमण गरिसकेको छ । र यो लडाई प्राय चलिरहन्छ । प्रश्न यति मात्र छ ?कि जेरुसेलममा कसको हक रहन्छ । र कसलाई जमिन मिल्छ । यदि कोही लिडर पिसको कुरा गर्छ । भने पब्लिक त्यसलाई हरायर बाहिर गरिदिन्छन् । वा मारिदिन्छन् ।
नेपालको सन्दर्भमा:-नेपाल र इजरायलबीच १जुन १९६०मा कुटनीतिक सम्बन्ध स्थापित गरियो । सम्बन्ध स्थापना भएदेखि नै नेपाल अन्तराष्ट्रिय रुपमा इजरायललाई सहयोग पुराएको छ । मार्च १९६१मा नेपालको राजधानी इजरायलले आफ्नो दुतावास खोल्यो । इजरायलमा हालमा नेपाली राजदुत बैजनाथ थापालिया छन् । जसले मार्च १९ २००८मा राष्ट्रपति पेरिस समक्ष आफ्नो ओहोदान प्रस्तुत गरे । १ जुन १९६०मा स्थापित इजरायल र नेपालबीच सम्बन्ध हो । नेपाल इजरायलसगँ कुटनितिक सम्बन्ध राख्ने पहिलो एशियाली देश हो ।
सिकाई र पैसा कमाउने(Learn and Earn Program):-इजरायल र नेपालको बीच २०१०सालमा सम्झौता गरियो । कि नेपाली कामदार लग्ने बारेमा,जसअनुसार इजरायलमा हरेक वर्ष नेपालबाट २००जना नेपाली कामदार लग्ने सम्झौता गरियो । र त्यहि लेबर पठाउने जिम्मा नेपाल र इजरायल सरकार दुबै मिलेर साना किसान विकाश बैंक लि.लाई दिइयो । २०१०सालमा सम्झौता भए अनुसार नेपाली विधाथीहरुलाई काम गर्ने अवसर हो । भनेर त्यहाँ १ वर्ष सिक्ने हो । अनि सिकेर आएर देशमा केही गर्ने हो । तालिम गर्दै पैसा कमाउने अवसर हो ।
भन्दै,कार्यक्रमको नाम नै सिक्दै कमाउँदै । तर नेपालीहरुलाई पनि थोरै पैसा भए पनि कमाउने र सिक्ने र त्यसपछि नेपालमा फर्केर कृषिक्षेत्रमा केही गरुम भन्ने लाग्यो । तर त्यहाँ गएर लेबरको काम गर्नु पर्ने थियो । सिक्ने सिकाउने सबै झुट कुरा थियो । इजरायलको फार्ममा खन्नु पर्ने, मरेका कुखुरा को लास फल्नु पर्ने,खाडीमा जस्तै कठिन काम गर्नु पर्ने थियो । यो सबै कुरा साना किसान,नेपाल सरकार इजरायल सरकार लाई सबै थाहा थियो ।
साना किसान बैक केही वर्ष पछि टाट पल्टेपछि नेपाली कामदारहरुलाई बाहिर लाग्न गारो भए पछि नेपाल सरकार र इजरायली सरकार बीच फेरि अर्को उपाय लगायो । र यो नेपाली कामदार पठाउने जिम्मा युनिभर्ससिटिहरुलाई दिइयो । युनिभर्ससिटिमा इजरायलमा इन्टरर्नसिप कलचर मौलाई रहेको थियो । त्यहि अनुरुप बि.ए.सि. इन एगरिकर्लचर गरेका विधार्थीहरुलाई इजरायलमा गएर सिक्ने सिक्ने ठुलो अवसर हो । भविष्यको लागी सि.भि.को लागी ठुलो अवसर हो । भनेर अनिवार्य इन्टरनसीपको लागी इजरायल गएर सिप सिक्ने र पैसा कमाउने भनेर झुटो आशा देखाइयो ।
त्यहाँ गएर सिकेर आयो । भने त्यहाँको सि.भि. बलियो हुने र मार्टस गर्न अरु देशमा पनि सजिलो हुने भन्ने यस्ता अनेक लाभ देखाएर नेपालीहरुलाई युनिर्भससिटिहरुले इजरायल पठाउन थाले । जति इजरायलमा गएर सिप सिक्ने भनेता पनि पहिला जस्तै लेबरको काम गर्नु पर्ने अवस्था थियो । अझ युद्धको डर पनि छदै थियो । इन्टरर्नसिपको नाममा नेपालबाट मात्र नभएर अन्इ देश केन्या, मेनमार,थाइलेन्ड,भेतनामबाट विधार्थीलाई एउटै मकसद थियो । लेबर जसरी काम गराउने र आफ्नो उत्पादन बढाउने ।
र पैसा कमाउने जति नै जोखिम भएता पनि त्यो जोखिम मोलेर भएपनि त्यस्तो युद्धग्रस्त ठाउँमा जान तयार हुन्छन् । तेत्रो बि.ए.सि. पढेर पनि १५र बिस हजारको जागिर पाउन पनि गारो थियो । पाए पनि आफ्नो पहुँच र सोर्स फोर्सको भरमा पाउने गरेका थिए । सबै कुरा थाहा पाएर पनि विवश भएर एक महिना अगाडी नेपालीहरु इजरायल पुगेका थिए । र १महिना अगाडी पुगेका थिए । र १महिना अगाडी पुगेका नेपालीहरु मध्ये १०जनाको मृत्यु भएको छ ।
कुनै पनि हिंसाले कसैलाई फाइदा हुदैन । चलिरहेको इजरायल र प्यालेस्टाइन बिचको युद्धले सर्वसाधारणको मृत्यु भइरहेकोे र मानव अधिकारको दुरुपयोग भएको छ । मानव जातीहरुलाई आफ्नो–आफ्नो जीवन जिउने अधिकार सबैलाई हुन्छ । किनभने हिंसाले कसैलाई राम्रो हुदैन । र यो कुरामा हामि सबै जनाले सोच विचार पुराउनु जरुरी छ । सबैलाई बाँच्न् पाउने अधिकार र वातावरणको सिर्जना गर्न जरुरी छ ।